२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

समाजवादी पार्टी सरकारबाट बाहिरिदै (राजिनामापत्र सहित)

समाजवादी पार्टी सरकारबाट बाहिरिदै (राजिनामापत्र सहित)

काठमाडौं, ८ पौष – समाजवादी पार्टीले तत्कालै निर्णय गरेर सरकार छाडने जनाएको छ ।

समाजवादी पार्टीका सह महासचिव प्रकाश अधिकारीले संविधान संशोधनको मुद्दालाई लिएर सरकारमा गए पनि संशोधनको मुद्दा सम्बोधन नहुने देखेपछि सरकार छाड्ने मनस्थितिमा पुगेको जानकारी दिनुभयो । उहाँले आजै सरकारबाट बाहिरिने निर्णय हुने खुलाउनुभयो । निर्णय लगत्तै सरकारमा सहभागी समाजवादी पार्टीका मन्त्रीले राजिनामा गर्नेछन् ।

संघीय समाजवादी पार्टीको नेतृत्व गर्दै अध्यक्ष उपेन्द्र यादब उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्छ । त्यसैगरी, मोहम्मद इस्तियाक राई शहरी विकास मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij