२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

विनियोजन विधेयक बहुमतले पारित

विनियोजन विधेयक बहुमतले पारित

प्रतिनिधिसभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको सो विधेयक बहुमतले पारित गरेको हो ।

बैठकले ‘आर्थिक विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । सो विधेयकमाथि यही असार १८ गते सोमबार छलफल हुने कार्यसूची तय गरिएको सभामुख कृष्णबहादुर महराले सदनलाई जानकारी गराए ।

यसैगरी ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७५’ र ‘ऋण तथा जमानत (बाइसौँ संशोधन) विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत गरेको छ । त्यसअघि सांसदहरुले प्रस्तुत गर्नुभएका विभिन्न मन्त्रालयको खर्च कटौतीसम्बन्धी प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो ।a

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij