२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

सन्दर्भः गाेरखनाथ जयन्ती

सन्दर्भः गाेरखनाथ जयन्ती

मनुष्य जीवन एउटा सामान्य घटनाको उपज हाेइन, सामान्य चिन्तन हाेइन, याे मनुष्य जीवन अन्यासै प्राप्त भएको हाेइन ।यसकाे पछाडि धेरै आवागमनका चक्र छन् , यसकाे मूल्यलाई बुझेर हामीलाई यहाँ सम्म ल्याइपुर्याउने र नेपाली भनेर विश्वसामु चिनाउने अग्रजहरुलाई सम्झिएनैां भने हामीलाई तिनको श्राप लाग्नेछ ।
आजकाे दिनलाई पावन बनाउने अग्रजहरु शान्तिका दुत गाैतम बुद्ध तथा महायाेगी गुरु गाेरखनाथ लगायत रहनुभएकाे छ। वैदिक सनातन धर्म ग्रन्थलाई साक्षी राख्दा कुर्म अवतार भगवान बिष्णु र पुष्करा देवीले पनि आजकै दिनमा याे पृथ्वी लाेकमा अवतार लिनुभएकाे थियो ।
यी सबैलाई आजकाे दिनमा नसम्झिइ रहन सकिँदैन तर पनि गाेरखनाथलाई कता-कता हामीले भुल्ने त हाेईनाै‌ं भनेर उहाँको बारेमा केही जानकारी दिँदैछु। श्री महायाेगी गुरु गाेरखनाथ सम्पूर्ण गुरुहरुमा महागुरु सम्पूर्ण याेगीहरुमा महायाेगी र सम्पूर्ण नाथहरुमा महानाथ हुनुहुन्छ । उहाँ भगवान शिवका सबैभन्दा महत्त्वपूर्ण र प्रमुख अवतारकाे रुपमा पूजित हुनुहुन्छ ।
भनिन्छ याेगमार्गकाे प्रचारकाे लागि भगवान शिवले नै गाेरक्ष रुप धारण गर्नुभएको हाे । गाे शव्दकाे अर्थभित्र समाहित गाई, पृथ्वी, इन्द्रिय आदि सम्पूर्णकाे रक्षा गर्ने गाेरक्ष नै हुनुहुन्छ ।
श्रीमद्भागवत, नारदपुराण, स्कन्दपुराण, ब्रह्माण्डपुराण, शिवपुराण आदिमा उहाँकाे बारेमा उल्लेख भएकाे छ। विश्वकाे इतिहासलाई हेर्दा उहाँको प्राकट्य सयौं हजारौं बर्षकाे अन्तरालमा विभिन्न स्थानमा भएको पाइन्छ ।
आमाकाे काेखबाट नभई आवश्यकता अनुसार आफैं प्रकट हुने महायाेगी अजर-अमर कायायुक्त हुनुभएको स्पष्ट हुन्छ ।
नेपालकाे सन्दर्भमा हेर्दा गाेरखा राज्यको नामाकरण उहाँको नामबाट भएको पाइन्छ । उहाँकै आशिर्वादबाट याे राष्ट्र कहिल्यै पराधिन बन्न नपरेको गैारवशाली इतिहास रहेको छ ।
उहाँको ऋण चुकाउन पनि हामीले उहालाई आज सम्भनुपर्छ र भक्तिभावले पूजाअर्चना गर्नुपर्दछ ।उहाँ नेपालको राष्ट्र गुरु हुनुहुन्छ । नेपालकाे बिभिन्न ठाउँमा उहाँका मठ-मन्दिर छन् । जस्तै गाेरखाकाे गाेरख गुफा, पशुपतिकाे मृगस्थली पीठ, हनुमानढोकाकाे काष्ठमण्डप आदि ।
इतिहासलाई केलाएर हेर्दा गुरु गाेरखनाथ सर्वप्रथम यस धरतीमा बैशाख शुक्ल पूणिर्माका दिन गाेरखाकाे गाेरख गुफामा प्रकट हुनभएकाे थियोे ।
नेपाली मात्र नभएर विश्वकै पूर्वीय धर्म अनुरागी मध्ये पूजनिय हुनुहुन्छ ।
माथिका सबै भगवानले अहिलेकाे यो विषम परिस्थितिवाट सम्पूर्ण मानवको रक्षा गर्नुहुनेछ ।
जय जय शम्भु , जय गाेरखनाथ
ज्याेतिष पण्डित विष्णु प्रसाद खनाल

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij