गोरखा । पूर्ण खोपयुक्त घोषणा भएको गोरखा जिल्लामा दादुराको संक्रमण देखिएको छ ।
गाेरखाकाे गण्डकी गाउँपालिका–७ घ्याल्चोकका चार जना बालबालिकामा दादुराको संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएपछि रगतको नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । आइतबार आएको रिपोर्ट अनुसार उनीहरुमा दादुराको संक्रमण देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेले बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij