२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

तीन चरणमा उद्योग सञ्चालनकाे तयारीमा सरकार

तीन चरणमा उद्योग सञ्चालनकाे तयारीमा सरकार

काठमाडौं । नेपाल सरकारले तीन चरणमा उद्योग सञ्चालन गर्ने गृहकार्य गरेको छ । लकडाउन लम्बिँदै जाँदा अर्थतन्त्र धरासायी हुँदै गएको भन्दै उद्योग चलाउने तयारी गरिएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जानकारी दिए ।

पहिलो चरणमा अत्यावश्यक र खाद्यन्न उत्पादन गर्ने, दोस्रो चरणमा निमार्ण र पूर्वाधारको क्षेत्र र तेस्रो चरणमा निर्यातमुखी उद्योग चलाउन उच्चस्तरीय समितिमा मन्त्रालयले प्रस्ताव पेश गरेको मन्त्री भट्टले बताए । मंगलबार बस्ने कोरोना नियन्त्रण उच्चस्तरीय समितिमा उद्योग सञ्चालनको मोडालिटीको अन्तिम सुझाव तयार हुने र बुधबारको मन्त्रिपरिषद्ले यसबारे निर्णय लिने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij