२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आयुर्वेद तथा वैकल्पिक चिकित्सा निर्देशिका जारी

आयुर्वेद तथा वैकल्पिक चिकित्सा निर्देशिका जारी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सा निर्देशिका जारी गरेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बुधबार निर्देशिका जारी भएकाे जानकारी दिएका हुन्।

उनका अनुसार उक्त निर्देशिकामा आयुर्वेद र वैकल्पिक चिकित्सा विधिबाट कसरी रोगसँग लड्ने इम्युनिटी बढाउन सकिन्छ, घरमा उपलब्ध हुने बिभिन्न सामग्रीहरुलाई कसरी सही प्रयोग गर्न सकिन्छ भनेर उल्लेख गरिएको छ।

उनले क्वारेन्टाइनमा रहेका बेलामा र अन्य समयमा पनि निराशापन, डिप्रेसनलाई कसरी कम गर्न सकिन्छ, योगा अभ्यासहरु, व्यायामहरुको बारेमा सचेत बनाउने बताए।

त्यसैगरी निको भइसकेका व्यक्तिहरुलाई पुनर्स्थापना कार्यमा कसरी यस बिधिबाट मद्दत गर्न सकिन्छ लगायतका विषयहरु निर्देशिकामा सामेल गरिएको समेत बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij