२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सुशिल घिमिरे

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सुशिल घिमिरे

शुशिल घिमिरे

काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमको अध्यक्षमा सुशिल घिमिरेलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पूर्व सचिव समेत रहेका घिमिरेलाई निगमको अध्यक्षमा नियुक्त गरेको हो । यसअघि पर्यटनमन्त्री योगेश भट्टराईले निगम सुधारका लागि गठन गरेको कार्यदलमा घिमिरे संयोजक थिए । उनले निगम सुधारका लागि प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।

यसअघिका कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएर अष्ट्रेलिया हिँडेपछि उक्त पद रिक्त थियो । खरेल २०७५ भदौमा कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए । तर उनले ४ वर्षे कार्यकाल पूरा नगरी राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij