२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

मुलुकलाई नयाँ दिशा दिने कार्यमा वरदान सावित हुँदै डिजिटल सिग्नेचर

मुलुकलाई नयाँ दिशा दिने कार्यमा वरदान सावित हुँदै डिजिटल सिग्नेचर

  विप्लवमान सिंह, सहअध्यक्ष, नेपाल सर्टिफाइङ कम्पनी प्रा.लि.

कम्प्युटर व्यवसायमा सन् १९८९ मा प्रवेश गर्नुभएका एक सफल प्रविधि उद्यमी हुनुहुन्छ विप्लवमान सिंह । शुरुका दिनमा भारतीय राबा कन्टेल भन्ने कम्पनीले मिप्स नामक कम्पनीमा आयोजना गरेको तालिममा कास टे«डिङ हाउसले काठमाडौंको तर्फबाट सहभागि भई सोही कम्पनीमा शुरुका दिनमा नै सेल्स म्यानेजरको भूमिकामा जागिरे जीवन शुरु भएको हो ।

कम्प्युटर व्यवसायमा प्रवेश गर्दाको अवस्था 

कम्प्युटर व्यवसायमा प्रवेश गर्ने समयमा प्रविधिको प्रयोग नेपालमा भर्खर मात्रै शुरुवात भएको थियो । १० एमबि हार्डड्राइभ भएको म्याग्नेटस क्लासिकको प्रचलन त्यस बेला नेपालमा भर्खरै शुरुवात भएको थियो । हार्डड्राइभ नै नभएका महँगा कम्प्युटरहरु त्यस समयमा प्रचलनमा थिए । १ एमबि -याम राखेर विक्री गर्ने कम्प्युटरको मूल्य १ लाख भन्दा माथि पथ्र्यो । अर्थात त्यस बेला नेपालमा कम्प्युटर निकै महँगा थिए । त्यस समय फ्लोपी ड्राइभहरु सञ्चालनमा थिए । सन् १९८९ मा माइक्रोसफ्टले भर्खरै विन्डोज विकास गरेको समय थियो त्यो । कम्प्युटर क्षेत्रले भर्खरै वामे सर्दै गरेको अवस्थामा प्रविधि क्षेत्रमा प्रवेश गर्नुभएका विप्लवमान सिंहले नेपालमा प्रविधिको क्षेत्रमा नै आफ्नो यात्रालाई निरन्तरता दिँदै प्रविधिको क्षेत्रमा नयाँ इतिहास कायम गर्न सफल हुनुभएको छ ।

सिंहको व्यावसायिक यात्रा 

क्यास टे«डिङ हाउसमा सञ्चालकहरूको विखण्डन भएपश्चात् कम्प्युटर एड्भान्स सिष्टममा निर्देशकको रुपमा विप्लवमान सिंहको संलग्नता रह्यो । त्यस कम्पनीका कामका दायरा विस्तार गर्दै सफ्टवेयर क्षेत्रमा पनि काम गर्नुपर्ने मान्यता सहित सफ्टवेयर क्षेत्रमा समेत सिंहले काम अघी बढाउनुभयो । हार्डवेयर हुँदै सफ्टवेयरको क्षेत्रमा कदम चाल्नुभएका सिंहको अगुवाईमा सन् १९९७ मा मण्डला सफ्टवेयर सञ्चालनमा आयो । सन् २००७ मा आइपुग्दा उक्त कार्यलाई अझ विविधिकरण गर्दै लैजाने मान्यता सहित सिंहले मन्डला सिष्टम स्थापना गर्नुभयो । विगतमा नेपालमा विद्युतीय कारोवार सम्बन्धी नीतिगत व्यवस्था थिएन । यस कुरालाई विचार गर्दै राज्यले विद्युतीय कारोवार ऐन ल्याएपश्चात् विधिवत् रुपमा सफ्टवेयर तथा प्रविधिको क्षेत्रमा काम गर्न सहज भएको सिंहको अनुभव छ ।

डिजिटल सिग्नेचरको अवधारणा 

विभिन्न भौतिक सम्पत्तिलाई अभौतिकीकरण गर्ने कार्यमा डिजिटल सिग्नेचरले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । यसैकारण डिजिटल सर्टिफिकटिङको क्षेत्रमा नेपाल सर्टिफाइङ कम्पनीले आफ्ना कार्यहरु अघी बढाएको हो । शुरुमा जुन परिकल्पना सहित नेपाल यो कम्पनी शुरुवात भएको हो, त्यस परिकल्पनामा सफलताको यात्रामा अघी बढिरहेको छ नेपाल सर्टिफाइङ कम्पनी । नेपालको समग्र परिवेशलाई एउटा अवस्थाबाट अर्को नयाँ उचाईमा पु¥याउने जुन प्रयाश गरिएको छ, त्यस कार्यमा कागजविहीन प्रविधिको आधिकारिकताले मात्र हामीले चाहेबमोजिमको स्मार्ट टेक्नोलोजी विकासमा सहयोग पु¥याउन सक्छ । अबका दिनमा हामीले स्मार्ट सिटी, विग डाटा लगायतका जुन कुराहरुको परिकल्पना गरेका छौं, ती परिकल्पनालाई यथार्थतामा बदल्नको लागि समेत डिजिटल सिग्नेचरले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।

नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज, नेपाल धितोपत्र वोर्ड, क्यापिटल मार्केट, ब्रोकर एसोसिएसन, बैंकर एसोसिएसन, नेपाल मर्चेन्ट बैंकर एसोसिएसन लगायतका निकायहरुसँग छलफल गरेर डिजिटल सिग्नेचरका सम्भावना, चुनौती र आवश्यकता लगायत सम्बन्धमा व्यापक छलफल पश्चात् नेपाल नेपाल सर्टिफाइङ कम्पनी प्रा.लि स्थापना भयो । शुरुका दिनमा सबै सरोकारवाला निकायहरुको संलग्नता रहने गरी यो कम्पनी स्थापना गर्ने सहमति भएपनि पछि अन्य निकायहरु सहभागि हुने अवस्था भने सृजना भएन ।

डिजिटल सिग्नेचरको आवश्यकता र नेपाल सर्टिफाइङ कम्पनीको स्थापना

विश्व प्रविधिमा निकै अघी बढिसकेको भएपनि नेपालमा भने आधिकारिक रुपमा अनलाइनबाट प्रमाणीकरण गर्ने निकाय नभएको कारण वित्तीय बजारसँग सम्बन्धित विभिन्न निकाय र संघसंस्थाको सहकार्यमा नेपाल सरकारले प्रस्ताव आह्वान गरी डिजिटल सिग्नेचर सम्बन्धी काम गर्ने सम्बन्धमा व्यापक छलफल भयो । यस कार्यको जिम्मेवारी लिन व्यवसायीहरुलाई आह्वान पनि गरियो । तर यस कार्यमा कसैले पनि चासो राखेको पाइएन । विश्व बैंकले लगानी गर्ने गरी सहमति भएको यस कार्यलाई अघी बढाउने जिम्मेवारी निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघलाई दिइयो ।

नेपाल उद्योग वाणिज्य महासंघमा सूचना प्रविधि विकास समितिको नेतृत्वमा विप्लवमान सिंह रहनुभएको अवस्थामा ऊहाँले नै यस कार्यलाई अघी बढाउने सम्बन्धी जिम्मेवारी लिनुभयो । नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज, नेपाल धितोपत्र वोर्ड, क्यापिटल मार्केट, ब्रोकर एसोसिएसन, बैंकर एसोसिएसन, नेपाल मर्चेन्ट बैंकर एसोसिएसन लगायतका निकायहरुसँग छलफल गरेर डिजिटल सिग्नेचरका सम्भावना, चुनौती र आवश्यकता लगायत सम्बन्धमा व्यापक छलफल पश्चात् नेपाल नेपाल सर्टिफाइङ कम्पनी प्रा.लि स्थापना भयो । शुरुका दिनमा सबै सरोकारवाला निकायहरुको संलग्नता रहने गरी यो कम्पनी स्थापना गर्ने सहमति भएपनि पछि अन्य निकायहरु सहभागि हुने अवस्था भने सृजना भएन ।

नेपाल सर्टिफाइङ कम्पनी नेपाल सरकारकै प्रतिनिधित्व गरेर नेपाल सरकारलाई सहयोग गर्ने मान्यता सहित स्थापना भएको संस्था हो । शुरुमा प्रा.लि.मा दर्ता भएर पछि पब्लिक लिमिटेड कम्पनीमा लैजाने मान्यता सहित यो कम्पनी स्थापना भएको हो ।

सिंहकै सक्रियतामा क्यापिटल मार्केट टेक्नोलोजीको स्थापना 

क्यापिटल मार्केटमा ब्रोकर कम्पनीलाई लक्षित गरेर सन् २००३ देखि सफ्टवेयर निर्माण गर्ने कार्यमा विप्लवमान सिंहको सहभागिता थियो । यसै परिप्रेक्ष्यमा ब्रोकरसँग सम्बन्धित कम्पनी र बैंकलाई समेत क्यापिटल मार्केट सम्बन्धी काममा थप सहजता ल्याउने मान्यताले सिंहको नेतृत्वमा स्थापित क्यापिटल मार्केट टेक्नोलोजी प्रा.लि.ले विभिन्न कामहरु गर्दै आइरहेको छ ।

क्यानमा विप्लवमान सिंहको यात्रा

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) सन् १९९२ मे २ मा क्यान स्थापना भएको हो । कम्प्युटर व्यवसायमा संलग्न सबै व्यवसायीहरु संगठित हुनुपर्छ भन्ने मान्यताले स्थापित यस संस्थाले व्यावसायिक हकहितको लागि काम गर्दै आएको छ । यस संस्थामा सिंहले सन् २००० देखिं २००४ सम्म उपाध्यक्ष र २००४ देखि २००८ सम्म अध्यक्षको भूमिका निर्वाह गर्नुभयो । यसैगरी सिंहलाई सूचना प्रविधि उच्चस्तरीय आयोगमा सहभागि भई आफ्नो अनुभव प्रस्तुत गर्ने अवसर समेत प्राप्त भयो । पछि ऊहाँ कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)को प्रतिनिधित्व गर्दै एफएनसिसिआई सम्म आफ्नो यात्रा पु-याउन सफल हुनुभएको छ ।

प्रविधिको क्षेत्रमा सरकार आफैं बलियो बन्नु जरुरी 

अब राज्य पक्ष आफैं पनि प्रविधिको प्रयोग सम्बन्धमा सबल बन्नु जरुरी छ । यसको लागि आवश्यक प्रविधिको विकास तथा प्रयोगको लागि युवाहरुलाई प्रोत्साहित गर्नुपर्ने जरुरी रहन्छ । आफैं सक्षम बन्न नसकी बाह्य प्रविधिको प्रयोगमा मात्र निर्भर रहँदा त्यसबाट कुनै समस्या आएको खण्डमा त्यसमा कसले जिम्मेवारी लिने भन्ने कुरा पनि आउन सक्छ । त्यस मध्ये डिजिटल सिग्नेचर पनि एक हुनसक्छ । यो प्रविधि बाह्य बजारबाट नेपालमा ल्याएर प्रयोग गर्दा कुनै कारण समस्या भएको खण्डमा त्यसको जिम्मेवारी कसले लिने भन्ने कुरा पनि आउन सक्छ ।

विद्युतीय सञ्जालमा तजबिजी अधिकार होइन, स्पष्ट व्यवस्था आवश्यक 

अहिले नेपालका विद्युतीय प्रविधिमा आधारित सञ्चार माध्यमहरुमा एक किसिमको आतङ्क मच्चिएको छ । खासगरी राज्यको अस्पष्ट व्यवस्थाको कारण अहिले सूचना प्रविधि विभागका कार्यकारी निर्देशकले आफ्नो तजबीजमा नै ५ बर्ष कैद र १५ लाख रकम सम्म जरिवाना गर्न सक्ने भन्ने व्यवस्था गरिएको छ । तर कुन अवस्थामा त्यस किसिमको कारवाही हुने भन्ने कुरा चाहिँ खुलाइएको छैन । यसले पनि समस्या आउन सक्ने अवस्था देखिएको छ । जुन निकै ठूलो कारवाही भित्र पर्छ । यसमा पनि विचार गर्दै कारवाही सम्बन्धमा पुनर्विचार गर्नु जरुरी छ । यसको लागि व्यक्ति विशेषलाई तजबीज अधिकार नदिई स्पष्ट व्यवस्था गर्नु जरुरी रहन्छ । सरकार भनेको सबैको अभिभावक हो । सबैको लागि न्यायोचित हुने गरी एकै किसिमका कानुनी व्यवस्था मार्फत सामाजिक सुव्यवस्था कायम राख्नु सरकारको कर्तव्य हो ।

डिजिटल सिग्नेचर डिभाइसको अहिलेको बजार अवस्था 

नेपालमा पछिल्ला बर्षहरुमा डिजिटल सिग्नेचर सम्बन्धमा धेरै बैंक तथा सरकारी निकायहरुले यसको आवश्यकता महसुस गरिसकेका छन् । यस बर्ष मात्रै वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिने क्रममा डिजिटल सिग्नेचरको व्यवस्था लागु गरिरहेको छ । नेपाल मेगा बैंकले १ हजार डिजिटल सिग्नेचर डिभाइस खरीद गरी देशैभर नयाँ व्यवस्था शुरु गरेको छ । यसैगरी ग्लोबल आइएमई बैंक, कुमारी बैंक लगायत अन्य संस्थाहरुमा समेत यस बर्ष डिजिटल सिग्नेचर डिभाइसको लागि अर्डर आएको छ । यसैगरी नेपाल सरकारले अघिल्लो बर्ष २० हजार सिग्नेचर डिभाइस किन्ने बारे प्रक्रिया अघी बढाएकोमा यस बर्ष उक्त कार्यले पूर्णता पाउने अवस्था सृजना हुने देखिएको छ ।

कस्तो डिभाइस हो डिजिटल सिग्नेचर डिभाइस

अहिले हार्ड कपीमा गरिने सिग्नेचरलाई जसरी आधिकारिक मान्ने गरिन्छ, त्यसरी नै इलेक्ट्रिक मेसिनबाट समेत सिधै सिग्नेचर प्रविष्ट गर्न सकिने गरी विकास भएको डिभाइस नै डिजिटल सिग्नेचर डिभाइस हो । यस डिभाइसमा सुरक्षाको प्रत्याभुति गराउन सक्ने गरी आधिकारिकता प्रमाणित गरिन्छ । यसको लागि लगइन गर्ने समयमा नै आवश्यक जाँच गर्न सकिने व्यवस्था छ । यसको अलावा आफूले इच्छाएका व्यक्तिले मात्र सिग्नेचर हेर्न मिल्ने सुविधा समेत यस सिष्टममा उपलब्ध छ ।

अब राज्य पक्ष आफैं पनि प्रविधिको प्रयोग सम्बन्धमा सबल बन्नु जरुरी छ । यसको लागि आवश्यक प्रविधिको विकास तथा प्रयोगको लागि युवाहरुलाई प्रोत्साहित गर्नुपर्ने जरुरी रहन्छ । आफैं सक्षम बन्न नसकी बाह्य प्रविधिको प्रयोगमा मात्र निर्भर रहँदा त्यसबाट कुनै समस्या आएको खण्डमा त्यसमा कसले जिम्मेवारी लिने भन्ने कुरा पनि आउन सक्छ । त्यस मध्ये डिजिटल सिग्नेचर पनि एक हुनसक्छ ।

कागजविहीन अवधारणा सहित विकास भएको यस सिष्टमको प्रयोगले डिजिटल डकुमेन्टहरुलाई थोरै ठाऊँमा सुरक्षित र सहज तवरले भण्डारण गर्न सकिने अवस्था समेत सृजना गर्दछ । यसको अलावा यस किसिमको प्रविधिले डकुमेन्ट सिधै इमेल मार्फत तत्काल सम्बन्धित गञ्तव्यमा पु-याउन सकिने भएको हुनाले कागज उत्पादनको निम्ति वनजङ्गलमा निर्भर हुनुपर्ने अवस्था समेत नरहने स्थिति सृजना हुन सक्छ । यस कार्यले वातावरण संरक्षणमा समेत महत्वपूर्ण उपलब्धि हासिल गर्नमा सहयोग पु-याउछ । यसैकारण अहिले यो प्रणाली संसार भरी निकै नै लोकप्रिय बन्दै गएको छ । नेपालमा प्रयोग गरिएको डिजिटल सिग्नेचर प्रविधि क्रिफ्टोग्राफिक टेक्निक प्रयोग भएको छ ।

सफलता सम्बन्धमा सिंहको धारणा 

‘सफलताको मापन गर्ने संयन्त्र ठ्याक्कै यही हो भन्ने अवस्था रहँदैन । यो तुलनामा आधारित हुन्छ । हामीले सफलतालाई कसरी मापन गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । हामी इतिहास बन्ने कि हामीले इतिहास बनाउने भन्ने कुरालाई आधार मानेर त्यसलाई नै सफलताको कडी मान्ने हो भने यसलाई सही मापन मान्न सकिएला । यसको अलावा हामीले ठूलो काम गरेर मात्र सफल नभई हाम्रो निकटस्थ र मातहतका व्यक्तिहरुलाई कति सन्तुष्ट बनाउन सक्यौं त्यसमा पनि हाम्रो सफलता लुकेको हुन्छ । हरेकको सफलता पदमा होइन आत्मसन्तुष्टिमा हुनुपर्छ । मानिस सबै कुराको प्राप्ति पश्चात् जीवन त्याग्नु पहिले नै त्यागी वा योगी हुनुपर्छ भन्ने मान्यता हाम्रो पूर्वीय दर्शनमा पनि रहेको छ । हरेक सफल व्यक्तिमा यसै किसिमका भाव वा प्रवृत्ति हुनुपर्छ’ सिंह भन्नुहुन्छ ।

(विप्लवमान सिंह क्यापिटल मार्केट टेक्नोलोजी प्रा.लि.का पनि अध्यक्ष हुनुहुन्छ ।)

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij