२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

संसदीय सुनुवाई समितिमा रहने १५ सदस्यको नाम स्वीकृत

संसदीय सुनुवाई समितिमा रहने १५ सदस्यको नाम स्वीकृत

प्रतिनिधिसभाले संसदीय सुनुवाई समितिमा रहने १५ जना प्रतिनिधिसभा सदस्यको नाम स्वीकृत गरेको छ । 

सोमबार बसेको प्रतिनिधिसभाको बैठकले यस समितिमा रहने सदस्यको नाम स्वीकृत गरेको हो । समितिमा नेकपाबाट अमृता थापा, निरुदेवी पाल, पार्वत गुरुङ, पूर्णकुमारी सुवेदी, योगेश कुमार भट्टराई, शिवकुमार मण्डल, सुरेन्द्रप्रसाद पाण्डे रहेका छन् । त्यस्तै नेपाली काँग्रेसबाट ज्ञानेन्द्र बहादुर कार्की, भिमसेनदास प्रधान र पुष्पा भुसाल गौतम रहेका छन् । राजपाबाट लक्ष्मणलाल कर्ण र संघीय समाजवादी फोरमबाट राजेन्द्रप्रसाद श्रेष्ठ उक्त समितिको सदस्य बनेका छन् ।

समितिका लागि राष्ट्रिय सभाबाट तीन जनाको नाम स्वीकृत भएको छ । जसअनुसार नेकपाबाट सुमन प्याकुरेल र नन्दा चपाइँ समितिको सदस्य बनेका छन् भने नेपाली काँग्रेसबाट जितेन्द्र देव यस समितिको सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij