आज विक्रम संवत २०७७ साल ज्येष्ठ महिनाकाे ९गते शुक्रबार तदअनुसार ईशवीय सन् २०२० अन्तर्गत मे महिनाकाे २२ तारिख हाे। सृष्टिदेखि हालसम्म १९५५८८५१२१ ( एक अर्व पन्चानब्बे कराेड अन्ठाउन्न लाख पचासी हजार एक सय एकाइस) बर्ष ब्यतीत भइसकेका छन् ।
कलिकालकाे ५१२१ औं बर्ष अन्तर्गत श्री शालिवाहनीय शाके संवत् १९४२ तथा नेपाल संवत् ११४०(बछलाथ्व) अन्तर्गत प्रमादी (४७) नामकः संवत्सर चलिरहेको छ ।
श्री सूर्य उतरायण र ग्रीष्म ऋतु रहेकाे छ । आज ज्येष्ठ कृष्णपक्ष। तिथि – अमावस्या (४४घ३१प) २३:०२बजे सम्म रहेकाे छ , तिथि देवता पितर: रहेका छन् त्यसपछि ज्येष्ठशुक्ल प्रतिपद् देवता अग्नि :रहेका छन् ।नक्षत्र -कृत्तिका
(५५घ२३प) ३:२३बजे सम्म रहेको छ, नक्षत्र देवता अग्नि रहेका छन् , त्यसपछि राेहिणी र देवता ब्रह्मा रहने छन् । याेग- शाेभन :(४घ४४प) ७:७बजे सम्म त्यसपछि अतिगण्ड: रहेको छ।
करण – चतुष्पाद (१२घ ५८प) १०:२४बजे सम्म त्यसपछि नागः(४४घ३१ प) २३:०२ बजे सम्म त्यसपछि किस्तुघ्नः रहेको छ । आनन्दादिमा छत्र याेग ।श्री सूर्य बृषराशिमा, बृहस्पति मकर राशिमा र चन्द्रमा- मेष राशिमा (६घ५४ प) ७:५९ बजेसम्म त्यसपछि बृष राशिमा रहेकाे छ ।
चन्द्रमाकाे वर्ण: दिशा , वर्ण राताे दिशा पूर्व रहेकाे छ ।
काठमाडौंमा सुर्याेदय -५:१३बजे सुर्यास्त १८:४९ बजे र दिनमान ३३ घडी ५८पला रहेकाे छ ।
आज दिउँसो १०:३०देखि १२:००बजे सम्म राहुकाल रहेकाे छ। आज कालराहुकाे दिशा आग्नेय रहेकाे छ ।
आज वार शूल पश्चिम : याेगिनी शुल ईशान दिशामा परेकाे छ ।
याे महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् ।
आजकाे लागि शुभ समय दिउँसो १२:०५ देखि १:३५ बजे
सम्म रहनेछ।
अमृत समय बिहान ९:०० बजे देखि १०:३० बजे सम्म रहने छ ।
शुभ रङ्ग सेताे र राताे रहेकाे छ ।
बिहान ७:५९ बजेसम्म जन्मेका बालबालिकाकाे राशि मेष रहने छ त्यसपछि बृष रहनेछ ।
वटसावित्री व्रत र शनि जयन्ती रहेकाे छ ।
जय शम्भु !!
ज्यातिष पण्डित विष्णु प्रसाद खनाल
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij