२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

सम्झौता कार्यान्वयन नगरे कांग्रेससँगको एकता भंग : गच्छदार

सम्झौता कार्यान्वयन नगरे कांग्रेससँगको एकता भंग : गच्छदार

चुनावअघि मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) लाई नेपाली कांग्रेसमा मिसाएका विजयकुमार गच्छदारले एकताका बेला गरिएका सम्झौता कार्यान्वयन हुनुपर्ने बताएका छन्। 

कांग्रेस संसदीय दलका उपनेतासमेत रहेका गच्छदारले सम्झौता कार्यान्वयनतर्फ नेतृत्व नलागे देशभरका कार्यकर्ता भेला गरी एकता नै भंग गरिदिने चेतावनी दिए।

राजधानीमा सोमबार भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै गच्छदारले लोकतान्त्रिक फोरम पार्टीबाट कांग्रेसमा समाहित भएका नेता तथा कार्यकर्तालाई उचित जिम्मेवारी दिनुपर्नेमा नेतृत्वले वेवास्ता गरेको आरोप लगाए।

‘देश जोगाउन म कांग्रेसमा समाहित भएको थिएँ। तर पार्टीले उचित जिम्मेवारी पनि दिएन’, उनले भने। २०६४ माघ १८ मा कांग्रेस छाडेका गच्छदारले २०७४ असोज ३० गते कांग्रेससँग पार्टी एकता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij