२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

देउवामाथि वरिष्ठ नेता पौडेलको आरोप : 'गुटको मात्र राजनीति गरे, अरु केही गरेनन्'

देउवामाथि वरिष्ठ नेता पौडेलको आरोप : ‘गुटको मात्र राजनीति गरे, अरु केही गरेनन्’

देउवामाथि वरिष्ठ नेता पौडेलको आरोप : ‘गुटको मात्र राजनीति गरे, अरु केही गरेनन्’

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई गुटको राजनीति नगर्न आग्रह गरेका छन् । उनले पार्टी सभापतिलाई गुटको नेताभन्दा सिंगो पार्टीको नेता हुन सुझाव समेत दिए।

शैलजा आचार्य आदर्श समाजले शैलजा आचार्यको नवौँ स्मृति दिवसका अवसरमा मंगलबार आयोजना गरेको कार्यक्रममा उनले शैलजा आचार्यले गरेक निष्ठाको राजनीतिक सबैका लागि अनुकरणीय भएको समेत स्पस्ट पारे ।

उनले भने, ‘आचार्य विद्रोही स्वभावको व्यक्ति हुनुहुन्थ्यो, विद्रोही स्वभावका कारण विसं २०१७ मा राजा महेन्द्रलाई कालो झण्डा देखाउँदा जेल बस्नुभयो, उहाँको विद्रोही स्वभाव अन्तिम कालखण्डसम्म कायम रह्रयो।’

यस्तै, वरिष्ठ नेता पौडेलले सरकारले दुई तिहाइको समर्थन जुटाउनु र सत्ता पक्षबाटै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको कुरा गर्नुले गम्भीर आशंका पैदा गरेको पनि बताए।

विसं २००१ मा मोरङमा जन्मेकी आचार्य २०४८र२०५१ सालमा मोरङबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। वि।सं। २०५३ मा उपप्रधानमन्त्रीसमेत बन्नुभएकी उहाँको विसं २०६७ मा काठमाडौँमा निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij