२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

भारतीय अतिक्रमण विरुद्ध विप्लवद्वारा देशव्यापी सङ्घर्ष घोषणा, भोली मोदीको पुत्ला जलाउने

भारतीय अतिक्रमण विरुद्ध विप्लवद्वारा देशव्यापी सङ्घर्ष घोषणा, भोली मोदीको पुत्ला जलाउने

काठमाडौँ । विप्लव समुहको नेपाल कम्युनिस्ट पार्टीले भारतले कालापानी, लिपुलेक क्षेत्र अतिक्रमण गर्दै एकलौटी सडक बनाएको विरोधमा देशव्यापी सङ्घर्ष कार्यक्रम घोषणा गरेको छ ।

नेकपाले वैशाख २९ गते सर्वत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गर्ने, वैशाख ३१ देखि जेठ ४ गतेसम्म हस्तक्षेपका विरुद्ध पर्चा वितरण गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ । भारतीय साम्राज्यवाद– मुर्दावाद १, लिम्पियाधुरा, कालापानी, लिपुलेक– हाम्रो हो १, कालापानी, लिम्पियाधुरा, लिपुलेक– फिर्ता गर १, भारतीय साम्राज्यवादी अतिक्रमण– बन्द गर १, नेपाल कम्युनिस्ट पार्टी– जिन्दावाद १ लगायत नारा लेखिएका पर्चा, पोस्टरिङ, वालपेन्टिङका साथ जेठ ५ गते देशव्यापी रूपमा सहरदेखि गाउँसम्म मशाल जुलुस गर्ने कार्यक्रम पनि सार्वजनिक गरिएको छ ।

नेकपाले देशव्यापी रूपमा आयोजना हुने सङ्घर्षमा सिङ्गो पार्टी पङ्क्तिलाई सक्रियता पूर्वक परिचालित हुन र राष्ट्रवादी जनतालाई उत्साहपूर्वक साथ दिन पनि हार्दिक अपिल गरेको छ ।

सङ्घर्षका कार्यक्रम

१) वैशाख २९ गते सर्वत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गर्ने
२) वैशाख ३१ देखि जेठ ४ गतेसम्म हस्तक्षेपका विरुद्ध पर्चा वितरण गर्ने । नेकपाले सङ्घर्षका निम्ननारा पनि तय गरेको छ :
– भारतीय साम्राज्यवाद– मुर्दावाद !
– लिम्पियाधुरा, कालापानी, लिपुलेक– हाम्रो हो !
– कालापानी, लिम्पियाधुरा, लिपुलेक– फिर्ता गर !
– भारतीय साम्राज्यवादी अतिक्रमण– बन्द गर !
– नेपाल कम्युनिस्ट पार्टी– जिन्दावाद !

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij