२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

नुवाकोट गोल्डकप : फ्रेण्ड्स माथि गोलको बर्षा गर्दे नुवाकोट सेमिफाईनलमा

नुवाकोट गोल्डकप : फ्रेण्ड्स माथि गोलको बर्षा गर्दे नुवाकोट सेमिफाईनलमा

नुवाकोटमा जारी ‘विशाल सिमेन्ट नुवाकोट गोल्डकप–२०७५’ अन्तर्गत शनिबारको खेलमा प्रतिस्पर्धी फ्रेण्डस् कल्व कुपण्डोललाई शुन्यका बिरुद्ध पाँच गोलको बिशाल अन्तरले पराजित गर्दे आयोजक नुवाकोट – ११ सेमिफाईनलमा प्रबेश गरेको छ । नुवाकोट सेमिफाईनलमा पुग्ने पहिलो टिम समेत बनेको छ ।


खेल सरु भएको ३३ औं मिनेटमा फ्रेण्डस्का जनक कोईरालाले नुवाकोटका राजकुमार कुमाललाई पेनाल्टी एरियामा लडाएपछि प्राप्त पेनाल्टी सुटआउटको पूर्ण सदुपयोग गर्दे १७ नम्वर जर्सीका खेलाडी कुमालले नुवाकोट –११ का लागि गोलको खाता खोलेका थिए । प्रतियोगिताको मध्यान्तर अघि खेल प्रतिस्पर्धात्मक भएपनि मध्यान्तर पछि भने नुवाकोट सामु फ्रेण्डस कल्व नीरिह झैं बन्न पुगेको थियो । खेलको ४८ औं मिनेटमा भिक्टर अमुबीले एक गोल, ५५ औं र ५९ औं मिनेटमा अमीर श्रेष्ठले दुई गोल र र ६८ औं मिनेटमा बिकेश लामाले एक गोल गर्दे आफ्नो टिमलाई पाँच –शुन्यको अग्रता दिलाएका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका नुवाकोट– ११ का जर्सी नम्वर ११ का खेलाडी जाङ्बु शेर्पा प्रतियोगिताको ‘म्यान अफ दी म्याच’ बन्न सफल रहे । शेर्पालाई बिदुर नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष शनी चित्रकारले साकुरा नेपाल कन्सल्टेन्सीले प्रायोजन गरेको नगद दशहजार रुपैया र ट्रफीले पुरस्कृत गरे ।

प्रतियोगिता अन्तर्गत आईतबार पोखरा –११ र सशस्त्र प्रहरीको एपिएफ कल्व बिच प्रतिस्पर्धा हुने नुवाकोट जिल्ला फुटबल संघका कोषाध्यक्ष देबनारायण चित्रकारले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij