२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

नाडा र भन्सार विभागबिच बजेटबारे छलफल

नाडा र भन्सार विभागबिच बजेटबारे छलफल

काठमाडाैं, ७ चैतः नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका महासचिव सुरेन्द्रकुमार उप्रेतीको टोलीले बुधबार भन्सार विभागका महानिर्देशक महेश भट्टराईसँग भेटवर्ता गरेको छ ।

महासचिव सुरेन्द्रकुमार उप्रेतीका नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक महेश भट्टराईसँग भेट गरी अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरूमा छलफल गरेको छ ।

टोलीले छलफलमा अटोमोबाइलकाे बारेमा जानकारी दिँदै आगामी आर्थिक बर्षको बजेटमा देशमा अटोमोबाइल क्षेत्रको विकास, प्रवर्धनका लागि विद्यामन रहेको समस्याहरुको सम्बोधन गर्न माग गरेको छ ।

अटोमोबाइल क्षेत्रको विकास मुलुकमा ठूलो मात्रामा रोजगारीको अवसरहरु पनि सिर्जना हुने उनीहरुको भनाई थियो । जवाफमा महानिर्देशक महेश भट्टराई यस विषयप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सम्बोधन गर्नै कुरामा सकारात्मक रहेको बताउँनुभयाे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij