भ्रमण वर्ष २०२० को अवसरमा लियो राइड २०२० शनिबार सम्पन्न भएको छ।काठमाडौको बसन्तपुरबाट मुलकोट सिन्धुलीसम्मको राइड रहेकोमा उल्लेखनीय सहभागी रहेका थिए।उक्त कार्यक्रमका लागि १०० जना सहभागीतामा ६० ओटा बाइक रहेका थिए।कार्यक्रमका लागि आकस्मिक समस्या पर्न सक्ने भन्दै सुरक्षाका लागि धुलिखेल अस्पतालले याम्बुलेन्स उपलब्ध गराएको थियो।कार्यक्रम बसन्तपुरबाट मुलकोट सिन्धुलिसम्म्म रहेका थिए।
मुलकोट ताज रिभर साइड नेपाल सरकारको तर्फबाट ६ जना प्रहरी सुरक्षाका लागि खटिएका थिए।भ्रमण वर्ष २०२० लियो जिल्ला परिषद ३२५बि १ नेपालका जिला अध्यक्ष लियो बिनायक पौडेल ,उपाध्यक्ष लियो आदर्श मोहल भट्टराई रहेका थिए।कार्यक्रमको संयोजक अबिनाश श्रेष्ठले गर्नु भएको थियो।भने कार्यक्रमको उत्घाटन धुलिखेलको प्रमुखले रिवन काटेर गर्नु भएको लियो रोलि अन्जान आर.टि.(Leo Roli Anjaan Rt)ले सेतोघरलाई जानकारी दिनु भएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij