२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

राहत वितरणमा संलग्न रहँदै कल्याणकारी स्वयंसेवक संघ

राहत वितरणमा संलग्न रहँदै कल्याणकारी स्वयंसेवक संघ

लकडाउनकाे कारण जनजीवन प्रभावित हुँदै गएसँगै विभिन्न संघसंस्थाहरु सहयाेगमा जुटेका छन् ।यस अवस्थामा कल्याणकारी स्वयंसेवक संघले पनि राहत वितरणकाे लागि काम गरिरहेकाे छ ।
 
यस संस्थाले अहिलेसम्म ४६ परिवारलाई चामल, दाल, तेल, नुन, चिनी वितरण गरेकाे छ ।
 
यसैगरी संस्थाले बुढानिलकण्ठ नगरपालिकाको विपत् व्यवस्थापन कोषको लागि मेयर उद्दव खरेललाई नगद ४३२९० रुपैयाँ सहयाेग गरेकाे छ भने  उदयपुर बेलका नगरपालिकाको विपत व्यवस्थापन कोषको लागि मेयर दुर्गा थापालाई संघको बेलका नगरकमिटी मार्फत नगद ३० हजार रुपैयाँ सहयाेग गरेकाे छ ।
यसैगरी सैस्थाले विभिन्न संस्थाहरुलाइ जिन्सी सहयाेग समेत गरेकाे छ ।
 संघको सिन्धुपाल्चोक कमिटी मार्फत त्रिपूरासुन्दरि गाउँपालिकालाई एक थान थर्मल गन र ५०० वटा मास्क बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ लाई ५०० वटा मस्क, बुढानिलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका पत्रकारहरुका लागि पत्रकार सविन पन्त मार्फत २५ थान N90 मास्क र २५ थान सेनिटाइजर एवं मानव आश्रम सेवा संघलाई ५ लिटर सेनिटाइजर हस्तान्तरण गरिसकेको छ ।
अागामी दिनमा पनि सहयाेगका कार्यक्रमहरु निरन्तर सञ्चालन हुने संस्थाका अध्यक्ष अक्कल तामाङले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij