२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

अष्ट्रेलियाको टेफ कार्यक्रम प्रति आकर्षित बन्दै नेपाली विद्यार्थीहरु

अष्ट्रेलियाको टेफ कार्यक्रम प्रति आकर्षित बन्दै नेपाली विद्यार्थीहरु

कुमार चालिसे प्रमुख, भोकेसनल प्रोग्र्राम गेट कलेज (ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन)

हस्पिटालिटी क्षेत्रमा विगत २ दशक देखि संलग्न रहँदै आउनुभएका कुमार चालिसे हाल मण्डिखाटार स्थित सञ्चालित गेट कलेज (ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन)मा सेफको रुपमा कार्यरत हुनुहुन्छ । एपेन्टिस मोडलमा सन् १९९५ मा होटलमा काम गरेर होटल व्यवस्थापन सम्बन्धी काम सिक्ने अवसर ऊहाँलाई मिल्यो । विगतमा नेपालमा अध्ययनको निम्ति स्तरीय शैक्षिक संस्थाहरु नभएको कारण बेलायत, हङ्कङ, सिंगापुर, भारत लगायतमा गएर अध्ययन गर्नुपर्ने बाध्यता रहेपनि अहिले यो बाध्यता हटेको छ ।

गेट कलेजमा सञ्चालित भोकेसनल कार्यक्रमहरु 
गेट कलेज छोटो अवधिका भोकेसनल कोर्षहरु सञ्चालन गर्दै आएको कलेज हो । हाल यस कलेजमा भोकेसनल कोर्षमा अध्ययन गर्ने विद्यार्थीहरु ७२ जना छन् । यस संस्थाले हाल डिप्लोमा इन कुलिनरी आर्टस् (६ महिना), डिप्लोमा इन बेकरी (६ महिना), डिप्लोमा इन हाउस किपिङ (६ महिना), सर्टिफिकेट इन वरिस्ता (१ महिना) लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । नेपालमा यी तालिम लिइसकेपछि विद्यार्थीहरुलाई १ बर्षको लागि दुवई, कतार, चीन, मौरिसस, मलेसिया, ओमन, बहराइन, अष्टे«लिया, स्वीट्जरल्याण्ड लगायतमा गएर इन्टर्नशिप गर्ने व्यवस्था समेत कलेजले गर्दै आएको छ । कतिपय अवस्थामा नेपालमा नै रहन चाहने विद्यार्थीहरुलाई नेपालकै तारे होटलहरुमा ६ महिना इन्टर्नशिपको लागि पठाउने व्यवस्था समेत छ ।

 

व्यावहारिक शिक्षामा जोड 
विद्यार्थीले सिकेको सीप व्यावहारिक र व्यावसायिक बनाउन सकुन् भन्ने मान्यताको साथ यस कलेजलेहाल व्यावहारिक पक्षलाई विशेष जोड दिँदै आएको छ । जसले गर्दा यस कलेजमा अध्ययन गरेका विद्यार्थीहरु स्वदेश तथा विदेशमा राम्रो तवरले आफ्नो क्षमता प्रस्तुत गरी प्रतिष्ठाको साथ काम गरिरहेका छन् । स्मरण रहोस्, नेपालबाट विदेशमा इन्टर्नशिपको लागि पठाउने नेपालको पहिलो कलेज समेत यही गेट कलेज नै हो । पढाइको सिलसिलामा नेपालमा रहँदा इन्टरप्रेनरशिप विकासको लागि समेत यस संस्थाले विशेष जोड दिँदै आएको छ ।

यसकारण छ व्यावहारिक
विद्यार्थीहरुलाई उद्यमशिलता विकास अन्तरगतस्थानीय श्रोतसाधनमा आधारित घरेलु वस्तुहरु उत्पादन गरी राम्रो आर्थिक उपार्जन गर्न सकिने वातावरण समेत यस कलेजले उपलब्ध गराइरहेको छ । साथै ती उत्पादनहरुको बजारीकरण सम्बन्धी कला सिकाउन समेत यो संस्थालेविशेष जोड दिँदै आएको छ ।

गेट कलेजमा उपलब्ध कुकरी कोर्ष 
गेट कलेजले नेपालमा १ बर्षे कुकरी कोर्ष सन् २०१५ देखि सञ्चालनमा ल्याएको हो । ‘कमर्सियल कुकरी सर्टिफिकेट–३’ को नामले समेत चिनिने यो कार्यक्रम सेफ वा कुक बन्न चाहने व्यक्तिको लागि उपयुक्त कार्यक्रम हो । ४ बर्षे होटल म्यानेजनमेन्ट कोर्षको विकल्पको रुपमा रहेको यस कार्यक्रम अन्तरगत १ बर्ष अध्ययन गरी १ बर्ष काम गरेर सोही सरहको शैक्षिक डिग्री लिन सकिन्छ ।

यो तालिम लिनको लागि केही मापदण्डहरु पनि छन् । यसको लागि प्राथमिक उपचार तालिम, अग्नि सुरक्षा, अकुपेसनल हेल्थ एण्ड सेफ्टी लगायतका तालिमहरु समेत लिएको हुनुपर्छ । ‘हामीले विद्यार्थीहरुलाई यो तालिम दिने मात्र नभई किचन कसरी चलाउने, रेष्टुरेन्ट कसरी व्यवस्थित गर्ने लगायतका लाइभ स्किल शिक्षा दिएर कसरी सफल रेष्टुरेन्ट म्यानेजर बन्न आवश्यक न्यूनतम सम्पूर्ण सीप र कला सिकाउने काम गर्छौं ।’ यो तालिम व्यावहारिक पक्षमा केन्द्रित रहेको बताउँदै सेफ कुमार चालिसे भन्नुहुन्छ ।

कमर्सियल कुकरी लेभल ३ कोर्ष वास्तवमा राम्रो सम्भावना भएको कोर्ष समेत हो । नेपालमा लेभल थ्रि सम्म अध्ययन गरेपश्चात् विश्वका अन्य देशहरुबाट लेभल फोर समेत अध्ययन गर्न सकिने अवस्था छ । साथै विविएस तहको औपचारिक शिक्षामा समेत उनीहरुलाई प्रवेश गर्न पाइने अवस्था छ । नेपालमै रहेर यो कोर्ष लिने क्रममा पनि विद्यार्थीहरुले १ बर्षको अवधिमा ५० दिन विद्यार्थीहरु आफैंंले रेष्टुरेन्ट सञ्चालन गरी आवश्यक परिकार उत्पादन, व्यवस्थापन, ग्राहकसेवा लगायत आवश्यक सम्पूर्ण भूमिका निभाउनुपर्नेे निभाउनुपर्ने हुन्छ । जसले गर्दा होटल व्यवस्थापन क्षेत्रलाई अझ नजिकबाट बुझ्न सक्छन् ।

 कम्पिटेन्सी बेस्ट ट्रेनिङ प्रोग्रामको नामले समेत चर्चित यस कोर्ष अन्तरगत ३ ओटा ऐच्छिक विषयहरु छन् । यसको अध्ययन पश्चात् विद्यार्थीको क्षमता विकास सम्बन्धी मूल्याङ्न अष्ट्रेलियाबाट आएका आधिकारिक व्यक्तिहरुबाट हुने गर्छ । सोही बमोजिम सर्टिफाईड गर्ने कार्य समेत हुन्छ ।

 होटलमा ५-१० बर्ष अनुभव भएका र प्रमाणपत्र तहको अध्ययन गरेका व्यक्तिहरु १ दिन परीक्षामा संलग्न भए पनि यो कार्यक्रमको सर्टिफिकेट प्राप्त गर्न सक्छन् । जुन कोर्षले अनुभवी व्यक्तिलाई शैक्षिक योग्यता सरहको मान्यता उपलब्ध गराउन समेत निकै सहयोग पुग्छ ।

 विद्यार्थीले ६ महिना पढेर इन्टरनेशनल इन्टर्नशिपमा जाँदा सिक्ने क्रममा लागेको खर्चको तुलनामा झण्डै डबल रकम कमाउन सक्ने अवस्था समेत रहन्छ । साथै यसबाट उनीहरुको क्षमतामा अझ निखार आउन समेत सहयोग पुग्छ ।

 प्राविधिक शिक्षाको महत्व सम्बन्धमा चालिसेकाे अनुभव 
शुरुमा काम सिक्ने क्रममा १ बर्ष भन्दा बढी समय होटलमा बिना तलब नै काम गरिसकेपछि होटलमा नै काम गर्ने अवसर पाउनुभएका चालिसेलाई मिडिल इष्ट कन्ट्रीका विभिन्न चर्चित होटलहरुमा समेत काम गर्ने अवसर प्राप्त भयो । यद्यपि कामको अनुभव र सीपको आधारमा स्तरोन्नति हुनुपर्ने भएपनि त्यसो नभएको कारण बुझ्दा औपचारिक शिक्षाको अभावले त्यसो भएको जानकारी ऊहाँलाई प्राप्त भयो । सोहीबमोजिम औपचारिक डिग्री कसरी लिने भन्ने बुझ्दै जाँदा अष्ट्रेलियामा आरपिएल  कार्यक्रम सञ्चालनमा रहेको र त्यसबाट कार्यअनुभवको मूल्याङ्कन गरी समकक्षता प्रदान गर्ने थाहा पाई उक्त कार्यक्रम मार्फत स्तरोन्नति सम्भव भयो । यसैबाट ऊहाँले प्राविधिक शिक्षाको विशेष महत्व रहेको बुझ्ने अवसर पाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij