२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आज २०७७ साल ज्येष्ठ ६गते मंगलबारकाे पञ्चाङ्ग विस्तृतमा

आज २०७७ साल ज्येष्ठ ६गते मंगलबारकाे पञ्चाङ्ग विस्तृतमा

आज २०७७ साल ज्येष्ठ ६ गते मंगलबार

तदअनुसार मे -१९ २०२० । शाके संवत् १९४२ ।

प्रमादी (४७)नामकः संवत्सर । उतरायणं । ग्रीष्म ऋतु ।

नेपाल संवत् ११४० वछला थ्व । ज्येष्ठकृष्णपक्ष। तिथि -द्वदशी (३१घ५६प) १८:०१बजे सम्म रहेकाे छ  ।

तिथि देवता विष्णु : त्यसपछि ज्येष्ठकृष्ण त्रयाेदशी देवता कामदेव : ।

नक्षत्र -रेवती (३८घ३३प) २०:४०बजे सम्म रहेको छ, नक्षत्र देवता पूषा त्यसपछि अश्विनी देवता दसाै‌ं: रहने छ । याेग- प्रीति : (१घ४प) ५:४०बजे सम्म त्यसपछि आयुष्मन: रहेको छ।
करण – तैतिल (३१घ ५६प) १८:०१बजे सम्म त्यसपछि गर (६०घ० प) ५:१४ बजे सम्म त्यसपछि पनि गर नै रहेको छ।

आनन्दादिमा शुभ याेग ।

श्री सूर्य बृषराशिमा र चन्द्रमा-मीन राशिमा (३८घ३३प) २०:४० बजे सम्म त्यस पछि मेष राशिमा रहेकाे छ ।

चन्द्रमाकाे वर्ण: दिशा वर्ण पहेँलो र दिशा उत्तर रहेकाे छ ।

काठमाडौंमा सुर्याेदय -५:१५बजे सुर्यास्त १८:४७बजे र दिनमान ३३ घडी ५१ पला रहेकाे छ ।

आज दिउँसो ३:०० देखि ०४:३० बजे सम्म राहुकाल रहेकाे छ।

आज कालराहुकाे दिशा पश्चिम रहेकाे छ ।

आज वार शूल उत्तर:याेगिनी शुल नैऋत्य दिशामा परेकाे छ ।
आजकाे लागि शुभ समय ४:३०देखि ६:००बजे
सम्म रहने छ।
अमृत समय दिउँसो १:३०बजे देखि ३:०० बजे सम्म रहने छ ।

आजकाे लागि शुभ रङ्ग पहेंलाे रहेकाे छ ।
आज (३८घ३३प) २०:४०बजे सम्म जन्मेका बालबालिकाकाे राशि मीनराशी रहने छ । छ त्यसपछि मेष रहने छ । आज पंचक रहेको छ।

आज रुद्री र अग्नि जुरेक छ
जय शम्भु !!

ज्याेतिष पण्डित विष्णु प्रसाद खनाल

https://www.facebook.com/SadhmargaAstrologyNepal/

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij