राष्ट्रलाई आवश्यक पर्दा जुनसुकै दुख परेका बेलामा पनि सहयोग गर्ने ती सहयोगी हातहरुलाई केही मात्रामा भए पनि हौसला मिलोस् भन्ने उद्देश्य बमोजिमले ‘द इन्टरनेशनल एशोसिएशन अफ लाइन्स क्लब’ले काठमाण्डौंको होटल रेडिसनमा हत हप्ते एक विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।
श्रम तथा रोजगार मन्त्री गोर्कण विष्टको प्रमुख आतिथ्यता र सस्कृतविद् तथा सताब्दी पुरुष सत्यमोहन जोशीको विशेष आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि विष्टले अब नेपाललाई एक समृद्ध राष्ट्रमा चिनाउनका निम्ति हामीहरु सबै एकजुट भई अघि बढ्नु पर्ने कुरा बताएका छन् ।
सरकार एक्लैले कुनै पनि काम गर्न असहज हुने भएकाले तपाई हामीहरु सबै एक ढिक्का भएर लाग्दा नेपाललाई अन्य छिमेकी मुलुकको तुलनामा केही उपलब्धि समेत हासिल गर्न सकिने कुरा मन्त्री विष्टले बताए । आज जुन खालको प्रतिष्ठित व्यक्तिहरुलाई सम्मान गर्ने एउटा अवसर मिलेको छ, वास्तवमा नै भन्नु पर्दा यो कार्य मेरा लागि अत्यन्तै ठूलो र साहसिक काम हो, किनभन्दा यो खालको राष्ट्रकै सम्मानीत व्यक्तिहरुलाई आज सम्मान गर्दा स्वयम् मेरो पनि जोश जागर बढेर आएको छ ।
यो खालको सम्मानले झन उहाँहरुमा नयाँ खालको राष्ट्र र जनताप्रति काम गर्ने प्रेरणा बढ्नेछ । आज लाइन्स क्लबले कार्यक्रम गरेर एउटा नयाँ खालको खुशियाली पैदा गरेको छ, वास्तवमा नै भन्नु पर्दा यो कार्यक्रम अत्यन्तै राम्रो र सोभनीय रहेको छ । यस कार्यक्रमले यो संस्थाप्रति पनि झन नयाँ खालको विचार र ज्ञानहरुले सिँगारिको कुरा आज मैले महसुस गरेको कुरा मन्त्री विष्टले बताए । यो कार्यक्रमको पूर्ण रुपमा सफलताको शुभकामना व्यक्त गर्दछु ।
विगतका दिनमा पनि झन यस्ता खालको कार्यक्रम गर्नका निम्ति झन लाइन्स क्लबलाई उर्जा बढ्ने कुरा मन्त्री विष्टले बताए । जिवनको ठूलो संघर्षमा म मन्त्री बन्दा देश र जनताका लागि केही नयाँ खालको काम गर्छु भन्दा मेरो विचमा धेरै अप्ट्यारा र असहज खालका वातावरण सिर्जना हुँदै आएको छ, यी खालका बेतिथिहरुलाई चिर्नका निम्ति म निरन्तर लागि परेको छु, केही त्यस्ता दिनहरु मेरा जीवनमा ताजा नै रहेका छन् म मन्त्री भएकै बेलामा धुरुधुरु रोएको पनि छु । तर आज देशमा भएका विभिन्न खालका गलत सोच र व्यवसायीहरुको गलत धन्दाका बीचमा पनि मैले देश र जनताका निम्ति राम्रा काम गरेरा नै छाड्ने छु । यसका लागि देशभर रहेका लाइन्स क्लबमा आवद्ध हुनु भएका दाजुभाई तथा दिदीबहिनीहरुको मलाई ठूलो सहयोग चाहिएको छ । खराब र गलत कामहरुलाई अन्त्य गर्दै नयाँ खालको वातावरण निर्माण गर्नका लागि यो गोकर्ण विष्ट अवरात्र लागिपरेको छ, तपाईहरु विद्धान बर्गका बिचमा प्रष्ट पार्न चाहन्छु ।
आज हामीले हाम्रो समाज र राष्ट्रलाई समृद्धिको बाटोमा लैजानुपर्छ । हामीले हाम्रो देशलाई नयाँँ ढङ्गबाट अघि बढाउनुपर्छ । हाम्रो जस्तो देशलाई नयाँ गन्तव्यको उचाईमा पु¥याउन आवश्यक छ, मन्त्री विष्टले भने । राष्ट्रलाई सही रुपमा अघि लानका निम्ति नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा अर्थविद् हिमालय शमशेर राणाज्यूले दिनुभएको योगदानलाई आज हामीहरुले सम्मान गर्न सक्नुपर्छ । उहाँ जस्ता राष्ट्रभक्ति, देशभक्ति व्यक्तिलाई आज मैले सम्मान गर्नका निम्ति म यहाँ नआई उहाँहरु जस्ता राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्वहरुबाट आर्शिरवाद लिनका लागि आफू आज यस कार्यक्रममा आएको कुराको समेत मन्त्री विष्टले प्रष्ट पारेका छन् । मैले विद्यालयमा पढ्दा खेरी हाजिर जवाफमा नेपाल राष्ट्र बैंकको प्रथम गभर्नर को हो भनेर त्यसको उत्तर दिने व्यक्ति स्वयम् म आफू नै भएकाले आज मलाई धेरै नै हर्षित भएको महसुस भएको छ । आज नेपालको आर्थिक क्षेत्रका धरोहराको रुपबाट उहाँलाई हामीहरुले चिन्नुपर्छ, र जुनखालको लाइन्स क्लबले सम्मानको कार्यक्रम गरेको छ, वास्तवमा नै भन्दा यी खालको कार्यक्रमको आयोजना गरी आज यो खालको राष्ट्रिय व्यक्तित्वहरुलाई नेपाल सरकारले पनि सम्मान गर्न ढिलाई भएको कुरा विष्टले बताए । पूर्व राजदुत डा. विष्णुहरी नेपाल, डा. गणेश योन्जन, डा. केदारभक्त माथेमा पर्यटन क्षेत्रका सफल एक उदाहरणीय व्यक्ति अम्बिका श्रेष्ठ, राष्ट्र निर्माणका एक इमान्दार व्यक्ति राधाकृष्ण शर्मा, डा. उपेन्द्र महतोलगायतका व्यक्तिहरुले जसले नेपाल राष्ट्रलाई के–कसरी आर्थिक समृद्धिको बाटोमा अघि लान सकिन्छ भन्ने खालको यहाँहरुले दिएको योगदानको उच्च कदर गर्दै आज लाइन्स क्लबले यहाँहरुलाई सम्मान गरेको हो । अवश्य पनि भोलीका दिनमा पनि यहाँहरु सबैको देश निर्माणमा अझ यो भन्दा पनि बृहत्त योजनाको आवश्यक भएको मैले आशा गरेको छु । 
लायन्स क्लबले आज नयाँ जोश जाँगर बढाइदिएको छ ः राणा
उक्त कार्यक्रममा बोल्दै राणाले लाइन्स क्लबमा आवद्ध सबै सदस्यहरुमा धेरै भन्दा धेरै धन्यवाद व्यक्त गर्नु भएको छ । जुन कायक्रम गरेर आज मलाई सम्मान गर्ने एउटा अवसर जुटाइदिइ यहाँसम्म ल्याई बोल्नका निम्ति पनि सम्मानित स्थान दिनुभएकोमा यहाँहरु सबैमा हार्दिक बधाइ तथा सुभकामना व्यक्त गर्न चाहन्चछु । यहाँ मेरा धेरै समकक्षिहरुका बीचमा सबैको योगदान राष्ट्र निमार्ण र मुलुकको विकास निर्माणका लागि यहाँ आज सम्मान गर्ने सबै मेरा आत्मीय मित्रहरुको योगदानकै उच्च मूल्याकंन गरी यो कार्यक्रम गरी सम्मान गरेको हो जस्तो मलाई लाग्छ । डा. उपेन्द्र महतोले राष्ट्रिय तथा अन्तराष्टिय स्तरमा समेत आफूले एक इमान्दार नेपाली भनी नाम र काम कमाएर समग्र मुलुककै लागि दिएको योगदान अत्यन्तै राम्रो रहेको कुरा राणाले प्रष्ट्याए ।
डा. महतोले इमान्दार पूर्वक काम गरेर नै आज यो ठाउँमा आइपुग्न सफल भएको हो । त्यसैले गर्दा हामीहरु जो कोही जुन जुन ठाउँमा भए पनि आफूले सक्ने जति काम ग¥र्यौ भने अवश्य पनि राष्ट्रलाई केही न केही थोरै भए पनि थप टेवा पुग्न सक्छ र समृद्धिको बाटोमा हामीहरु अघि बढ्न सक्छौं । त्यस्तै गरी आफूले आफ्ना देशमा रहेका नेपाली मौलिकता, संस्कृति सम्पदाहरुलाई विश्वको कुना काप्चामा चिनाउनका निम्ति अम्बिका श्रेष्ठले होटल द्धारिकाज्बाट दिनु भएको योगदान अत्यन्तै राम्रो भएको कुरा राणाले बताएको छन् । यी लगायतका जो जो व्यक्तिहरु आज यस महान कार्यक्रममा सम्मानीत भएका छन्, अवश्य पनि उहाँहरुले नेपाल देशमा दिनुभएको योगदानको उच्च कदर गर्दै आज हामीहरु सबैमा लाइन्स क्लबले सम्मान गरेर हर्षित बनाएको समेत राणाले बताए । जापानको राजदुत बनेर कुटनीतिक ढङ्गबाट नेपाल र जापानबीचको सम्बन्धलाई गहिरोसँगले प्रस्तुत गर्दै नेपालको बारेमा बृहत रुपमा जापानमा चिनाएर आफ्नो देशको पहिचान झल्कने काम गरेकोमा उहाँहरुले दिएको योगदानको उच्च सम्मान गरेको हो, जस्तो मलाई लाग्छ, राणाले भने ।
विशेषत आज नेपालकै गन्य मान्य र सत्यमोहन जोशी जस्ता जो अन्तराष्ट्रिय जगतले समेत मान र सम्मान गरेको जो लौह तथा आर्दश पुरुषका बीचमा मलाई भेट्ने र बोल्ने अवसर प्रदान गर्नु भएकोमा म यो लाइन्स क्लब परिवारमा धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्दछु ।
सम्मानित हुनेहरुमा हिमालय शमशेर राणा, डा. विष्णुहरी नेपाल, डा. गणेश योन्जन, डा. केदारभक्त माथेमा, राधाकृष्ण शर्मा, डा. उपेन्द्र महतो, सनोत कुमार थापा, मदनकुमार भट्टराई, अम्बिका श्रेष्ठ, नारायण प्रसाद अर्याल र नरेन्द्र बस्नेत ‘दिनेश’ लगायतलाई सम्मान गरेको थियो । उक्त कार्यक्रममा जापानीज कुटनीतिक व्यक्तिले नेपालमा अब कसरी जापानिज लगानी भित्र्याएर नेपालको विकास निर्माणमा सहयोग गर्न सकिन्छ र नेपाल र जापानबीचको सम्बन्धलाई योे भन्दा पनि अझ प्रगाढ बनाउनुपर्ने जस्ता धारण व्यक्त गर्नुभएको थियो । ती जापानिज महिलाले नेपाल यस्तो देश हो, यो खालको सांस्कृतिक धरोहरा, मनोरञ्जन गर्न लाएक बिभिन्न ठाउँहरु र हिमश्रङखलाहरु अन्य देशमा कहिँ कतै नपाइने भएको कारण पनि जापानले नेपालमा लगानी गर्न आवश्यक भएको कुरा उनले बताइन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij