२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

कांग्रेसलाई अब पुरानै अवस्थामा फर्काइन्छः देउवा

कांग्रेसलाई अब पुरानै अवस्थामा फर्काइन्छः देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई पूरानै अवस्थामा फर्काउने दावी गरेका छन् ।

सभापति देउवाले विगतका कमजोरीलाई स्वीकार गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता पनि व्यक्त गरे ।

उनले अन्तरघातमुक्त बलियो पार्टी बनाउने घोषणा पनि गरे ।

सोमबार काठमाडौंमा पार्टीका पूराना नेता, कार्यकतासँगको सामूहिक भेटमा उनले जिल्ला पार्टी कमिटीहरुलाई विश्वासमा लिएर पार्टीलाई सुदृढ बनाउने अभियाननै सञ्चालन गर्ने योजना पनि अघि सारे ।

सभापति देउवाले चुनाव हार्नुको वास्तविकतालाई पार्टी भित्रैबाट ढाकछोप नगर्ने गरेको गुनासो पनि गरे ।

कार्यक्रममा बोल्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रलाई बचाउन पनि नेपाली काँग्रेसलाई बलियो बनाउनुपर्नेमा जोड दिए । उनले सभापति देउवाले पार्टीलाई बलियो बनाउने दिशामा कुनै कदम चाल्न नसकेको आरोप पनि लगाए ।

वरिष्ठ नेता पौडेलले पार्टीलाई बलियो बनाउन आफूले दिएको सुझाव सभापति देउवाले कार्यान्वयन गर्न नचाहेको आरोप पनि लगाए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij