२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

बढ्दो अग्नि दुर्घटना र न्यूनीकरणमा अग्नि नियन्त्रक यन्त्रको भूमिका

बढ्दो अग्नि दुर्घटना र न्यूनीकरणमा अग्नि नियन्त्रक यन्त्रको भूमिका

अर्जुन पौडेल, प्रबन्ध निर्देशक, रोबुस्ट ट्रेड प्रा.लि‍

अग्नि प्रतिरोधक यन्त्रहरु घर वा कार्यालयमा राखेर मात्रै दुर्घटना कम हुने होइन । आवश्यक पर्दा ती सामाग्रीको सही तवरले उपयोग गर्न सक्ने क्षमता पनि सेवाग्राहीमा हुनुपर्छ । यसको लागि केही प्राविधिक कुराहरुमा ज्ञान हुनुपर्छ । यद्यपि कतिपय सेवाग्राही आफूसँग भएका उपकरणको प्रयोग सम्बन्धमा बेखवर रहेको पाइन्छ । नेपालमा अग्निबाट हुने दुर्घटनाका प्रकृतिहरु बदलिँदै गएको अवस्थामा सबैजसो कार्यालयमा यस्ता उपकरण अनिवार्य जस्तै बन्दै गएका छन् । नेपालकै सन्दर्भमा पनि यस्ता उपकरणको प्रयोगले हुन सक्ने ठूला दुर्घटनालाई तत्कालै नियन्त्रणमा लिन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । यस्तो अवस्थामा यी उपकरण जडानको अलावा समय–समयमा यसको चेकजाँच र परीक्षण गर्ने क्षमता सेवाग्राहीमा हुनु जरुरी छ ।

पछिल्ला दशकहरुमा नेपालका ठूला शहरहरुमा हुने अग्नि दुर्घटनामा विद्युतीय करेन्ट प्रवाह, पेट्रोलियम पदार्थ र एलपिजी ग्यासको प्रयोगमा हुने असावधानी एवं कमजोर इन्जिनियरिङ लगायतका कुराहरुले मुख्य भूमिका निर्वाह गर्दै आएको पाउन सकिन्छ । कारण बन्दै गएका छन् । यस्ता दुर्घटनाहरुलाई समेत समयमा नै सचेतना अपनाउन सकेको खण्डमा धेरै हद सम्म कमी गर्न सकिन्छ । यसको लागि आफूले प्रयोग गर्ने सम्बन्धित विद्युतीय तथा एलपिजी ग्यास लगायतका सम्बन्धित वस्तु र उपकरणको प्रयोग सम्बन्धमा विशेष सावधानी अपनाउनु जरुरी रहन्छ ।

समय–समयमा यस्ता उपकरणले सही तवरले काम गरिरहेका छन् छैनन् भन्ने सम्बन्धमा पनि सचेत रहनुपर्छ । समय–समयमा मर्मत सम्भार र आवश्यकता बमोजिम नयाँ उपकरण पुनःस्थापित गर्नुपर्ने आवश्यकता समेत रहन्छ । यद्यपि नेपालमा अहिले सम्म यस्ता संवेदनशिल वस्तु तथा उपकरणको प्रयोगबाट हुन सक्ने जोखिम न्यूनीकरणको लागि राज्य पक्षबाट कुनै पहल हुन सकेको पाईंदैन । जसले गर्दा अधिकांश मानिसहरुले सही जानकारी हासिल गर्न सकेका छैनन् ।
यसको अलावा कतिपय अवस्थामा विशेष सचेतना अपनाउँदा अपनाउँदै पनि दुर्घटना हुन सक्छन् । यस्तो परिस्थितिलाई विचार गर्दै तत्काल अग्निबाट हुन सक्ने सम्भावित दुर्घटना र ठूलो नोक्सानीलाई न्यूनीकरणको लागि यस्ता अग्निप्रतिरोधक उपकरणहरु समेत प्रयोग गर्नु जरुरी रहन्छ । सोही योजना बमोजिम नै नेपालमा अग्निबाट हुने दुर्घटना बढ्दै गइरहेको सन्दर्भमा यस्ता दुर्घटनालाई न्यूनीकरण गर्दै लैजान सहयोग पुग्ने कुरालाई लक्षित गरी रोबुष्ट ट्रेड प्रा.लि.ले फायर इक्जिस्टेन्स रिलेटेड इक्विपमेन्टहरु नेपाली बजारमा भित्र्याइरहेको छ ।

बजारको अध्ययन 
नेपालमा हरेक बर्ष विभिन्न कारणले हुने भीषण आगलागीबाट निकै ठूलो परिमाणमा जनधनको क्षति हुँदै आएको छ । यद्यपि यसरी दुर्घटना भएको खण्डमा त्यसको प्रतिरोधको लागि आवश्यक ज्ञान, सचेतना र उपकरणको अभाव रहेको जानकारी पौडेलले प्राप्त गरे । नेपालमा यस्ता अग्निप्रतिरोधक यन्त्रहरुको उपलब्धता बारे बुझ्दा बजारमा यस्ता उपकरणको माग उच्च रहेको जानकारी पाए । साथै आफू नेपालमा नै रहेर सामाजिक दायित्व निर्वाह गर्न सकिने क्षेत्रलाई नै व्यावसायिक क्षेत्रको रुपमा अघी बढाउने योजनामा रहेका पौडेलले यसै क्षेत्रलाई नै आफ्नो व्यावसायिक क्षेत्रको रुपमा अघी बढाए ।

यसरी बन्यो विश्वासको वातावरण

नेपालको एक प्रतिष्ठित औषधी उत्पादक कम्पनी क्वेष्ट फर्मास्युटिकल्समा बजारीकरण सम्बन्धी काम गरेर नेपालको बजार परिस्थितिलाई समेत नजिकबाट बुझेका उनी अग्नि प्रतिरोधक यन्त्रहरु नेपाली बजारमा भित्र्याउनु भन्दा निकै पहिले देखि नै यस क्षेत्रका विभिन्न पक्षहरुबारे जानकारी लिइ नै रहे । आफ्ना अग्रजहरु सँग परामर्श लिए । बजारमा राम्रो छाप बनाइसकेका उनले मेडिकल डाक्टर लगायतका उच्च पदस्थ व्यक्तिहरुलाई पनि यी वस्तुहरु नेपाली बजारमा भित्र्याउने सम्बन्धी छलफल गर्दा सबै पक्षबाट उनलाई सहयोग प्राप्त गर्ने आश्वासन मात्र प्राप्त भएन, नेपाली बजारमा यी उपकरण भित्र्याउनु पूर्व नै करिब ४ सय इक्युपमेन्टहरु पहिले नै बुकिङ गर्न समेत उनी सफल भए । यसबाट उनलाई नेपाली बजारमा यी उपकरणहरुको आवश्यकता छ भन्नेमा पूर्णत विश्वस्त बनायो । यसको अलावा उनले यस्ता इक्युपमेन्टको प्राविधिक पक्षको बारेमा समेत जानकारी लिने उद्धेश्यले यी सामाग्री उत्पादन हुने क्षेत्रमा नै गएर लामो समय आफैंले आवश्यक ज्ञान हासिल गरे । आफूले सिकेको कुरा नेपाली समाजलाई बाँडेर दुर्घटना न्यूनीकरणमा ठूलो टेवा दिन सकिन्छ भन्ने मान्यताले यस क्षेत्रलाई नै व्यावसायिक क्षेत्र समेत बनाएका उनले यस्ता उपकरणहरुको आवश्यकता बारे सचेतना समेत जगाउँदै आएका छन् ।

उपकरण विक्री गरेर मात्र हुँदैन ः
अग्नि प्रतिरोधक यन्त्रहरु घर वा कार्यालयमा राखेर मात्रै दुर्घटना कम हुने होइन । आवश्यक पर्दा ती सामाग्रीको सही तवरले उपयोग गर्न सक्ने क्षमता पनि सेवाग्राहीमा हुनुपर्छ । यसको लागि केही प्राविधिक कुराहरुमा ज्ञान हुनुपर्छ । यद्यपि कतिपय सेवाग्राही आफूसँग भएका उपकरणको प्रयोग सम्बन्धमा बेखवर रहेको पाइन्छ । नेपालमा अग्निबाट हुने दुर्घटनाका प्रकृतिहरु बदलिँदै गएको अवस्थामा सबैजसो कार्यालयमा यस्ता उपकरण अनिवार्य जस्तै बन्दै गएका छन् । नेपालकै सन्दर्भमा पनि यस्ता उपकरणको प्रयोगले हुन सक्ने ठूला दुर्घटनालाई तत्कालै नियन्त्रणमा लिन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । यस्तो अवस्थामा यी उपकरण जडानको अलावा समय–समयमा यसको चेकजाँच र परीक्षण गर्ने क्षमता सेवाग्राहीमा हुनु जरुरी छ ।

अग्नि दुर्घटना र उपकरणको छनौट
अग्नि प्रतिरोधक यन्त्रहरुले कसरी काम गर्छन् ? यी यन्त्रहरु कसरी निर्माण हुन्छन् ? कहाँ र कसरी रिफिलिङ गरिन्छ ? लगायतका कुराहरु भारतमा १ महिना बसेर सिकेसँगै नेपालमा यी सामानहरु पौडेलले नेपालमा भित्र्याएका हुन् ।

अग्नि प्रतिरोधक यन्त्रहरु विभिन्न ५ श्रेणीमा वर्गिकरण गरेर हेरिने गरेको छ । ए, बी, सि, डि र के । कागज, कपडा, फर्निचर लगायतमा हुने आगलागीलाई ‘ए’ टाइपको आगलागीको रुपमा बुझिन्छ । पेट्रोलियम पदार्थमा हुने आगलागीलाई ‘बी’ टाइप, विद्युतीय सर्ट सर्किट तथा एलपिजी ग्यासबाट हुने आगलागीलाई ‘सी’ टाइप, धातुजन्य वस्तुमा हुने आगलागीलाई ‘डी’ टाइप र इण्डष्ट्रियल लेभलका किचन फायरलाई ‘के’ टाइपको मान्ने गरिन्छ । नेपालमा डी र के टाइपका आगलागी निकै कम हुने गर्छन् । आवश्यकता बमोजिम कस्ता प्रकारका फायर इक्स्टिङ्गुएसर प्रयोग गर्ने हो, त्यो कुरा सेवाप्रदायकले राम्ररी बुझाउनु जरुरी रहन्छ । ग्यास सिलिण्डरलाई सामान्यतया ए, वि र सिमा नै प्रयोग गर्न सकिन्छ । पछिल्लो समय नेपाल सरकार मातहतका विभिन्न तहबाट यस्ता सचेतना जागरणको लागि विभिन्न प्रयाशहरु भइरहेको पाउन सकिन्छ ।

अबको बजार 
नेपालमा पछिल्लो समय यस्ता उपकरण प्रति सेवाग्राहीहरुको चासो बढ्दो छ । बजार विस्तार हुँदै गएको छ ।

जागिरको अनुभव 
पौडेल जुन कम्पनीमा जागिर गरिरहेका थिए, त्यस कम्पनीलाई आफ्नै व्यवसाय ठानेर काम गरेका उनलाई औषधी कम्पनीको बजारीकरणले धेरै कुराहरु सिक्ने अवसर प्राप्त भयो । त्यहाँबाट उनले जे सिके, अहिले सञ्चालन गरेको व्यवसायलाई माथि उठाउन सक्नुमा पनि त्यही औषधी कम्पनीमा रहेर बजारीकरण क्षेत्रमा समेटेको अनुभवले निकै नै सहयोग पुगेको छ ।

शुरुका चुनौती 
शुरुका दिनमा एक घर एक एक्स्टिङ्गुइसर भन्ने विचारले अघी बढेका पौडेलले अग्नि प्रतिरोधक यन्त्रको बारेमा ललितपुर महानगरपालिका लगायत विभिन्न सरकारी निकाय र संस्थाहरुको सहकार्यमा यी उपकरणको प्रयोग बारे सचेतनामूलक कार्यक्रम तथा डेमोहरु प्रदर्शनी गरे ।

राज्यले निश्चित मापदण्ड बनाउनुपर्छ |
यद्यपि अहिले सम्म नेपालमा राज्य पक्षले यस क्षेत्रलाई व्यवस्थित बनाउनको लागि नीतिगत तहबाट खासै ध्यान दिन सकेको छैन । अबका दिनमा राज्यले बजार व्यवस्थापनको लागि विशेष चासो लिनुपर्ने बेला आएको छ । नेपालीहरु अधिकांश कम शुल्कका उपकरण लिन इच्छुक छन् । तर कम मूल्यका उपकरणको नाममा गुणस्तरहीन सामानहरु भित्रिइरहेका छन् । जसले गर्दा दुर्घटनाको समयमा ती उपकरणबाट हामीले सोचे बमोजिम लाभ लिन सक्दैनौं । नेपालमा कुन स्टाण्डर्ड सम्मका सामानहरु भित्र्याउने भन्ने सम्बन्धमा राज्यले पनि चासो राखेको खण्डमा मात्र हामीले चाहे बमोजिम दुर्घटना न्यूनीकरण गर्न सघाउन पुग्छ । यसको अलावा मान्छेको बढी चाप भएका क्षेत्रहरु, ठूला बिल्डिङ, अस्पताल, कर्पोरेट कम्पनीहरु लगायतमा यस्ता अग्नि प्रतिरोधक यन्त्रहरु अनिवार्य रुपमा राख्नुपर्ने जस्ता कुरामा राज्य पक्षले विशेष पहल गर्नु जरुरी छ ।

सरकारले सुरक्षा सँग सम्बन्धित विषयलाई विशेष चासोको साथ लिन सकेको खण्डमा यसबाट हामीलाई निकै नै लाभ मिल्न सक्छ । नेपालमा यस्ता उपकरण भित्र्याउने खण्डमा आइएसओ सर्टिफाइड सामानहरु मात्र भित्रने वातावरण सृजना गर्नुपर्छ । नेपाल गुणस्तर तथा नापतौल विभागले समेत अहिले सम्म यस बारेमा आवश्यक व्यवस्था गरेको छैन । नेपालमा भित्रिने यी सामानहरु अहिले भारतमा निर्मित उद्योगले उल्लेख गरेकै कुरालाई सही मानेर भित्र्याउनुपर्ने अवस्था छ । तर के ती सामानको गुणस्तर त्यहाँ उल्लेख गरेबमोजिम नै छन् त ? यस विषयमा हामीले हाम्रा उपकरणबाट समेत चेकजाँच गर्ने व्यवस्था भएको खण्डमा थप सुरक्षित बन्न सकिन्छ ।
सेवाग्राहीले बुझ्नुपर्ने कुरा 
यस्ता उपकरण लिएका व्यक्तिले उपकरणको समय समयमा मेन्टेनेन्स गर्नु पनि जरुरी रहन्छ । हावाको प्रेसर चेक गर्ने, सजिलै देखिने र सजिलै निकाल्न सकिने गरी हावाको दिशा गरेर यी उपकरण जडान गर्नु उपयुक्त हुन्छ । यसको प्रयोग बारे पनि सेवाग्राहीले विशेष सचेत बन्नुपर्छ । साथै दुर्घटना भएको खण्डमा नहड्बडाइकन मानसिक रुपमा शान्त हुनुपर्छ । यसबाट के सही र के गलत भन्ने कुरामा राम्रो तवरले सोच्न सहयोग पुग्छ ।

कस्ता काममा प्रयोग गर्ने फायर एक्स्टिङ्गुएसर ?
सामान्य प्रकारका आगलागीलाई नियन्त्रणमा लिनको लागि यस्ता उपकरण प्रयोग गरिन्छ । ठूलो आगलागीमा आफू सुरक्षित तवरले भाग्नको लागि मात्र यी उपकरण प्रयोग गर्न सकिन्छ । आगो पूरा निभाउन गाह्रो हुन्छ । किचनमा प्रयोग हुने एलपिजी ग्यास, चुल्हो, रेगुलेटर,

कस्ता सामाग्री छन् बजारमा ?
फायर ब्लाङ्केट (चिसो कपडा), बोरा लगायत आफुसँग उपलब्ध वस्तुले ग्यास सिलिण्डर छोप्ने हो भने हुन सक्ने ठूलो दुर्घटना केही समयमा नै नियन्त्रण लिन सकिन्छ । ग्यास कहाँबाट लिगेज भइरहेको छ भन्ने कुरा पत्ता लगाउन सकेको खण्डमा त्यसलाई नियन्त्रणमा लिन कठिनाइ हुँदैन ।
आगो लाग्नको लागि आगोको स्रोत, अक्सिजन र तापक्रम चाहिन्छ । यी मध्ये कुनै एकको सम्बन्ध छुटेको खण्डमा आगो बल्न सक्दैन । हामीले प्रयोग गर्ने सबै उपकरणले यही समीकरण बमोजिम नै काम गर्छन् ।

कस्तो कम्पनी हो रोबुस्ट ट्रेड ?
वि.सं २०७१ देखि रोबुस्ट ट्रेड प्रा.लि.ले नेपाली बजारमा अग्नि प्रतिरोधक यन्त्रहरु तथा यस सम्बन्धी सेवा तथा परामर्श उपलब्ध गराउँदै आएको छ । नेपालमा बढ्दै गइरहेका दुर्घटनालाई न्यूनीकरणमा सहयोग पु¥याउने योजना बमोजिम नै यी यन्त्रहरु नेपाली बजारमा भित्र्याइएको हो । सम्भावित दुर्घटनाबाट बच्नको लागि सबैभन्दा पहिले त्यसको पूर्वतयारी गर्नु नै उपयुक्त विकल्प हुन सक्छ । दुर्घटना कति बेला कसरी हुन्छ भन्ने यकिन जानकारी कसैलाई हुँदैन । यद्यपि पूर्वतयारी भएको खण्डमा उक्त भवितव्यबाट हुन सक्ने क्षतिलाई भने निकै हद सम्म कम गर्न सकिन्छ । यस्ता भवितव्य विभिन्न प्रकारका छन् । त्यस मध्ये आगो (अग्नि)बाट हुने दुर्घटना पनि एक मुख्य दुर्घटनाको रुपमा रहँदै आएको छ ।

 

को हुन् अर्जुन पौडेल ?
हाल रोबुष्ट ट्रेड प्रा.लि. सञ्चालन गर्दै आएका अर्जुन पौडेल गुल्मीको रुरु गाउँपालिकामा जन्मिएका व्यक्ति हुन् । वि.सं २०४५ मा जन्मिएका उनले ८ कक्षा सम्म गुल्मीकै विद्यालयबाटै पढेपनि एसएससी सहित उच्च शिक्षा अध्ययनको लागि उनी गुल्मीबाट काठमाडौं प्रवेश गरे । भौतिकशास्त्र विषयमा वि.एस्सी तहको अध्ययन गरेका उनी परिस्थितिवश बजार तथा व्यवस्थापन क्षेत्रमा जोडिन पुगे । शुरुमा करिब साढे ३ बर्ष क्वेष्ट फर्मास्युटिकल्समा काम गरिसकेपछि आफैंले कुनै व्यवसाय सञ्चालन गर्नुपर्छ भन्ने मान्यतामा उनी पुगे । सोहीबमोजिम सोच्दै र बजार अध्ययन गर्दै जाँदा उनले रोवुस्ट ट्रेड  सञ्चालन गरी अग्नि नियन्त्रक यन्त्रहरुको कारोबार गर्न पुगे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij