२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

लकडाउन खुलेको ३ महिना सम्म परिस्थिति हाम्राे लागि असहज हुन सक्छ

लकडाउन खुलेको ३ महिना सम्म परिस्थिति हाम्राे लागि असहज हुन सक्छ

अरुण पाैडेल

अरुण पौडेल-ब्राण्ड म्यानेजर, नेबिको प्रा.लि

नेपाल सरकारले लकडाउन घोषणा गरेसँगै यसको असर नेपालका उद्योगहरुमा पनि देखिएको छ । त्यस मध्ये एउटा उद्योग हो नेबिको प्रा.लि. । नेपाल सरकारले लकडाउन घोषणा गरेपश्चात् बिस्कुट उत्पादन क्षेत्रमा अग्रणी पहिचान बनाएको नेबिकोले पनि अहिले उत्पादन कार्य बन्द गरेको छ । कर्मचारी र कामदारहरु आ–आफ्नो घरमा छन् ।

हाल यस कम्पनीले दैनिक ३० टन उत्पादन क्षमता रहेको यस कम्पनीले काठमाडौं र भैरहवाबाट अत्याधुनिक प्लान्ट सञ्चालन गर्दै आएको छ । यस कम्पनीमा विभिन्न भूमिकामा गरी करिब ३ सय ५० कर्मचारी संलग्न छन् । जसमध्ये उत्पादन तर्फ करिब २ सय कर्मचारी खटिँदै आएका थिए ।

उत्पादन कार्य बन्द भएपनि पहिले नै उत्पादन भएका वस्तुहरु भने नेबिकोको बालाजु स्थित कम्पनीको स्टोरबाट व्यवसायीहरुलाई वितरण गरिरहेको कम्पनीका ब्राण्ड म्यानेजर अरुण पौडेलले सेतोघर डट कमलाई बताउनुभयो ।

नेबिको नेपालको एउटा पुरानो र विश्वसनीय कम्पनी भएको हुनाले बजारमा यस कम्पनीबाट उत्पादित वस्तुहरुको माग उच्च छ । यद्यपि माग बमोजिम सहज रुपमा आपुर्ति गर्न भने सकिएको छैन । कम्पनी आफैंले आफू मातहतका डिलरहरुमा सामान आपुर्ति गर्न यो कम्पनी सहज तयार हुन सक्ने अवस्था समेत न्यून छ । यद्यपि स्टोरमा आफ्ना उत्पादन नै लिन आउने विक्रेताहरुलाई भने वस्तु उपलब्ध गराइएको कारण बजारमा अझै नेबिकोबाट उत्पादित वस्तुहरुको हाहाकार स्थिति सृजना भएको छैन ।

उत्पादन सुचारु गर्ने योजनामा कम्पनी
विषम परिस्थिति बावजुद कसरी उत्पादन कार्यलाई निरन्तरता दिन सकिन्छ भन्ने सम्बन्धमा कम्पनीले विभिन्न पहलहरु गरिरहेको छ । फ्याक्ट्री भित्र नै क्वारेन्टाइन निर्माण गरेर उत्पादन सुचारु गर्न सकिने विकल्प राज्य पक्षबाट पाएपनि तत्काल सबै कर्मचारीको लागि कम्पनीले फ्याक्ट्री क्षेत्रमै क्वारेन्टाइन निर्माण गर्न सकिने अवस्था समेत आफैंमा कठिन छ । यद्यपि असम्भव नै भने होइन । यस सम्बन्धमा कम्पनी छलफल पश्चात् निश्कर्षमा पुग्ने समेत पौडेलले बताउनुभयो ।

थोरै जनशक्तिकै प्रयोगबाट सेवा सुचारु गर्ने योजना
अहिलेको अवस्थामा सबै कर्मचारीहरु फ्याक्ट्रीमा उपस्थित हुन सम्भव नरहेको र जति सक्दो कम जनशक्तिबाट उत्पादन सुचारु गर्न सकिएको खण्डमा सबै पक्षलाई विचार गरेर उत्पादन कार्यलाई निरन्तरता दिँदै र उत्पादन बढाउँदै लैजाने कम्पनीको योजना छ ।

कठिन छन् अबका दिनहरु 
नेपालमा उद्योग सञ्चालन कार्यलाई निरन्तरता दिने तयारी भएपनि कतिपय कच्चा पदार्थहरु भारत लगायतका अन्य अन्तर्राष्ट्रिय बजारबाट नेपालमा भित्र्याउनुपर्ने अवस्था छ । आपुर्ति प्रणाली तत्काल पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने अवस्था कमजोर देखिएको कारण शुरुको महिना पूर्ण क्षमतामा वस्तु उत्पादन गर्न पनि कठिनाई हुन सक्छ । त्यस पश्चात् पनि १-२ महिना त कठिन स्थिति नै रहने अनुमान गर्न सकिन्छ ।

कम्पनीको उत्पादन क्षमता 
हाल यस कम्पनीले दैनिक ३० टन उत्पादन क्षमता रहेको यस कम्पनीले काठमाडौं र भैरहवाबाट अत्याधुनिक प्लान्ट सञ्चालन गर्दै आएको छ । यस कम्पनीमा विभिन्न भूमिकामा गरी करिब ३ सय ५० कर्मचारी संलग्न छन् । जसमध्ये उत्पादन तर्फ करिब २ सय कर्मचारी खटिँदै आएका थिए ।

नेपालमा उद्योग सञ्चालन कार्यलाई निरन्तरता दिने तयारी भएपनि कतिपय कच्चा पदार्थहरु भारत लगायतका अन्य अन्तर्राष्ट्रिय बजारबाट नेपालमा भित्र्याउनुपर्ने अवस्था छ । आपुर्ति प्रणाली तत्काल पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने अवस्था कमजोर देखिएको कारण शुरुको महिना पूर्ण क्षमतामा वस्तु उत्पादन गर्न पनि कठिनाई हुन सक्छ ।

अबको बजार योजना 
कम्पनीले उत्पादन सुचारु भएपश्चात् उपभोक्ताहरुका सम्पूर्ण आवश्यकता पूरा हुन सक्ने गरी वस्तु उत्पादन गर्न तत्काल सम्भव नहुन सक्छ । साथै अहिले बजार अवस्थालाई हेर्दा विगतको तुलनामा उपभोक्ताहरुको सङ्ख्या शहरी क्षेत्रमा घटेको समेत छ । ठूलो सङ्ख्यामा मानिसहरु गाउँ फर्किएका छन् । यद्यपि शहरी क्षेत्रमा रहेका जनशक्तिहरुको आवश्यकता पुर्ति हुने गरी पूर्ण क्षमतामा तत्काल वस्तु उत्पादन गर्न अन्य कम्पनी पनि तयार हुन नसक्ने अवस्था समेत देखिन्छ । जसले गर्दा बजारमा हाम्रा उत्पादनको माग बढ्ने अवस्था देखिन्छ । साथै अहिलेको विशेष परिस्थितिलाई मध्यनजर गर्दै तत्कालको लागि उधारोमा नभइ नगद भुक्तानी लिएर नै कारोवार गर्नुपर्ने अवस्था पनि देखिन सक्छ ।

अर्थतन्त्रमा पर्ने दिगो असर
लकडाउनको कारण अहिले उद्योग तथा व्यावसायिक क्षेत्र प्रभावित भएको छ । समग्र अर्थतन्त्र प्रभावित हुँदा त्यसको असर नेबिको लगायतका सबैजसो कम्पनीलाई पर्नु अस्वभाविक हुँदैन । मुलुकको अर्थतन्त्रको बलियो खम्बामा रेमिट्यान्स पनि पर्दछ । यसको अलावा ८ देखि १० प्रतिशत योगदान दिने पर्यटन क्षेत्र पनि निकै नै प्रभावित भएका छन् । यसबाट राजस्व र रोजगारी मात्र गुम्ने नभई नेपालको समग्र अर्थतन्त्र नै नराम्ररी प्रभावित हुने स्थिति सृजना भएको छ ।

अन्य बिस्कुट उद्योगमा परेको प्रभाव 
अहिलेको अवस्थाले कतिपय सानो क्षमताका बिस्कुट उद्योगहरुले बुद्धिमत्ता अपनाउन सकेनन् भने विस्थापित नै हुन सक्ने अवस्थाहरु समेत आउन सक्ने देखिएको छ । सानो लगानीमा स्थापना भएका उद्योगहरुको समेत नियमित खर्च उच्च नै रहने भएको कारण ती कम्पनीहरु कसरी धानिने हुन् भन्ने कुरा चासोको विषय बनेका छन् । अहिले सम्म नेपालमा करिब २० ओटा बिस्कुट उद्योगहरुले नियमित उत्पादन दिइरहेको थियो, जुन अहिले लकडाउनले रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij