२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

उर्जामन्त्रीले जनताको गुनासा प्रत्यक्ष सुन्ने

उर्जामन्त्रीले जनताको गुनासा प्रत्यक्ष सुन्ने

जनताका गुनासा तथा समस्या सुनी सम्बोधन गर्ने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आजबाट हटलाइनमार्फत उपभोक्तासँग प्रत्यक्ष कुराकानी गर्ने भएको छ ।

मन्त्रालय र मातहतका नेपाल विद्युत प्राधिकरण र विद्युत विकास विभागलगायत निकायको सेवाबारे उपभोक्ताको गुनासो सुनेर सेवालाई प्रभावकारी बनाउन कार्यक्रम सुरु गर्न लागेको मन्त्री पुनको दावी छ ।

विद्युतीकरणमा देखिएका समस्या समाधान गर्दै गुणस्तरीय सेवा विस्तार गर्न कार्यक्रम प्रभावकारी हुने अपेक्षा रहेको मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले बताए ।

मन्त्री पुनसँग हटलाइन नम्बर ११५१ र ०१–४२००६४१ र ४२ मा मध्यान्न १२ देखि एक घण्टा कुराकानी गर्न सकिनेछ ।

जनसरोकारका ती गुनासा सम्बोधनका लागि तत्काल पहल हुने मन्त्री पुनको भनाई छ ।

यो सेवाको थालनीसँगै विद्युतीकरणमा देखिएका समस्या समाधान गर्दै गुणस्तरीय सेवा विस्तार गर्नका लागि जनतासँग प्रत्यक्ष जोडिन सकिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij