२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

भिजिट भिसाको आवरणमा महिलाहरू मानव तस्करीकाे सिकार बन्दै

भिजिट भिसाको आवरणमा महिलाहरू मानव तस्करीकाे सिकार बन्दै

A Nepal Police officer checks documents of persons visiting various nations for employment and higher education, before boarding their flights, at the Tribhuvan International Airport, in Kathmandu, on Wednesday, December 7, 2016. Photo: RSS

काठमाडौं , २२ फागुनः भिजिट भिसाको आवरणमा सुरक्षाकर्मी, अध्यागमन र नेपाल एयरलाइन्सका कर्मचारीको मिलेमतोमा मानव तस्करी हुने गरेको विषय चर्चामा रहेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसन्धानमा यस्तो देखिएको प्रहरी स्रोतको दावी छ ।

भिजिट भिसामा हुने मानव तस्करी नरोकिएपछि प्रहरी प्रधान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानव बेचबिखन तथा अनुसन्धान ब्युरो नै केही समय खटाएपनी त्यसलाई पुर्ण रुपमा नियन्त्रण गर्न नसकिएको  प्रहरी बताउँछ  । विमानस्थलबाट भिजिट भिसामा दुबईमा मात्रै दैनिक २५० जनाभन्दा धेरै मानव तस्करी हुन थालेपछि ब्युरोले डेढ वर्षअघिबाटै टोली परिचालन गरे पनि अध्यागमन कर्मचारीकाे विरोधपछि फिर्ता भएको थियो । तर, पछि अनुसन्धानमा खटिएको प्रहरीले अध्यागमनकै कर्मचारीको मिलेमतोमा भिजिट भिसामा मानव तस्करी हुने गरेको फेला पारेपछि पुनः ब्युरोको टोली परिचालन गर्न लागिएको हाे ।

त्रिभुवन अन्तराष्ट्रिय विमाल स्थल बाट ओमन हुदैं कुवेत, दुवई , साउदी अरविया , कतार ,सिरिया , इराक , बहराइनमा नेपाली महिलाहरुको तस्करीको क्रम निरन्तर बढी रहेको छ । दुवई सरकारले भिजिट भिसामा कडाई गरेपछी विभिन्न नेपालका ट्राभल एजेन्सीहरुले ओमनलाई ट्रान्जिट प्वाइट बनाएर मानव तस्करी गर्ने गरेको प्रहरीले बताएको छ ।

नेपालका विभिन्न एलाइन्स कम्पनीहरुको संलग्नमा मानव तस्करी गर्ने गरिएको छ । कुवेत एयरवेज र जजिरा एयरवेजमा विशेषगरी मानव तस्कर हुने गरेको पाइएको छ । काठमाण्डौंबाट कुवेत , कुवेत बाट कतारको टिकट जारी भएपनि विचमा कुवेत ट्रान्जिट भएकाले ती महिलाहरु कुवेतमै बाहिर निस्कने गरेका छन । यसमा एलाइन्सको मिलेमहतोमा मानव तस्करी हुने स्रोतको दाबी छ ।

२०७३ सालबाट खाडी मुलुकमा महिलालाई घरेलु कामदारको रुपमा जान सरकारले रोके तापनि दैनिक जसो  विभिन्न माध्यमबाट गैर कानुनी रुपमा दिन प्रतिदिन महिलाहरु खाडी मुलुकमा तस्करीको सिकार भैरहेका छन । विशेष गरेर ग्रामीण क्षेत्रका महिला एवम किशोरीहरुलाई रोजगारीको प्रलोभनमा तस्करी गर्ने गरिएको छ । सरकारले भिजिट भिसामा जानको लागी ६ बुद्धे मापदण्डलाई आधार बनाएर काठमाण्डौंका विभिन्न ट्राभल एजेन्सीले महिलाहरुलाई खाडी मुलुकमा पुर्यारहेका छन । सरकारले जारी गरेको ६ बुदे मापदण्ड २०८० माघ १० गते देखी लागु हुने गरि भिजिट भिसामा विदेश यात्रामा आवश्यक कागजपत्रहरु विवरण तोकेको भएपनी त्यसलाई नै नक्कली बनाउने गरिएको छ ।

प्रहरीका अनुसार दुबईमा मात्रै कम्तीमा दैनिक २५० महिलाको तस्करी हुन्छ । जसका लागि प्रयोग हुने भिजिट भिसा हो । पहिला भिजिट भिसामा दुबई जानेका लागि प्रहरी रिपोर्ट, १२ कक्षा पास गरेको शैक्षिक प्रमाणपत्र, बैंक स्टेटमेन्ट अनिवार्य गरिएको थियो । तस्कर समूहले यस्ता कागजात नक्कली बनाएर पठाउने गरेको थियो । जसमा अध्यागमनका कर्मचारीसँग पनि सेटिङ मिलाउनुपथ्र्यो । अहिले भिजिट भिसामा जान चाहनेका लागि होटेल बुकिङ, जहाजको टिकट र भिसा भए पुग्छ । जसमा विगतमा जस्तो धेरै खर्च पनि नलाग्ने भएकाले तस्करी थप सहज भएको छ । तस्करले सहजतामा खेलेर मानव तस्करी गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij