२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

रत्ननगर नगरपालिकाले सुरु गर्‍यो सामूहिक खेती अभियान

रत्ननगर नगरपालिकाले सुरु गर्‍यो सामूहिक खेती अभियान

चितवन । चितवनबाट सामुहिक खेती अवधारणा अघी बढाइने भएको छ ।

चितवनकाे रत्ननगर नगरपालिकाले बाँझो जमिनमा सामूहिक खेती अभियान अन्तरगत नगरपालिका भित्र बाँझो रहेका प्लटिङ तथा अन्य सार्वजनिक जग्गामा खेती सुरु गरिएको छ ।

ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका विपन्न समुदायलाई उत्पादनशील क्षेत्रमा अग्रसर बनाउने उद्देश्यले बाँझो जमिनमा सामूहिक खेती सुरु गरिएको हाे ।

रत्ननगर नगरपालिका वडा नम्बर १४ पिठुवामा रहेको करिब ३० विगहा बाँझो जमिनमा खेती गर्न सुरु गरिएको छ । नगरपालिकाले विपन्न वर्गका ३ सय परिवारलाई ५० समूह बनाई सामूहिक खेतीको सुरुवात गरिएको छ । सामूहिक खेतीमा प्रोत्साहन गर्न नगरपालिकाले जमिन जोत्न तेल खर्चसँगै मकै र बोडीको बिउ उपलब्ध गराएको छ ।

कृषि उत्पादनमा प्राेत्साहन गर्ने उद्देश्यलाइ सफल बनाउन बाँझो जग्गा राख्नेलाई जरिवाना समेत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij