२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

लालबाबु राउतको मन्तव्यप्रति भारतकाे यस्ताे प्रतिक्रिया

लालबाबु राउतको मन्तव्यप्रति भारतकाे यस्ताे प्रतिक्रिया

काठमाडौँ –वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणको बेला प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएका मन्तव्यको विवाद अझै सेलाएको छैन । मुख्यमन्त्री राउतले संविधानप्रति असन्तुष्टि जनाउँदै त्यसका लागि सङ्घर्ष जारी राखेको मन्तव्य भारतीय प्रधानमन्त्री मोदीका अगाडि राखेका थिए । ‘मुख्यमन्त्री राउतले यस्तो मन्तव्य दिँदा मोदीलाई अप्ठ्यारो लागिरहेको थियो ।’ दूतावास स्रोतको दावी छ । 

भारतीय दूतावासका एक कर्मचारीले भने, ‘प्रधानमन्त्री मोदी जनकपुर भ्रमण गरेर मधेसीलाई साथ दिन आउनुभएको थियो, मधेससँगको सम्बन्ध विस्तार गर्न आउनुभएको थियो । मधेसलाई केन्द्रसँग जोड्न आउनुभएको थियो । तर, मुख्यमन्त्रीजीले यस्तो मन्तव्य दिएकि मोदीको पनि आलोचना हुन थाल्यो । यसले नमज्जा लागेको छ ।’

यसअघि नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री मोदीले मधेसको नाम नै लिएर राज्यमा समावेशी प्रतिनिधित्वको कुरा उठाएका थिए । त्यतिबेला पनि मोदीको यति आलोचना भएको थिएन, जति आलोचना अहिले भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij