२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

विकासको एजेण्डासहित चिन र भारतको भ्रमण गर्छु : प्रचण्ड

विकासको एजेण्डासहित चिन र भारतको भ्रमण गर्छु : प्रचण्ड

विकासको एजेण्डासहित चिन र भारतको भ्रमण गर्छु : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु भारत र चीन भ्रमण जाने तयारीमा रहेको खुलासा गरेका छन् ।

चितवनको भरतपुर महानगरपालिकाले मंगलबार गरेको कार्यक्रममा उनले त्यसको पुष्टी गर्दै आफू विकासको एजेण्डा लिएर दुई छिमेकीको भ्रमणमा जान लागेको बताए ।

आफूलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विकासको मात्रै एजेण्डा भारत भ्रमण गर्न निम्ता दिएको बताउँदै आफू त्यसको तयारीमा रहेको प्रचण्डले बताए ।

त्यस्तै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्केपछि आफू पनि चीन जाने बताए । प्रधानमन्त्री फर्केपछि पार्टी अध्यक्षको हैसियतमा चीन आउन आफूलाई बोलाइएको भन्दै उनले चीन जाने पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij