२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

कुवेतका ३५ सय नेपाली नेपाल सरकारकाे अनुमतिकाे प्रतिक्षामा

कुवेतका ३५ सय नेपाली नेपाल सरकारकाे अनुमतिकाे प्रतिक्षामा

काठमाडौं । कुवेतमा झण्डै ३ हजार ५ सय नेपाली स्थानीय आश्रयस्थलमा अहिले सरकारबाट नेपाल फर्किने अनुमति कुरिरहेका छन् । उनीहरु आममाफी प्रक्रियामा सहभागी भएका अवैध हैसियतका कामदार हुन् ।

कुवेतले विना कैद तथा जरिवाना गैरकानूनी हैसियतका कामदारका लागि आममाफीका लागि आह्वान गरेपछि त्यस्ता कामदारहरु कुवेतको सरकारी आश्रयस्थलमा पुगेका छन् । अहिले नेपालमा अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लगाइएको छ । विदेशबाट कोही पनि नेपाली स्वदेश आउन पाउँदैनन् । तर, कुवेत सरकारले उनीहरुलाई फर्काउने गरी दूतावासमार्फत नेपाल सरकारसँग पहल गरेको छ ।

नेपाल सरकारले क्वारेन्टाइन राख्ने प्रवन्ध गरेर नेपाल फर्किन अनुमति दिएपछि मात्रै उनीहरु आउन पाउने अवस्था छ । कुवेतको आममाफी प्रक्रियामा सहभागी भएकाहरु घर फर्किन लगेज र आफ्नो बन्दोबबस्तीका सामान र आवश्यक तयारीसहित त्यहाँको सार्वजनिक खेल मैदान, विद्यालय, क्याम्पस, सार्वजनिक सभाहल लगायतमा पुगेका त्यहाँको दूतावासले जनाएको छ ।

कुवेतले आश्रयस्थलमा खाना र बस्नको प्रवन्ध गरेपनि व्यवस्थित वातावरण छैन । त्यस्ता आश्रय केन्द्रहरुमा नेपालीसहित थुप्रै देशका नागरिकहरुलाई मिसाएर राखिएको छ । कुवेतले अप्रिल २६ देखि ३० सम्म अवैध नेपाली कामदारलाई घर फर्किने प्रक्रियामा सहभागी हुन समय दिएको थियो ।

यही समयमा अवैध हैसियतमा रहेका कतिपय नेपाली तोकिएका केन्द्रहरुमा पुगेका थिए । नेपाली दूतावासका अनुसार ४ दिनका बीचमा करिब ३ हजार नेपालीले स्वदेश फर्किन ट्राभल डकुमेन्ट पाएका छन् । जो राहदानी नबोकी कुवेतमा बसेका थिए ।

नेपालले कोभिड-१९को संक्रमणको अवधिभरि उनीहरुलाई कुवेतमै क्वारेन्टाइनमा राख्न पनि त्यहाँको सरकारसँग पहल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij