२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

माइतिघरमा विरोध प्रदर्शन गर्ने विवेकशीलका ९ जना पक्राउ

माइतिघरमा विरोध प्रदर्शन गर्ने विवेकशीलका ९ जना पक्राउ

सरकारद्वारा निषेधित माइतिघर मण्डलामा विरोध प्रदर्शन गर्ने विवेकशील साझा पार्टीका ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पार्टीका एक संयोजक उज्ववल थापासहितलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको अर्का संयोजक रवीन्द्र मिश्रले जानकारी दिएका छन् ।

‘बिनाकारण शान्तिपूर्णरुपमा विरोध गर्न पाउने अधिकार कुन्ठित गर्नु अधिनायकवादी चरित्रको प्रारम्भिक संकेत हो,’ मिश्रले फेसबुकमा लेखेका छन् ।

शनिबार दिउँसो माइतीघर मण्डलामा सो पार्टीले निषेधित क्षेत्रको घोषणा अवज्ञा गरेको थियो । पार्टीका नेता-कार्यकर्ताले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij