२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

यसरी अघी बढेको छ गोरखाको विकासक्रम

यसरी अघी बढेको छ गोरखाको विकासक्रम

कृषि कलेज निर्माणको लागि गोरखाको पालुङटार–६ स्थित च्याङ्लिङमा विस्तृत अध्ययन भइसकेको छ । यसैगरी मस्र्याङ्दी करिडोरलाई आधार मानेर गोरखा र लमजुङको बोर्डरबाट स्मार्ट सिटी बनाउने प्रक्रिया अघी बढाईंदैछ । यसरी नै गोरखा र सिङ्गो नेपालको इतिहास जोडिएको गोरखनाथ, लिगलिगकोट, गोरखकाली, पालुङटार लगायतका क्षेत्रलाई जोडेर एकीकृत पर्यटन विकास कार्यक्रम अघी बढाउने बारे प्रक्रिया अघी बढेको छ । नेपालको सन्दर्भमा छिमेकी मुलुकहरु भारत र चीनसँग सम्बन्ध राख्ने माथिल्लो लेक (जुन अठार सय खोलाको नामले समेत चिनिन्छ), शेयर र पुताङभोट लगायतमा समेत सडक सञ्जाल पुग्ने क्रममा छन् । यसका लागि हामीले ती क्षेत्रका वातावरण, जलवायु र संस्कृतिलाई मध्यनजर गर्दै विकास कार्यलाई कसरी अघी बढाउन सकिन्छ भन्ने सम्बन्धमा स्थानीयको जनजीवन समेत माथि उठ्न सक्ने किसिमले हाम्रा विकास कार्यहरुलाई अघी बढाउन पहल गरेका छौं ।

विश्वका सबैजसो क्षेत्रमा त्यहाँको राजनीतिक अवस्थाले मुलुकको विकासमा प्रत्यक्ष प्रभाव राख्दै आएको पाउन सकिन्छ । नेपालमा पनि राजनीतिक प्रभाव मुलुकको विकास र अर्थतन्त्रमा प्रत्यक्ष रुपमा पर्दै आएको छ । राजनीतिले मुलतः नागरिकको चेतना स्तरलाई अभिवृद्धि गर्ने काम गर्दछ । नेपालमा भएको राजनीतिक परिवर्तनको प्रभाव गोरखा जिल्लामा पनि प¥यो । नेपालमा वि.सं २०६२-६३ को जनआन्दोलन पश्चात् फर्किएको शान्तिपूर्ण वातावरण गोरखामा समेत सृजना भएपश्चात् मानिसहरु सुरक्षित वातावरणमा अन्य आर्थिक गतिविधिहरुमा समेत आकर्षित हुँदै गए । मानिस आर्थिक रुपमा सक्षम बन्न नसक्दा उ समग्र रुपमा नै कमजोर देखिन सक्छ । आर्थिक उपार्जनको बाटो नहुँदा रुपमा कमजोर हुँदा मानिस वेरोजगार हुन्छ । वेमोसमी बन्छ । जसले गर्दा उ कतिपय अवस्थामा अनुचित क्रियाकलापमा समेत सामेल हुनुपर्ने अवसथा सृजना हुन सक्छ । अर्थिक क्रियाकलाप बढेको खण्डमा मात्र पूर्वाधार विकास तथा औद्योगिकरणको दिशामा हामी अग्रसर हुँदै जाने परिस्थिति बन्छ । सोही बमोजिम अहिले गोरखा जिल्लामा पनि यस्ता गतिविधिहरु बढ्दै गएका छन् । हाल म बस्दै आएको सिराञ्चोकमा पनि पूर्वाधार विकास तथा सडक पहुँच विस्तार एवं स्तरोन्नतिका कामहरुले अहिले गति पाएका छन् ।

अहिले गोरखा जिल्लामा सडक, पुल, सिँचाई, आयोजनाहरु तथा अन्य उद्योगहरु निर्माण हुने क्रममा छन् । यसैगरी गोरखा धार्मिक तथा सांस्कृतिक रुपमा समेत मनकामना लगायतका थुप्रै मन्दिर एवं अन्य महत्वपूर्ण स्थानहरु भएको एक पुरातात्विक महत्व बोकेको क्षेत्र समेत हो । यस क्षेत्रमा रहेका सम्पदाहरुलाई संरक्षण गर्दै आर्थिक अवस्था माथि उठाउनको लागि यस क्षेत्रमा विभिन्न प्रयाशहरु भइरहेका छन् । यसरी नै कृषिप्रधान मुलुकको रुपमा रहँदै आएको नेपाललाई आत्मनिर्भर बनाउने अभियान अन्तरगत निजी पहलमा नेपालकै ठूलो क्षमताका कामधेनु लगायतका गाइफार्महरु यसै जिल्लामा सञ्चालनमा छन् । एक गाऊँ एक उत्पादनको नीति बमोजिम अहिले गोरखा जिल्ला पनि अघी बढेको छ ।

भूकम्पीय पुनःनिर्माणमा गोरखा
२०७२ बैशाख १२ गतेको महाभूकम्पको केन्द्रबिन्दु समेत गोरखा जिल्ला नै हो । ऐतिहासिक र पुरातात्विक क्षेत्रको रुपमा समेत चिनिने गजेघले क्षेत्रलाई नै केन्द्रबिन्दु बनाएर आएको उक्त महाभूकम्पको प्रभाव नेपालभर नै रह्यो । गोरखामा सबैभन्दा बढी क्षति हुन पुग्यो । जुन गोरखा भूकम्पको रुपमा परिचित छ । यस भूकम्पबाट नेपालले ठूलो मानवीय, भौतिक तथा प्राकृतिक क्षति व्यहोर्नुपर्यो । त्यस पीडालाई शक्तिमा बदल्दै गोरखा अहिले नयाँ तवरले विकासको गतिमा अघी बढिरहेको छ ।

अहिले सम्म आइपुग्दा गोरखाका निजी आवास, सरकारी भवनहरु लगायतका संरचनाहरु मध्ये करिब ८५ प्रतिशत कामहरु सम्पन्न भइसकेका छन् । बाँकी काम समेत अति तीव्र गतिमा अघी बढिरहेका छन् । अब छिटै बाँकी काम पनि सम्पन्न हुने क्रममा छन् । साथै अहिले निर्माण भइरहेका संरचनाहरु समेत अब आउन सक्ने सम्भावित ठूलै भूकम्पलाई पनि सामना गर्न सक्ने किसिमले निर्माण गरिएको छ ।

भूकम्पले सिकायो पाठ 
भूकम्प भन्दा पछाडिको विकास अवस्थालाई पनि राम्रो तवरले अघी बढेको मान्न सकिन्छ । विगतमा सडक सञ्जाल नपुगेको क्षेत्रमा अहिले सडक सञ्जालहरु विस्तार भएका छन् । वारपाक भन्दा माथि लाप्राकबुद्ध ठाऊँ सम्म विभिन्न सवारीसाधनहरुले गिट्टी, बालुका लगायतका सामानहरु ओसारिरहेका छन् । उक्त सडकलाई स्थायी संरचनाको रुपमा विकास गर्नु जरुरी छ । जसबाट त्यस क्षेत्रमा भएका जडिबुटी, जङ्गल, जल, स्थानीय उत्पादन लगायतलाई हामीले शहरसँग जोड्नको लागि विभिन्न प्रयाशहरु गरिरहेका छौं । भूकम्पले हामीलाई नयाँ तवरले अघी बढ्नको लागि नयाँ पाठ समेत सिकाएको छ । जसले गर्दा हामीलाई नयाँ तवरले अघी बढ्नको निम्ति थप समेत प्रेरणा मिलेको छ ।

जलविद्युत उत्पादनमा गोरखा
हामीले पूर्वाधार निर्माणको अलावा अन्य ठूला परियोजनाहरुलाई पनि अघी बढाएका छौं । बुढिगण्डकी परियोजनाबाट प्रभावित अधिकांश स्थानीयहरुलाई मुआब्जा वितरण गर्ने कार्य समेत भइसकेको छ । यद्यपि केही बजार क्षेत्र (आरुघाट र आर्खेत)मा भने मुआब्जा वितरण गरिएको छैन । अब यी क्षेत्रको समेत मुआब्जा वितरण प्रक्रिया अघी बढ्नेछ । जसको सैद्धान्तिक प्रक्रिया भने पूरा भइसकेको छ । राष्ट्रिय गौरवको आयोजनामा पर्ने यस बुढीगण्डकी निर्माणको कार्य पूर्ण रुपमा निर्धारित गतिमा अघी बढ्न सकेको छैन । विभिन्न पक्षको समन्वयन हुनुपर्नेमा त्यसो हुन नसकेको कारण यसको गतिमा आएको सुस्ततालाई असामान्य मान्न सकिँदैन । यसरी नै गोरखामा अन्य मझौला स्तरका थुप्रै आयोजनाहरु समेत अघी बढेका छन् । दरौंदी ‘क’ जलविद्युत आयोजना सम्पन्न भई दरौंदी ‘ख’ शुरु भइसकेको र दरौंदी ‘ग’ समेत शुरु हुने चरणमा छ ।

गोरखाका अन्य विकास गतिविधिहरु 
कृषि कलेज निर्माणको लागि गोरखाको पालुङटार–६ स्थित च्याङ्लिङमा विस्तृत अध्ययन भइसकेको छ । यसैगरी मस्र्याङ्दी करिडोरलाई आधार मानेर गोरखा र लमजुङको बोर्डरबाट स्मार्ट सिटी बनाउने प्रक्रिया अघी बढाईंदैछ । यसरी नै गोरखा र सिङ्गो नेपालको इतिहास जोडिएको गोरखनाथ, लिगलिगकोट, गोरखकाली, पालुङटार लगायतका क्षेत्रलाई जोडेर एकीकृत पर्यटन विकास कार्यक्रम अघी बढाउने बारे प्रक्रिया अघी बढेको छ । नेपालको सन्दर्भमा छिमेकी मुलुकहरु भारत र चीनसँग सम्बन्ध राख्ने माथिल्लो लेक (जुन अठार सय खोलाको नामले समेत चिनिन्छ), शेयर र पुताङभोट लगायतमा समेत सडक सञ्जाल पुग्ने क्रममा छन् । यसका लागि हामीले ती क्षेत्रका वातावरण, जलवायु र संस्कृतिलाई मध्यनजर गर्दै विकास कार्यलाई कसरी अघी बढाउन सकिन्छ भन्ने सम्बन्धमा स्थानीयको जनजीवन समेत माथि उठ्न सक्ने किसिमले हाम्रा विकास कार्यहरुलाई अघी बढाउन पहल गरेका छौं । यस बारे प्रदेश सरकार तथा अन्य सरोकारवाला निकायहरुसँग समेत सहकार्य गर्दै हाम्रा गतिविधिहरु अघी बढाइरहेका छौं ।

नयाँ सम्भावनाको खोजी 
हामीले नयाँ सम्भावनाहरुको खोजी समेत गरिरहेका छौं । अघिल्लो बर्ष मात्र हामीले विदेशबाट उन्नत जातको स्याउ ल्याएर गोरखाको उच्च भेगमा रोपेका थियौं । यसले अहिले न्रै उत्पादन दिइसकेको छ । यसैगरी हामीले हाम्रा अन्य गतिविधिहरुलाई नयाँ तवरले अघी बढाउने गरी काम गरिरहेका छौं ।

गोरखाको विशेष पहिचान 
गोरखा आफैंमा विशेष पहिचान बोकेको जिल्ला हो । नेपाल एकीकरणको शुरुवात नै गोरखाबाट भएको हो । यसैगरी गोरखामा अन्य विभिन्न किसिमका संरचनाहरु छन् । पर्यटकीय तथा धार्मिक हिसाबले सुपरिचित मनकामना मन्दिर, बाइसेचौबिसे राज्य व्यवस्थाका कोटहरु, हिमालहरु (मनासलु, गणेश हिमाल), जडिबुटी, जलस्रोत लगायतका हिसाबले हेर्दा गोरखा आफैंमा श्रोतसम्पन्न जिल्लाको रुपमा पहिचान बनाउन सफल छ । यसैगरी बेँसी क्षेत्रमा राम्रो कलेजको रुपमा शिक्षा क्याम्पस सञ्चालनमा छ । अन्य प्राविधिक शिक्षा कार्यक्रमहरु सञ्चालनमा ल्याईंदैछ ।

गोरखकाली रवड उद्योग पुःन सञ्चालनको तयारी 
नेपालमा निकै राम्रो पहिचान र इतिहास बोकेको गोरखकाली रवड उद्योग अहिले निकै नै रुग्ण अवस्थामा छ । यस उद्योगलाई व्यवस्थित तवरले सञ्चालनको निम्ति प्रदेश सरकारले प्रक्रिया अघी बढाउन योजना बनाइरहेको छ । यद्यपि लामो समय सञ्चालनमा आउन नसकेको यस उद्योगका विगतका कर्मचारीहरुलाई निकै ठूलो रकम तलबभत्ता बापत भुक्तानी गर्नुपर्ने अवस्था छ । यद्यपि यसको लागि प्रदेश सरकार र स्थानीय सरकार बीच अझै तालमेल मिल्न सकेको छैन । यस उद्योगलाई नयाँ तवरले सञ्चालन गर्नसक पुनः राम्रो मुनाफामा लैजान नसकिने हुँदैन । अहिले यस उद्योगको लागि अनुमानित ऋण रकम करिब पौने १ अर्ब ऋण रकम चुक्ता गरेको खण्डमा उक्त उद्योग सञ्चालन गर्न सकिने हामीले अनुमान गरेका छौं । अबका दिनमा यस उद्योगलाई राज्य मातहत मात्र नभई निजी क्षेत्रको समेत साझेदारीमा सञ्चालन गर्नु जरुरी छ । साथै आगामी दिनमा यस्ता उद्योगलाई राजनीतिक प्रभावबाट मुक्त बनाइनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij