२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

मदन भण्डारी राष्ट्रिय पुरस्कार चित्रकार शर्मालाई

मदन भण्डारी राष्ट्रिय पुरस्कार चित्रकार शर्मालाई

मदन भण्डारी फाउन्डेसनले वरिष्ठ चित्रकार हरिप्रसाद शर्मालाई एक लाख नगदसहिद पुरस्कृत गरिएको छ।

मदन भण्डारीको ६७औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको ‘नेपालमा समाजवादका आधार’ विषयमा विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ अर्पण समारोहमा उक्त पुरस्कार प्रदान गरिएको हो।

कला, संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिएबापत उनलाई पुरस्कृत गरिएको मदन भण्डारी फाउन्डेसनले जनाएको छ।

बिहीबार राजधानीमा भएको एक कार्यक्रममा चित्रकार शर्मालार्इ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गरेका थिए।

बाल्यकालदेखि नेपालको कला, संस्कृति संरक्षणका निम्ति काम गरेको चित्रकार शर्माले बताए। ‘मलाई हौसला प्रदान गरेको छ।

इतिहासका प्राचीन कालखण्ड, कला, संस्कृति, धर्मलाई थिम दिएर कलाकर्म गर्दै आएको छु’ उनले भने। उक्त अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीको झण्डा सगरमाथामा फहराउने लाक्पा गेलु शेर्पालाई पनि सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij