२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

शान्ति सुरक्षा र अपराध अनुसन्धान पहिलो प्राथमिकतामा : आइजिपी खनाल

शान्ति सुरक्षा र अपराध अनुसन्धान पहिलो प्राथमिकतामा : आइजिपी खनाल

शान्ति सुरक्षा र अपराध अनुसन्धान आफ्नो पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको प्रहरी महानिरीक्षक (आइजिपी ) सर्वेन्द्र खनालले बताएका छन्।

बिहीबार आयोगजित पत्रकार सम्मेलनमा खनालले आफू आइजिपी भएपछि प्रहरी संगठन चुस्त बन्दै गएको समेत बताए।

चर्चित ३८ सय किलो सुन काण्डमा भने खनाल आफू केही नबोल्ने बताए। सुन काण्डबारे अनुसन्धान गर्न गृह मन्त्रालयले छुट्टै समिति गठन गरेकाले यस बारेमा आफ्नो कुनै टिप्पणी नरहेको उनको भनाई थियो।

आइजिपी खनालले प्रहरी अधिकारीको सरुवा र बढुवाको क्षमताकै आधारमा भएको बताएका छन्। पत्रकार सम्मेलनमा उनले भने, ‘एसपी बढुवामा २८ सिट थियो बढुवाहुने एउटै ब्याचमा धेरै थिए। धेरै पटकको छलफलबाट निर्णय लिइएको हो। जसको नाम बढुवामा पछि पर्‍यो भनिएको भन्ने हल्ला छ, उनीहरुले त मलाई भेटेर बढुवा गरेकोमा धन्यवाद दिएका छन्, कसरी असन्तुष्ट भए थाहा छैन,ुउनले भने।

कार्यक्रममा उनले आफू आइजिपी भएपछि गरेका काम र भावी योजनाबारे पावर प्वाइन्टमार्फत प्रस्तुतीकरण गरेका थिए।

खनालले प्रहरी संगठनलाई संघीयता अनुसार रुपान्तरण गर्न कानुन निर्माण र विशेष प्रहरी कार्यक्रमलाई ल्याइने बताए। आइजिपी भएपछि खनालले पहिलोपटक पत्रकार सम्मेलन आयोजना गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij