२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

पूर्वराज्यमन्त्री आलमप्रति शोक प्रस्ताव पारित

पूर्वराज्यमन्त्री आलमप्रति शोक प्रस्ताव पारित

प्रतिनिधिसभाले पूर्वसांसद तथा पूर्वराज्यमन्त्री मोहम्मद मुस्तक आलमप्रति शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको बैठकले आलमको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

आलम २०७० सालमा तत्कालिन मधेसी जनअधिकार फोरमको तर्फबाट रौतहट जिल्ला, क्षेत्र नम्बर २ बाट संविधानसभामा निर्वाचित भएका थिए ।

हाल नेपाल कम्युनिष्ट पार्टीका सदस्य आलमको ५३ बर्षको उमेरमा बाँसवासी स्थित गंगालाल अस्पतालमा हृदयरोगको उपचारको क्रममा असार २९ गते बेलुका पौनेे ७ बजे निधन भएको हो ।

उनको निधनमा प्रतिनिधिसभा बैठकले शोक प्रस्ताव पारित गर्दै समवेदना प्रकट गरेको छ । मौन धारण गरेपछि संसद बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

संसदमा शोक प्रस्ताव पारित गरेको बैठकमा अन्य विषयमा छलफल नगर्ने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij