२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

“फोर्टी अन्डर ४०”मा होर इ-स्पोट्सका सञ्जन गौतम सम्मानित

“फोर्टी अन्डर ४०”मा होर इ-स्पोट्सका सञ्जन गौतम सम्मानित

  • आइतबार, भाद्र ८ २०८२

सीआर सेभेन होर (CR7 Horaa नामले परिचित होर इ(स्पोट्र्सका संस्थापक तथा ओनर सञ्जन गौतम “फोर्टी अन्डर ४०” २०८२ मा सम्मानित भएका छन्।

नेपालमा इ-स्पोट्र्सको विकास र पहिचानमा उनले पुर्याएको योगदानको कदर गर्दै अनलाइनखबरले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई विशेष सम्मान गरेका हुन् ।
राजनीति, समाज, कला–साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान–विज्ञान, उद्यमशीलता र प्रवास लगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका ४० वर्षमुनिका ४० व्यक्तिलाई सम्मान गरिने “फोर्टी अन्डर ४०” को यो दोस्रो संस्करण हो।

हालै सम्पन्न पब्जी मोबाइल वल्ड च्याम्पियनशिप पीएमडब्लूसी २०२५ मा होर इ-स्पोट्र्सले नेपालको प्रतिनिधित्व गर्दै ऐतिहासिक सफलता हासिल गरेको थियो। साउदी अरबको रियादमा भएको उक्त अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा विश्वका उत्कृष्ट टोलीहरूमाझ प्रतिस्पर्धा गर्दै नेपाली टोलीले उत्कृष्ट कौशल र रणनीति देखाउँदै नवौं स्थान सुरक्षित गरेको थियो । सो उपलब्धिसँगै होर इ(स्पोट्र्सको टिमले करिब १ करोड ७८ लाख रुपैयाँ नगद पुरस्कार जितेको थियो, जुन नेपाली इ(स्पोट्र्स इतिहासकै सबैभन्दा ठूलो उपलब्धिमध्ये एक मानिन्छ ।

यस सफलताले नेपालको इ(स्पोट्र्स उद्योगका लागि नयाँ बाटो खोलेको छ । अन्तर्राष्ट्रिय स्तरमा नेपाली प्रतिभा विश्वकै उत्कृष्ट टोलीसँग काँधमा काँध मिलाएर प्रतिस्पर्धा गर्न सक्ने क्षमता भएको यसले प्रमाणित गरिदिएको छ । यस उपलब्धिले हजारौं युवा गेमरलाई प्रेरित गरेको छ र नेपाललाई अन्तर्राष्ट्रिय इ(स्पोट्र्सको मानचित्रमा दृढ रूपमा स्थापित गरिदिएको छ।

पब्जी मोबाईल साउथ एसिया पब्लिशिङका लिड श्री आइज्याकले भने, “२०८२ को ‘फोर्टी अन्डर ४०’अन्तर्गत सम्मानित भएकोमा सञ्जन गौतमलाई हार्दिक बधाई दिन चाहन्छौँ । होर इ(स्पोट्र्समार्फत नेपालमा इ(स्पोट्र्सको विकासमा उनले पु¥याएको योगदान उल्लेखनीय छ ।

टेन्सेन्टले इ(स्पोट्र्सको क्षेत्रमा यस्तै दूरदर्शी प्लेयरहरूलाई समर्थन गर्दै आएको छ । होर इ(स्पोट्र्स, डीआरएस गेमिङ र ट्राइब एरोमेसी जस्ता टोलीमार्फत नेपाल अन्तर्राष्ट्रिय स्तरमा उदाउँदो शक्ति बन्दै गएको छ । त्यस्तै हामीले हिजो सम्पन्न गरेको पब्जी मोबाइल नेशनल च्याम्पियनसिप साउथ एशिया फल २०२५ मा नेपालका २ नयाँ टोली विजयी बनेका छन् । यी दुवै टोलीले अर्को महिना हुने पब्जी मोबाइल सेन्ट्रल एण्ड साउथ एशिया फल सिजनमा होर इ-स्पोट्र्र्ससँगै नेपालको प्रतिनिधित्व गर्दै २०२५ को पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपका लागि प्रतिस्पर्धा गर्नेछन् ।”

इ-स्पोट्र्सलाई युवाहरूका लागि वैध र दिगो करियर विकल्प बनाउन गौतम लामो समयदेखि सक्रिय छन् । होर इ-स्पोट्र्सबाट उनले व्यवस्थित कार्यक्रम र रणनीतिक नेतृत्वद्वारा यस्ता विश्वस्तरीय प्रतिभा उत्पादन गरेका छन्, जसले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने क्षमता राख्दछन् ।

सामान्य गेमरबाट सुरु भएको गौतमको अन्तर्राष्ट्रिय यात्राले दृष्टि, समर्पण र धैर्यता भए नेपालमै बसेर अन्तर्राष्ट्रिय स्तरको उपलब्धि हासिल गर्न सकिन्छ भन्ने कुरा प्रमाणित गरेको छ ।

होर इ-स्पोट्र्सको सफलताले प्रतिस्पर्धात्मक उपलब्धिको साथै थुप्रै प्रायोजन, ब्रान्ड साझेदारी र मिडिया भिजिबिलिटि जस्ता नयाँ अवसरहरू पनि खोलेको छ । यसले नेपालको इ-स्पोट्र्स पूर्वाधारमा थप लगानीको बाटो खोल्ने अपेक्षा गरिएको छ । गौतमलाई प्रदान गरिएको यो सम्मानले नेपालमा इ-स्पोट्र्सलाई समाज र सरकार दुबैको बढ्दो मान्यता मिलिरहेको सन्देश पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij