२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

व्यावहारिक मन्टेश्वरी विधिमा सञ्चालित अर्थली प्याराडाइज स्कुल, सञ्चालकसँगकाे अन्तरवार्ता

व्यावहारिक मन्टेश्वरी विधिमा सञ्चालित अर्थली प्याराडाइज स्कुल, सञ्चालकसँगकाे अन्तरवार्ता

ऋषिराम भट्टराई संस्थापक निर्देशक अर्थली प्याराडाइज प्रि स्कुल (तारकेश्वर, बोहोराटार)
प्रिन्सिपल सीता रेग्मी अधिकारी

मन्टेश्वरी शिक्षाका न्यूनतम आधारहरु के हुनुपर्छ ?
अहिले नेपालमा मन्टेश्वरीको नाममा जुन शिक्षा प्रदान गर्दै आइएको छ । यस किसिमको प्रि स्कुल तहको शिक्षा सञ्चालनको क्रममा विद्यार्थीका केही कुराहरुमा विद्यालय सञ्चालक सधैं सचेत हुनुपर्छ । विद्यार्थीको खानपान, व्यावहारिक शिक्षा, विद्यार्थीको निम्ति राम्रो संस्कारको विकास र बालमैत्री वातावरण लगायतका कुराहरुले नै सम्बन्धित विद्यालयले प्रदान गर्ने शिक्षाको गुणस्तरीयताका मापदण्डहरुको रुपमा लिन सकिन्छ ।
यसैबमोजिम हामीले यस विद्यालयमा व्यावहारिक शिक्षाको निम्ति पाठ्यक्रममा नै आधारित रहँदै श्रव्यदृश्य सामाग्रीको माध्यमबाट अध्ययन गराउने कार्यमा जोड दिइरहेका छौं ।

मन्टेश्वरी प्रति अभिभावकहरु पूर्ण ढुक्क हुन सक्ने अवस्था छ ?
नेपालमा अहिले मन्टेश्वरी शिक्षा प्रति अभिभावकहरु पूर्ण रुपमा ढुक्क भएर हाम्रो जिम्मेवारीमा बालबच्चालाई सुम्पिनुभएको हुन्छ । हामीले पनि सोही बमोजिम आफ्नो जिम्मेवारी वहन गर्नु आवश्यक रहन्छ । यसैकारण प्रयाप्त खेलकुद, मनोरञ्जन र खानपानमा हामी सतर्क नै छौं ।

बालबालिकाहरुको स्वास्थ्यमा कसरी सचेतना अपनाइरहनुभएको छ ?
हामीले बालबालिकाहरुलाई आफैंले उत्पादन गरेका खाद्यवस्तु नै उपलब्ध गराउनुपर्छ भन्ने मान्यता बमोजिम हामीलाई चाहिने खाद्य वस्तु स्थानीय कृषकहरुको सहकार्यमा उपलब्ध गराउने काम गर्दै आएका छौं ।
अहिले हामीले आफैं नै गाई पालन गरेर उत्पादन भएको स्वस्थकर दूध बालबालिकाहरुलाई उपलब्ध गराएका छौं । अहिले हामीले बालबालिकाहरुको निम्ति बिना विषादीका खाद्यवस्तु उपलब्ध गराएका छौं । साथै शिक्षालाई नाफामूलक भन्दा पनि हामी सेवामूलक बनाउनुपर्छ भन्ने रुपमा हामीले काम गरिरहेका छौं ।

कस्तो उद्धेश्यले विद्यालय सञ्चालन गर्नुभएको हो ?
हामीले विगत ३ बर्ष पहिले देखि यस बोहोराटार क्षेत्रमा प्रि स्कुल सञ्चालन गरेका हौं । त्यस समयमा वरपर अन्य प्रि स्कुलहरु सञ्चालनमा आउन सकेका थिएनन् । यस वरपर स्तरीय पूर्ण मन्टेश्वरी विधिमा आधारित विद्यालय नभएको कारण बालबालिकाहरुलाई स्थानीय स्तरमा नै मन्टेश्वरी शिक्षा उपलब्ध गराउने मान्यता बमोमिज हामी स्थापना भएका हौं । समयानुकुल आफूलाई परिवर्तन समेत गर्दै सोही बमोजिम हामी अघी बढ्दैछौं ।
हामीले बालबालिकाको मनोविज्ञान बुझेर सोही बमोजिम शिक्षा उपलब्ध गराइरहेका छौं । बालबालिकाहरुको निम्ति कसरी उनीहरुलाई सही तवरले निर्देशित गर्न सकिन्छ भन्ने मान्यताले हामीले काम गरिरहेका छौं ।

कुन उमेरका विद्यार्थीहरुलाई साथ लिनुभएको छ ?
अहिले यस विद्यालयमा २ बर्ष माथिका प्ले गु्रप देखि युकेजी सम्मका विद्यार्थीहरु अध्ययनरत छन् ।
मन्टेश्वरीमा भर्ना गर्नु रहर वा बाध्यता ? अभिभावकहरुको रुचि कस्तो पाउनुभएको छ ?
अहिलेका कामकाजी बाबुआमा कतिपय रहर मात्र नभई बाध्यताले समेत मन्टेश्वरीमा बालबालिका भर्ना गरेको अवस्था छ । जसले गर्दा डे केयरको रुपमा समेत मन्टेश्वरीमा बालबालिका भर्ना भएका छन् ।

मन्टेश्वरीमा भर्ना हुने विद्यार्थीहरुको निम्ति माया र आत्मियताको महत्व कस्तो रहँदो रहेछ ?
बालबालिकाहरुले यस समयको उमेरमा वरपरको वातावरणबाट समेत धेरै कुरा सिक्न सक्छन् । यस उमेर समूहका बालबालिकाहरुको निम्ति बाबुआमाको प्रयाप्त माया र साथको आवश्यकता पर्छ । तर बाबुआमाहरु आफ्ना बालबच्चाको निम्ति प्रयाप्त समय उपलब्ध गराउन नसक्दा मोबाइल, ट्याब्लेट, खेलौना लगायतसँग अलि बढी नजिक हुने वा एकोहोरो स्वभावका हुने अवस्था पनि छ । हामीले सञ्चालन गरेको यस मन्टेश्वरीमा भर्ना पश्चात् मानिस भन्दा प्रविधि सँग नजिकिएका त्यस्ता विद्यार्थीहरुलाई पनि डेढ–दुई महिनामा नै सही ट्रयाकमा ल्याउन सम्भव भएका छौं । यो हामीले उपलब्ध गराउने आत्मियता र स्नेहको कारण नै सम्भव भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij