राजकुमार श्रेष्ठ (राजु), प्रबन्ध निर्देशक, ए–वान क्याफे
रामेछापको दुर्गम ठाउँमा जन्मिएका राजकुमार श्रेष्ठको बाल्यावस्था निकै नै कष्टकर रह्यो । कक्षा १० सम्म गाउँकै स्कुलबाट पढेका उनले सबैभन्दा पहिले आफ्नो अवस्था राम्र्रो बनाउनुपर्छ भन्ने मान्यताले काठमाडौं प्रवेश गरे । कुनै व्यवसाय गर्ने सोच थियो । तर पारिवारिक अवस्था दयनीय रहेको कारण लगानी गर्ने अवस्था पनि थिएन । आर्थिक अभावकै कारण पढ्नको लागि उपयुक्त अवस्था पनि थिएन । सोहीकारण काठमाडौंमा आएर भाँडा माझ्ने काम शुरु गरेका उनले आफ्नो सुखद भविष्यको भने कल्पना गरिरहेका हु्न्थे । अहिले तिनै व्यक्ति सफल उद्यमी बनेका छन् । काठमाडौंमा चर्चित फास्टफुड व्यवसाय, ए वान क्याफेका सञ्चालक राजकुमार श्रेष्ठ ।
उनै उद्यमी श्रेष्ठको व्यावसायिक अनुभवमा आधारित यो सामाग्री यहाँ प्रस्तुत गरिएको छ ।
मैले कक्षा १० सम्मको अध्ययन पुरा गरेर काठमाडौं आउँदा मेरा दाइहरु यही पेशामा पहिलादेखि भाँडा माझ्ने, खाना पकाउने काममा दुःख गरिरहनुभएको थियो । उहाँहरुले डेक्चीलाई किताब, प्लेटलाई कापी र चम्चालाई कमलम भनेर अंगिकार गर्नुभएको थियो । त्यसकारण मलाई कोठामा राखेर पढाउन सक्ने अवस्था थिएन । अनि मैले पनि उशाँहरुले गर्दै आएको पेशालाई वाध्य भएर अंगिकार गरेँ । त्यही क्रममा दाइहरुले काम गर्ने ठाउँमा मैले भाँडा माझ्न सुरु गरेँ । अनि त्यही सीप, अनुभव र जाँगरलाई भविष्यको पेशा बनाउनुपर्छ भन्ने निर्णय गरियो । त्यसपछि परिवारबाटै फास्टफुडको पेशा सुरु गरिहाल्यौं । त्यसले राम्रै गति लिन थालेपछि अझ अहिलेको युग सुहाउँदो उद्यमशीलतामा परिणत गर्नुपर्छ भन्ने हौसला पलायो । त्यही हौसला अनुरुप पेशालाई संस्थागत रुपमा स्थापित गर्न खोजेका छौं ।
अहिले हामीसँग झन्डै ६० जनाको हाराहारीमा संस्थागत टिम छ । त्यसमा २ सय ५० जना काम गर्ने कर्मचारी हुनुहुन्छ । हिजो हामीले रामेछापबाट विभिन्न खुःख झेलेर काठमाडौं आएर जानीनजानी पेशालाई संस्थागत गर्न सफल भयौं । त्यसमा झन्डै तीन सय हाराहारी मान्छेलाई रोजगार दिन सक्ने भएका छौं । यो देख्दा हिजोका दिन सम्झँदा खुसी पनि लाग्छ । त्यसबाट राज्यलाई नियमअनुसारको कर बुझाएका छौं । रोजगारीको खोजी लाखौं युवा विदेशीइरहेको बेलामा केही भने पनि छेक्ने काम गरेका छौं । त्यति गर्दागर्दै पनि नेपालको नियम, कानुन र परिवेशका कारण व्यवसाय गर्न सहज वातावरण छैन । लगानीका, रोजगारीका र प्रशासनका हिसाबले जतिबेला पनि असुरक्षित छौं । हामीले अर्काको जमीन र संरचनामा लगानी गरेका छौं । यहाँबाट कतिबेला निस्केर जानुपर्ने हो, त्यसको टुंगो छैन । फसेको लगानीमा अतिकति फाइदा हुने हिसाबले चल्न थाल्यो भने घरभाडा एकैचोटी एक लाखबाट ३ पुग्छ कि ५ लाख त्यसको ग्यारेन्टी छैन । नाफा भएको थाहा पाएपछि प्रशासनिकदेखि अदृश्यरुपमा समूहगत दुःखदिने अहिले पनि यथावतै छन् । अर्को अस्वस्थ प्रतिस्पर्धाको पहाड त छुट्टै छ । हामी पनि त्यस्तै अवस्थामा छिरेका हौं । तर, यसमा आउन राज्यले नै पेशाप्रति उत्तरदायी, सीपमुलक र व्यवसायिक दृष्टिकोणको तालिम दिएर पेशा छिराउने हो भने यस्तो गुस्तरहीन सर्भिस र अस्वस्थ प्रतिस्पर्धा हुने थिएन ।
मैले भन्न खोजेको ठेला गाडामा र हामीले तयार गर्ने खाना एउटै भएपनि त्यसलाई स्वास्थ्यका दृष्टिकोणले आकाशपताल विन्नता छ । त्यो धूलोमा खाना पकाएर बस्छन्, तिनले मानिसको स्वास्थ्यमाथि खेलवाड गरेको छ कि छैन ? त्यही खाना हामीकोमा खाँदा स्वच्छ पानी र हिलो, धुलोरहित सफा ठाउँ हुन्छ । उपभोक्तालाई त्यो कुराको ख्यालै हुँदैन । दुई पैसा सस्तोको लोभले त्यहाँ खाइदिन्छन् । अझ विशेषगरी बच्चाहरुले त्यस्तो फुटपाथका खाना खाएर कतिलाई रोग लागेको छ । यस्तो व्यवसायले मानिसको स्वास्थ्यमाथि ठूलो घाटा पु¥याएको छ । यस्तो खालको अस्वस्थ प्रतिस्पर्धाले गर्दा हामी जस्ता व्यवसायीलाई ठूलो मार परेको छ । सम्बन्धित निकायको ध्यान किन जाँदैन
यो नेपालको जिन हो । यो कुनै अन्य मुलुकबाट ल्याइएको होइन । जसको बोर्ड टाँसेर कलिकति हाईंफाईं गरेर चलाएको छ भने त्यसलाई मात्रै राज्यले आँखा लगाउँछ । हामीको कति पटक गुणस्तरका कुरा उठाइएको छ । ती फुटपाथमा बसेर विभिन्न खाद्यान्न बिक्रीवितरण गर्नेले मानिसको स्वास्थ्यमा कति असर गरेको छ भन्ने हेरिँदैन । हाम्रोमा बोर्डलाई हेरेर पत्र काटिन्छ । अहिले यस्तो विषयमा हेर्ने ७÷८ वटा निकाय भएका छन् । उहाँहरु पनि सुधारका पक्षमा गुणस्तरका पक्षमा सुझाव दिने होइन हाम्रो निगरानीमा लाग्नुहुन्छ । कहाँनेर कमजोरी गर्छ र दुःख दिउँ भनेर । विदेशमा मैले व्यापार व्यवसाय गर्छु भने राज्यले घरबेटीदेखि समन्वय गरेर व्यवस्था मिलाइदिएको हुन्छ । हामीले राज्यलाई लाग्दो कर तिरेपछि राज्यपक्षबाट पनि केही सुविधा त पाउनुपर्यो नि त्यस्तो केही छैन ।
यहाँ त फास्टफुड एसोसिएसनको उपाध्यक्ष हुनुहुन्छ त्यहाँ यी कुरा उठ्दैनन ?
फास्टफुड व्यवसायीहरुको अहिलेको लडाईं भनेको हाम्रो व्यवसायिक सुरक्षाको ग्यारेन्टी हुनुपर्यो । खासगरी घरबेटी र मौसमे रुपमा डर, त्रास देखाउने समूहबाट मुक्ता गराउने गरी राज्यले नियम बनाउनुपर्छ । निर्धक्क भएर व्यापार व्यवसाय गर्न सक्ने वातावरण हुनुपर्छ । अहिले खाद्य तथा गुण नियन्त्रणले यो यो मापदण्ड पुरा गर, भनेर हरियो, रातो स्टिकर बनाउने हो भनेर लाग्ने हो भने धेरै नियन्त्रण हुन्छ । यहाँ कुरा गरिन्छ तर काम गरिँदैन । हाम्रो रेष्टुरेन्टमा आएका खाद्यान्न सबै हामीले उत्पादन गर्ने होइन । ती चिजहरु कुन निकायबाट कसरी आउँछन् भनेर हेर्दा हुन्छ । तरकारीको लागि टुकुचामै गएर हेर्दा हुन्छ । कालिमाटीमै गएर हेर्दा हुन्छ । कुन अवस्था कसरी भण्डारण गरिएको हुन्छ ? कस्तो ठाउँमा राखेर बिक्रीवितरण गरिएको छ । मासु कसरी आउँछ ? वधशालाहरु कस्तो अवस्था छन् । कस्ता पशुहरुको मासु बिक्री भइरहेका छन् । त्यस्ता कुरामा राज्यले ध्यान दिनपर्दैन ? एक पटक इण्डियाबाट आउने विषादीयुक्त तरकारी प्रतिबन्द लगाउने वा गुणस्तर जाँच गर्ने भन्दा सरकारै झन्डै नढलेको ।
दूतावासबाटै पत्रहरु आदानप्रदान भएक्यार । त्यसले नेपालमा तरकारी होस् वा मासुजन्य पशुहरु गलत ढंगले छिर्नेरहेछ भन्ने कुरा त छर्लंङगै ऐना हेरेको जत्तिकै भयो नि । त्यस्ता चिजहरुमा राज्यले सुद्धिकरण गर्नुपर्छ । बरु ठाउँठाउँमा सहकारीको माध्यमबाट हुन्छ कि कसरी हुन्छ खानयोग्य चिज बजारमा आउनुपर्छ । बजारबाट हाम्रो पसलमा आइसकेपछि गुणस्तर खस्किएको भए पो हामी गलत छौं भन्नु । जब आउने मुहान नै गलत र दुषित छन्, अनि हामीले कसरी स्वच्छ खाद्यान्न खुवाउनु ?प्या केट बनेको हुन्छ, सरकारको ट्याक लागेको हुन्छ, त्यस्तो सामान ल्याएर हामीले बिक्री गरेको हुन्छौं । हिजोका दिनमा कमीकमजोरी थियो होला, अहिले त त्यसको हस्पिटालिटी कस्तो हुनुपर्छ भनेर हरेक राम्रा कुरामा अपडेट हुन खोजिराखेका छौं । हाम्रो एसोसियन अब नसुध्रिएका होटल रेष्टुरेन्टहरुको सुधारका लागि लाग्ने छौं । आउँदो फाग्ुन÷चैतबाट खाद्य तथा गुण नियन्त्रण केन्द्रले पनि गुणस्तर चिन्ह प्राप्त स्टिकर वितरण गर्न लागिरहेको छ । भ्रमण वर्ष २०२० लाई टार्गेट गरेर हाम्रो संघ र खाद्य तथा गुण नियन्त्रण केन्द्र मिलेर कसरी सफल बनाउन सकिन्छ भनेर लाग्ने छौं । हामीले राज्यले राखेका मापदण्डमा १०० मा १०० प्रतिशत सुधार्न नसके पनि ६० प्रतिशत माथि ९० को हाराहारी पु¥याउने लक्ष्य लिएका छौं । मुलतः नेपाल फास्टफुड एसोसिएसनको तर्पmबाट हाम्रो साधान, स्रोतले भ्याएसम्म कसरी स्वच्छ, सफा, सभ्य र मर्यादित बनाउन सकिन्छ भनेर लागिपरेका छौं । राज्यले तोकेको मापदण्ड अनुसारको खाना दिनुपर्छ भन्ने मान्यता हाम्रो एसोसिएसनको हो ।
आगामी नयाँ कार्ययोजनाहरु के के छन्
अहिले हाम्रो नयाँ कार्ययोजनाहरु केही छैन । अहिले भइरहेका फास्टफुड रेष्टुरेन्टहरुलाई मर्यादित, व्यवस्थिति र व्यवसायी ढंगले अगाडि बढाउन लागिरहेका छौं । गुणस्तरहिन अस्वस्थ प्रतिपर्धाले पनि सबैलाई एउटै टोकरीमा हाल्न खोजेको छ । त्यसलाई आन्तरिक अनुगमन गरेर भएपनि राज्यले तोकेको गुणस्तर र मापदण्ड अनुसार ल्याउने प्रयासमा लागेका छौं । त्यसैले अहिले नयाँ ढंगले अगाडि बढ्ने भन्दा पनि पुरानै संरचनालाई सही ठाउँमा ल्याएर चलाउने हाम्रो लक्ष्य रहेको छ । फास्टफुड, पार्टी प्यालेस गरेर उपत्यकाभित्र तपाईंको गुरुपमा कति छन्?
हाम्रो ग्रु्पद्वारा फरक–फरक नाममा सञ्चालन भएका उपत्यकाभित्र १७ वटा छन् । सबैमा गरी २ सय ५० माथि कामदारहरु हुनुहुन्छ ।
लागत कस्तो छ ?
त्यो सबै कुरा अहिले भनिनहालौ । तपाईं आपैmपनि अन्दा गर्न सक्नुहुन्छ । अहिलेको समयमा यत्तिको कम्पनी खडा गर्न लागत लाग्छ भनेर ।
अर्थतन्त्रमा कस्तो योगदान पुर्याउनुभएको छ ?
म आपैmले मैले यसो गरेको छु, भन्दा उपयुक्त नहोला । अहिले ६० लाख हाराहारी दक्ष युवाहरु रोजगारीको लागि विदेशीएको अवस्थामा बैंकबाट लोन लिएर परिवारलाई मीठोमसिनो खाननदिएर, राज्यले लगाएको नियम कानुन अनुसार कर तिर दुई÷तीन सय मानिसलाई रोजगारी दिइएको छ । त्यसले देशको अर्थतन्त्रलाई टेवा दिएको छ÷छैन सम्बन्धित निकायले नै ध्यान दिने कुरा हो । सबैले हामीले जत्तिकै रोजगारी सिर्जना गर्ने हो भने पनि नेपालमा बेरोजगारी धेरै घटेर जान्छ । त्यसैले कसैको ‘सेवा गरेर टेवा’ पुर्याउने काम त राज्यलाई गरेकै होला । हामीले गरिखान्छु भन्दा त्यसको वातावरण मिलाउने दायित्व त राज्यको पनि होला नि । कसैले राज्यलाई के दियो भन्दा राज्यले पनि दिएबापत जनतालाई के सुविधा दिएको छ भन्ने प्रश्न पनि उठ्छ । अहिले त झन् तीन तह भनेको छ, कर पनि कुन निकायलाई तिर्ने कहाँ गएर तिर्ने, कति तिर्ने कुनै नियमै छैन । कर्मचारीको मुखमा जति आउँछ त्यति नै भएको छ । एउटा वडामा एउटा नियम छ, अर्को अर्कै नियम छ । कतै कर नलिने भनेछ, कतै तीन÷चार ठाउँमा तिर्नुपर्छ भनेको छ । यो सरकारको प्रकार र नियमबाट व्यवसायीहरु दिक्दार भइसकेका छन् । राज्यको नियम कानुन त एकरुपता हुनुप¥यो नि ।
भ्रमण वर्षलाई कसरी सफल बनाउने
नेपाल भ्रमण वर्ष २०२० मा २० लाखभन्दा बढी टुरिष्टहरु भित्र्याउने भनेर राज्यले घोषण गरिसकेको छ । त्यसको तयारी नारामा मात्रै सीमित छ । हामीलगायतका विभिन्न सम्बन्धित संघसंस्थाहरुले त्यसको अक्षरसः पालना गर्ने गरी पालना गर्ने । सरकारले पनि वडास्तरदेखि केन्द्रसम्म हरेकतहका जनप्रतिनिधिहरुले काम गर्नपर्छ । पर्यटनसँग सम्बन्धित व्यापार, व्यवसाय गर्नेहरुले कसरी सफल बनाउन सकिन्छ भनेर लाग्नुपर्छ । होटल, यातायात, हवाइ, पर्यटकीयस्थल, पदमार्ग, जलमार्ग र हवाइमार्ग सबैले आ–आफ्नो क्षेत्रबाट लाग्ने हो भने त्यसलाई सफल बनाउन सकिन्छ । आएका पर्यटकहरुलाई पनि खाना, बस्न, घुम्न, छुट गरेर हुन्छ कि, सुविधा दिएर हुन्छ कि राम्रो व्यवहारले हुन्छ कि आकर्षित गर्न सकियो भने यहाँ २० लाख मात्रै होइन ३० माथि पनि पर्यटक आउन सक्छन् । अहिले नै १२-१३ लाख टुरिष्टहरु आइरहनुभएको छ । त्यत्रो तामझाम गर्दा नआउने कुरै हुँदैन । टुरिष्ट त आउलान् तर हामीले उनीहरुलाई सही ढंगले सेवा, सुविधा दिन सक्छौं कि सक्दैनौं त्यो ठूलो कुरा भइसकेको छ । एयरपोर्टमा ओर्लिएदेखि विभिन्न वाहनामा जसरी दुःख दिने कुरा छन् त्यसलाई व्यवस्थापन गर्न गाह्रो छ ।
अन्य चुनौतिहरु के छन्
हाम्रो पेशा दिनप्रतिदिन चुनौतिपूर्ण बन्दै गएको छ । मैले पहिला पनि भनेको छु । यहाँ होटेल रेष्टुरेन्ट व्यवसाय चलाउने वातावरण नै छैन । प्रहरी प्रशासनदेखि अन्य समूहबाट पनि असुरक्षा छ । घरबेटीदेखि सरकारले गगाउने कर, अनि पाउनुपर्ने सुविधाबाट पनि हामी आतंकित छौं । लगानी गरेर होटल खोलिएको हुन्छ भोलि आएर एउटा एक लाख बढी दिन्छु भन्यो भने तुरुन्तै उसले दिने गर्दछन् । त्यसैले व्यवसाय गर्न सरकारले नै घरबेटीसम्मको व्यवस्था मिलाइदिने हो भने सजिलो हुन्थ्यो । सफलता कसरी प्राप्त गर्नुभयो ?
कुनै काममा सफल हासिल गर्नुमा सबैभन्दा ठूलो पेशाप्रति विश्वास हुनुपर्छ । त्यसपछि मेहनत र लगाव हुनुपर्छ । मिलनसार र अनुसासित हुनुपर्छ । आफ्ना उपत्पादित वस्तुहुन्छ । सफा, स्वच्छ, खानयोग्य हुनुपर्छ । कुनै पनि ग्राहकको मुख ‘ए–वान क्याफे’मा पुगेपछि साफा खान पाइन्छ भन्ने विश्वास ग्राहकहरुलाई दिलाउन सक्नुपर्छ । समय सुहाउँदो खाना सेवा दिन सक्नुपर्छ । सम्मानजनक व्यवहार गर्न सक्नुपर्छ । अवस्य पनि आफ्नो काम र व्यवसायबाट सफलता हासिल गर्न सकिन्छ ।