२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

मन्त्रीको शैक्षिक योग्यतादेखी लिपुलेक प्रकरण र सुरक्षा बारे मौनव्रत तोडन युवानेता भण्डारीको चेतावनी

मन्त्रीको शैक्षिक योग्यतादेखी लिपुलेक प्रकरण र सुरक्षा बारे मौनव्रत तोडन युवानेता भण्डारीको चेतावनी

काठमाडौं । नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञावलिले कालापानी र लिपुलेक बारे सजग भएको टिप्पणी गर्नुलाई अघिल्लो नक्सा प्रकरण कै ड्यालग सापटि होईन र? भनेर नेपाली कांग्रेसका युवानेता क्षितिज भण्डारीले व्यंग्य गरेका छन् ।

नेता भण्डारीले लिपुलेकमा सरकारको लम्पसावादी चरीत्र र सिमा सुरक्षा को हैसियत समेत उदाङ्गिएको बताउदै यश अघि संसदमा पेश भएको संकल्प प्रस्ताव के यसै का लागी हटाइएको हो र ? नेपालको सिमाना सुरक्षा र सार्वभौमिकता रक्षार्थ मौनब्रत तोडन चेतावनी दिएका छन् ।

नेबि संघका पुर्ब कावा केन्द्रीय अध्यक्ष समेत रहेका भण्डारीले पत्र लेख्दै मन्त्री ज्ञावलि लाई भनेका छन् – तपाईं दुईतिहाई सरकारको धेरै जसो समय विश्व भ्रमणमा ब्यस्त रहनुभयो । लोक ले तपाईंको शैक्षिक योग्यता बारे प्रश्न उठाउदै जाबो १०कक्षा पासले कसरी बिदेशीसंग डिल गर्न सक्छ? भने तर हामी प्रतिपक्षी बोलेनौ ! मन्त्रीज्युले भाषण गर्दा कति पटक तपाईंको बोली झुक्किएर टङ्गस्लिप भएर बिदेशीले बेईज्जत गरे तर हामी प्रतिपक्षी हासेनौ ! तर अति भएर बोल्दैछौ की- मन्त्री जस्तो मान्छेले राष्ट्रिय स्वाधिनता र स्वाभिमानसंग जोडिएको प्रश्नलाई हल्का टिप्पणी गर्न पाईन्छ भनेर प्रश्न तेर्साएका छन् ।

युवानेता भण्डारी अगाढी थप्छन् कि नेपाली कांग्रेस केन्द्रीय सदस्य मा. दिलेन्द्र बडु ले ६”महिना अघि को अन्तर्रवार्तामा कालापानी र लिपुलेकमा भारतिय पक्षले सडक खन्दैछन् भनेको परिप्रेक्ष्यमा १बर्ष सम्म कडा मेहनतले निर्मित बाटो उद्घाटन बारे भारतीय सञ्चारमाद्य्यम बाट थाहा पाए भन्ने परराष्ट्र मन्त्रीले भन्नू अघि नैतिकता देखाउदै राजिनामा दिएको भए गुल्मी का मतदाता खुशी हुन्थे ! तर आज प्रदिप ज्ञावलि लाई भोट दिने को शिर लज्जाबोधले निहुँरिएको छ । मन्त्री ज्ञावलिको परराष्ट्र मन्त्रालय संचालनको योग्यता मै प्रश्न चिन्ह उठेकोले जनता बुझ्न चाहान्छ्न कि कांग्रेस एमाले सयुक्त सरकार भएको बेला भुकम्पमा चीन- भारत बिच लिपुलेक मा सम्झौताको चर्को बिरोधपछि त्यो अभियान रोकिएको थियो । त्यसपछि राष्ट्रवादी नेकपाको दुई तिहाई सरकार हुँदाहुँदै भारतले ती भुभाग राखेर नक्सा जारी गरेको देखियो । अहिले संघिय संसद को बजेट अधिबेशनको पहिलो दिन मै भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक निर्माण को उद्दघाटन कसरी गर्यो ? कोरोना संकटको बेला बिवादस्पद जमिन कब्जा बारे रहस्यमय मौनता तोडन भण्डारी चेतावनी समेत दिएका छन् ।

स्मरण रहोस कोरोना माहामारी नभएको भए अहिलेसम्म नागरिक नै सरकारको विरुद्धमा सडकमा ओर्लि सकेको हुन्थे । त्यसैले सिमा सुरक्षा असफलता ढाकछोप गर्नुको सट्टामा अबिलम्ब सत्यतथ्य सार्वजनिक गरि गालिगलौच बिना अन्तर्राष्ट्रिय कुटनैतिक पहल मार्फत नेपाली भुमी फिर्ता गराउन वा सरकार छोडन सुझाव दिएका छन् ।
त्यस्तै चिनियाँ नागरिकले नेपाल प्रहरी माथी कुटपिटपछि २ घण्टा मै ससम्मान रिहाई को आदेश कसरी संभव भयो ? नेपाल प्रहरीकै मनोबैज्ञानिक मनोबल खस्काउने गरि जनमानसले उठाएको जिज्ञासा बारे समेत परराष्ट्र मन्त्री र प्रधानमन्त्रीलाई मौनव्रत तोडन भण्डारीले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij