
काठमाडाैँ– सिटी एक्सप्रेस मनि ट्रान्सफर र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाबीच सम्झौता भएको छ। उक्त सम्झाैता अन्तर्गत अब सिटी एक्सप्रेस मनि ट्रान्सफरको भुक्तानी एनआईसी एशिया लघुवित्तका शाखाहरुबाट पनि हुने भएको छ।
हाल एनआईसी एशिया लघुवित्तका देशभर १०५ शाखाहरु रहेका छन्।
सम्झौता सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद शर्माबाट एक औपचारिक कार्यक्रम बीच भएकाे हाे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij