भरतपुरको चितवन स्थित सरकारी अस्पताल, निजी अस्पताल, दन्त क्लिनिकहरु लगायत सरकारी कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला जनस्वास्थ्य कार्यालय, महानगरपालिका र पेशागत संगठनहरु जस्तै एफिन, नेपाल डेन्टल एसोसिएसन (चितवन) आदिको सहभागिता, समन्वय र सहकार्यमा जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र, काठमाडौंद्वारा आयोजित एक दिने मर्करीमुक्त स्वास्थ्य सेवा र मर्करीुमक्त दन्त चिकित्सा सेवा सम्बन्धी कार्याशाला गोष्ठी मार्फत भरतपुर महानगरपालिकालाई नेपालको पहिलो मर्करीमुक्त महानगर घोषणा गरिएको छ ।

बढ्दो दन्त चिकित्सा सेवा, दन्त चिकित्सक, दन्त कलेज, अस्पताल एवं स्वास्थ्य संस्थाहरुको विकासले स्वास्थ्य सेवामा पहँुच बढदै जानुको साथै केही वर्ष आगाडि सम्म पनि धेरैको संख्यामा प्रयोग गरिने मर्करीयूक्त रसायनहरु, तापक्रम नाप्ने थर्ममिटर, रक्तचाप नाप्ने ब्लड प्रेसर लगायतका मिटरहरुको प्रयोग पश्चात् ती सामाग्रीको उचित व्यवस्थापनको अभावमा स्वास्थ्यकर्मी र विरामीको विरामी कुरुवाको स्वास्थ्य लगायत वातावरणमा समेत निकै ठुलो नकारात्मक प्रभाव पारिरहेको अवस्थामा हालै सम्बन्धित सबै सरकारी, निजी, सामुदायिक, साधारण अस्पताल देखि दन्त अस्पताल, क्लिनिकहरु एवं निजी प्राक्टिसनरहरु समेतलको सहकार्यमा मर्करीमुक्त स्वास्थ्य सेवा र मर्करीुमक्त दन्त चिकित्सा सेवा प्रवाह गर्ने पूर्णतया तयार भएको हो । साथै सोहीबमोजिम सेवा प्रवाह पनि गर्न सुरुवात गरिसकिएको छ । साथै सम्बन्धित सरकारी निकायहरु एवं संघ, प्रदेश, स्थानीय सरकारहरुले आ आफ्नो क्षेत्रलाई मर्करीमुक्त बनाउन आवश्यक नीति, योजना तथा कार्यक्रममा समेत समावेश गर्दै गएको अवस्था छ ।
नेपालमा मर्करी अर्थात पारो विभिन्न प्रयोजनहरु मध्ये अत्यधिक स्वास्थ्य सेवामा विभिन्न मर्करीजन्य उपकरणहरु र खासगरी दन्त चिकित्सा सेवामा दाँतमा भर्ने मर्करी डेन्टल अमल्गम फिलिङ्गमा प्रयोग भइरहेको थियो । यसबाट उत्पन्न हुन सक्ने समस्याको समाधानार्थ नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मर्करीयूक्त उपकरणहरुको आयात, खरिद तथा उपयोगमा बन्देज गर्ने दुरगामी निर्णय भई विगत पाँच वर्षदेखी कार्यान्वयन समेत भैरहेको छ ।
सन् २०१३ अक्टोवर १० मा नेपाल वन तथा वातावरण मन्त्रालयले संयूक्त राष्ट्र सघिय मिनामाता मर्करी महासन्धिमा हस्ताक्षर गरी, हालै एक मिनामाता मर्करी महासन्धी प्रारम्भिक मुल्याङ्कन प्रतिवेदन तयार पारी महासन्धि अनुमोदन गर्ने तयारीमा रहेको स्थितिमा नेपालमा दन्त चिकित्सामा र स्वास्थ्य सेवामा प्रयोग भैरहेको मर्करी र मर्करीयूक्त रसायन एवं उपकरणहरुबाट विरामी, विरामी कुरुवा, चिकित्सकहरु र नर्सको शरीरमा समेत मर्करी देखिसकेको अवस्था र वातावरण पनि प्रभावित भैरहेको तथ्यतर्फ सबैको ध्यानाकर्षण हुनु एकदमै सकारात्मक पक्ष थियो ।
उक्त महासन्धिमा व्यवस्था भए अनुरुप मर्करी अमल्गमको प्रयोग निरुत्साहित गर्नेगराउने तर्फ नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मर्करीयूक्त उपकरणहरुको आयात, खरीद तथा प्रयोगमा बन्देज लगाएको निर्णयको प्रभावकारी कार्यान्वयन तर्फ कार्ययोजना बनाउने, आवश्यक ऐन कानूनमा उचित समायोजन गर्ने, दन्त र चिकित्सा शिक्षाको पाठ्यक्रममा समेत मर्करी अमल्गमको सट्टा वैकल्पिक सुरक्षित फिलिङ र उपकरणहरु सम्बन्धी यथेष्ट ज्ञान र अभ्यासहरुको आवश्यक समावेश गर्ने प्रयासहरु भैरहेको छ ।
साथै यही २०७५ फाल्गुन १८ गते देखी लागुहुने गरी नेपाल डेन्टल ऐसोसिएसनले विभिन्न पेशागत संगठन, राष्ट्रिय, क्षेत्रिय एवं विश्वव्यापी रुपमा अनुसरण गर्दै गएका मर्करीमुक्त दन्त चिकित्सा सेवाबारे निम्नलिखित वातावरण र जनस्वास्थ्यमैत्री निर्णय गरी कार्यान्वयनमा समेत गइसकेको छ ।
(क) झरेर जाने दुधे दाँतमा, १५ वर्ष मुनिका बालबालिकाहरुको दाँतमा र गर्भवती महिला वा शिशुलाई दुध खुवाउँदै गरेका महिलाहरुको दाँतको उपचारमा मर्करीयुक्त डेन्टल अमल्गमको प्रयोग पूर्णतया प्रतिबन्ध गरिएको छ ।
(ख) अन्य उमेर र समुहका मानिसहरुको हकमा दाँतको उपचारमा मर्करीयुक्त डेन्टल अमल्गमको प्रयोग बिरामीको खास आवश्यकताको आधारमा मात्र दन्त चिकित्सकको सल्लाहमा गर्नै पर्ने अवस्था बाहेक पहिलो प्राथमिकतामा हुने छैन ।
(ग) नेपाल डेन्टल ऐसोसिएसनले विश्वविद्यालय, कलेज एवं पाठ्यक्रम विकास बोर्डसंग सहकार्य गरी अन्तर्राष्ट्रिय अभ्याससंग मेलखाने गरीे दन्त चिकित्सा शिक्षाको पाठ्यक्रममा सुधार सुनिस्चित गर्नेछ ।
यी मर्करीमुक्त दन्त चिकित्सा सेवा सम्बन्धी निर्णयहरु देश भरी लागु भैसकेको छ । नेपाल डेन्टल ऐसोसिएसन, चितवन शाखाले पनि यी निर्णयहरुलाई आत्मसात गरी चितवनमा पनि मर्करीमुक्त दन्त चिकित्सा बनाउने निर्णय आजैदेखी लागुगर्ने भएको छ ।
त्यसैगरी निजी अस्पताल समन्य समिती, एफिन चितवन शाखा अन्र्तगतका करीव दुई दर्जन सदस्य निजी अस्पतालहरुले पनि आ आफ्नो अस्पतालहरुबाट मर्करीमुक्त उपकरणहरु, मर्करीमुक्त रसायनहरु तथा मर्करीमुक्त दन्त चिकित्सा सेवा मात्र प्रदान गर्ने भनेर यस अघि नै निर्णय गरी प्रभावकारी कार्यान्यवन गरिरहेको छ । भरतपुर स्थित सबै भन्दा पुराना र ठुला सरकारी अस्पतालबाट पनि मर्करीमुक्त स्वास्थ्य सेवा र मर्करीमुक्त दन्त चिकित्सा सेवा प्रवाह भइरहेको छ ।
यसप्रकार सबै सरकारी अस्पताल, निजी अस्पताल, दन्त क्लिनिकहरु मर्करीमुक्त स्वास्थ्य सेवा र मर्करीयुक्त दन्त चिकित्सा सेवा प्रवाह गर्दैगर्दा भरतपुर महानगरपालिकाको आर्थिक वर्ष २०७४÷७५ मा प्रकाशित वार्षिक नगर विकास योजनामा समावेशित कृषि, वन तथा वातावरण तर्फका नीतिहरु मध्ये बुँदा ६ अन्र्तगत भरतपर नगर क्षेत्रलाई मर्करी (पारो) र लेड (शिसा) मुक्त नगर बनाउन आवश्यक कार्य गर्नेगरी लिएको लक्ष्य पुरा हुँदै गएको छ, जुन सुखद पक्ष हो ।
विश्वव्यापी रुपमा वातावरणीय स्वास्थ्यजन्य समस्याको एउटा प्रमुख कारक तत्वको रुपमा देखा परेको महशुस भई संसारबाट नै यसको प्रयोगलाई निरुत्साहित गर्ने प्रयास स्वरुप संयुक्त राष्ट्र संघले मिनामाता मर्करी महासन्धिलाई आत्ससात् गरी सन् २०१३ अक्टोवरमा गरिसकेको छ । नेपाल डेन्टल ऐसोसिएसन चितवन शाखा, सबै सदस्यहरु, सबै दन्त क्लिनिकहरु लगायत सरकारी अस्पताल, निजी अस्पतालहरुले गरेका मर्करीमुक्त स्वास्थ्य सेवा र मर्करीुक्त दन्त चिकित्सा सेवा सम्बन्धी निर्णयहरुले जनस्वास्थ्य, अत्यन्त जोखिमपुर्ण बालबालिका र गर्भवती महिला समुदायको स्वास्थ्य र वातावरणलाई मानव गतिविधिबाट उत्सर्जित मर्करीको दुष्परिणामबाट जोगाउनुका साथै मिनामाता मर्करी महासन्धिले मानव स्वास्थ्य र वातावरण जोगाउने अन्तर्राष्ट्रिय रुपमा अनुशरण गरेकोे उद्देश्य पुरा गर्न पनि सहयोग पुग्ने विश्वास लिईएको छ ।
मर्करी महासन्धि सन् २०१७ अगष्ट २६ तारिखबाट अन्तर्राष्ट्रिय कानुनको मान्यता प्राप्त गरिसकेको छ । हाल सम्म महासन्धिमा नेपाल लगायत १२८ वटा देशहरुले हस्ताक्षर गरेकोे छ भने १०३ देशले अनुमोदन समेत गरिसकेका छन् । उक्त निर्णयले १५ वर्ष मुनिका बालबालिकाहरुको दाँतमा र गर्भवती महिला वा शिशुलाई दुध खुवाउँदै गरेका महिलाहरुको दाँतको उपचारमा मर्करीयुक्त डेन्टल अमल्गमको प्रयोग पूर्णतया उनमुलन गर्नुको साथै अन्य उमेर र समूहका जनता र भावी सन्ततीलाई पनि यसबाट जोगाउनमा ठूलो सहयोग पुग्ने कुरा सेफेडका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक राम चरित्र साहले बताउनुभयो ।
यी सबै प्रयासहरुको प्रभावकारी कार्यान्वयन सबै पक्षबाट निरन्तर रुपमा गर्ने वाचासँगै मर्करीमुक्त भरतपुर महानगरपालिका घोषणा भएको हो । विश्वव्यापी रुपमा ‘आँ भनौ, मुख स्वास्थ्यमा ध्यान दिऔँ’ भन्ने नारा सहित सबै सरोकारवालाहरु मिलेर मनाउँदै गरेको विश्व मूख स्वास्थ्य दिवस (World Oral Health Day, March 20, 2019) नेपालमा पुर्णरुपले सार्थक हुने भएको विश्वास गरिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij