ग्रिल तथा स्टिल व्यवसायीहरुले नेपाल सरकारसँग ग्रील तथा साना लघु घरेलु उद्योग सञ्चालनको अनुमति प्रदान गर्न माग गरेको छ ।
ग्रील तथा स्टील व्यसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले आज उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखनाथ भट्टलाई भेटेर व्यवसायीलाई परेका समस्या उल्लेखित पत्र सहित सो आग्रह गरेका हुन् ।
वाणिज्य तथा आपुर्ति मन्त्री लेखनाथ भट्टसँगको कुराकानीमा देशभर सञ्चालित ग्रिल व्यवसायबाट १ लाख ६० हजार व्यक्तिलाई रोजगारी सृजना हुँदै आईरहेको र यस क्षेत्रमा संलग्न ११ हजार ग्रील तथा स्टील उद्योग व्यवसाय सञ्चालनमा रहेकोमा लामो समयको बन्दले पु¥याएको नोक्सानी बारे जानकारी गराउँदै सो वस्तुस्थितिलाई विचार गर्न र सुरक्षित तवरले काम गर्ने वातावरण मिलाउन र त्यसको लागि आवश्यक पर्ने कच्चा पदार्थ तथा तयारी वस्तु आपुर्ति एवं र सहज आवागमनको लागि महासंघका अध्यक्ष मोहन कटुवालले आग्रह गरे ।
यसको अलावा महासंघले मन्त्रीलाई निम्न सुझाव समेत दिएको छ ।
यस्तो छ महासंघले मन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रः
चीनबाट शुरुभई बिश्वब्यापी रुपमा फैलिएको कोभिड १९ ले बिश्वका २१० भन्दा बढी मुलुकहरुलाई नराम्रो संग प्रभावित बनाएको छ । लाखौ मानिसहरुको ज्यान गएको छ भने लाखौं मानिसहरु संक्रमित भएका छन् । आज सम्म पनि कोभिड–१९ पूर्ण रुपमा नियन्त्रणमा आईसकेको छैन भने यो रोगको कुनै पनि किसिमको खोप र औषधी नभएको अवस्थामा यो महामारी कति समय सम्म रहिरहने हो भन्ने कुरा यकिन गर्न सकिने अवस्था छैन ।
अहिलेको अवस्थामा यस महामारीबाट बच्ने भनेको सोसियल सामाजिक दुरी कायम गर्ने नै हो । यसको अलावा सर्जिकल मास्क प्रयोग गर्ने, आत्मबल बढाउने, भिडभाडमा नजाने र सुरक्षाका विधिहरु अपनाउने हो । यिनै कुरालाई मध्यनजर गरि नेपाल सरकारले २०७६ साल चैत्र ११ गते देशभरि लकडाउन घोषणा गरि कार्यान्वयनमा ल्याउँदा देशभरि सञ्चालित सम्पुर्ण उद्योग, व्यापार, पेशा, व्यवसाय पूर्ण रुपमा बन्द अवस्थामा छन् ।
कोभिड–१९ले विश्वको अर्थतन्त्रमा ठूलो असर परिरहेको अवस्थामा नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । कोभिड–१९ को कारण देशको अर्थतन्त्रमा धेरै नराम्रो असर परेको छ भने उद्योग व्यापार एवं व्यवसाय संकटमा पर्न थालिसकेका छन् । उद्योग व्यवसाय बन्द हँुदा त्यसमा संलग्न श्रमिकहरुको रोजगारी गुमेर ठुलो संकटमा परेका छन् भने दैनिक रुपमा ज्यालादारी गरी कमाई खाने बर्ग सबैभन्दा बढी प्रभावित भई भोकभोकै बस्नुपर्ने अवस्था श्रृजना भएको छ । साना उद्योगीहरु स्वयं नै संकटमा पर्न थालिरहेको अवस्थामा श्रमिकहरुलाई आधा महिनाको तलब समेत दिन नसक्ने अवस्थामा छन् । कोभिड–१९ को बारेमा जनताले राम्रो सँग बुझिसकेका छन् भने लकडाउन अरुका लागि नभई आफ्नै सुरक्षाको लागि हो भन्ने ज्ञान भएको हुँदा सरकारले सम्पुर्ण संयन्त्रको प्रयोग गरि कोरोना संक्रमणको परिक्षणलाई तिब्रता दिएर लकडाउन खुकुलो पार्दै जाने तर्फ अग्रसर हुनुपर्छ ।
नेपालसँग जोडिएको खुला सिमाना भएको छिमेकी मुलुक भारतमा कोरोनाको प्रकोप दिनानुदिन बढिरहेको र नेपालमा पनि संक्रमितको संख्या बढिरहेको अवस्थामा सबै ठाउँमा एकैचोटी लकडाउन खोलेर कोरोना भाईरस महामारीबाट हुने क्षतिको जोखिम ब्यहोर्ने अवस्था नरहेको हुँदा संक्रमण नदेखिएको कम जोखिम भएको स्थानमा क्रमश ग्रील लगायत लघु घेलु तथा साना उद्योगहरु सचालन गरि लकडाउनका कारण कार्यस्थल क्षेत्रमै रहेका तर लकडाउनको समयावधी थपिँदै जादा श्रमिकहरु आफ्नो घर जान खोजिरहेका हुँदा उनीहरुलाई रोकेर सुरक्षाका विधीहरु (सामाजिक दुरी, सेनिटाईनर, सर्जिकल माक्सको प्रयोग गरि) अपनाएर ग्रील उद्योग र लघु घरेलु तथा साना उद्योग सञ्चालन गर्न दिने व्यवस्था मिलाउन माननीय मन्त्री ज्युमा हार्दिक आग्रह गर्दछौं ।
ग्रील उद्योगी र अन्य लघु घरेलु तथा साना उद्योगीहरु धेरै रोजगारी दिने अधिकाशं स्वरोजगार र परिवारबाट सञ्चालन भएको स्थानिय स्तरमै पाईने कच्चा पदार्थहरु प्रयोग गरि उद्योग सञ्चालन हुन सक्ने हुँदा तस्ता उद्योगहरु क्रमशः सञ्चालन गर्दै जाँदा रोजगारी श्रृजना हुने अत्यावश्यक बस्तुहरु उत्पादन भई आपुर्तिमा सहजता आउने हुनाले त्यस्ता उद्योगहरु क्रमश सञ्चालन गर्न व्यवस्था मिलाउन हार्दिक आग्रह गर्दछौं ।
साथै लकडाउनका कारण उद्योगहरु बन्द हुँदा आर्थिक कारोबार बन्द भएको कर्मचारीको तलब भुक्तानी, घरभाडा, विद्युतको न्युनतम शुल्क, बैंक तथा बित्तीय संस्थाको किस्ता र ब्याज, सरकारी राजस्व बुझाउने लगायतका निम्ति पुँजीको अभाव हुने भएको र साना उद्यमीहरुले यथेष्ट मात्रामा कच्चा पदार्थ सञ्चित गरीराख्न नसक्ने हुनाले उद्योग व्यवसाय सुचारु रुपले सञ्चालन गर्न सहुलियत ब्याज दरमा पुनकर्जा तथा ब्यावसायीक कर्जा उपलब्ध गराउन र लकडाउन अवधिमा बैंक तथा बित्तिय संस्थालाई बुझाउनुपर्ने सावा ब्याज बापतको रकम लकडाउन खुलेको ६ महिना भित्र बुझाउने ब्यवस्था मिलाउन समेत आग्रह गर्दछौं ।
पुर्वाधारको पनि पुर्वाधार विकासमा नभइनहुने १ लाख ६० हजारलाई रोजगारी दिँदै आईरहेको देशभरि सञ्चालित ११ हजार ग्रील तथा स्टील उद्योग व्यवसायलाई आवश्यक पर्ने कच्चा पदार्थ ल्याउन र तयारी वस्तु उपभोक्ता सम्म पु¥याउन, कर्मचारीहरुलाई सुरक्षित किसिमले काममा आउने जाने व्यवस्था समेत मिलाई दिनुहुन हार्दिक आग्रह गर्दछौं । माननीय मन्त्री ज्यु कोभिड १९ को प्रकोपबाट बच्नु र बचाउनु हामी सबैको जिम्मेवारी र दायित्व भएकोले ग्रील तथा स्टील उद्योग व्यवसायी महासंघ नेपाल आफ्ना सदस्य उद्योगीहरुलाई सुरक्षित किसिमले उद्योग सञ्चालन गराउने काममा जिम्मेवार भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij