२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

योग्यता र क्षमताको आधारमा राजदूतहरूको नियुक्ति : परराष्ट्रमन्त्री

योग्यता र क्षमताको आधारमा राजदूतहरूको नियुक्ति : परराष्ट्रमन्त्री

योग्यता र क्षमताको आधारमा राजदूतहरूको नियुक्ति : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजदूत नियुक्तिलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। 

परराष्ट्रमन्त्री ज्ञवालीले योग्यता र क्षमताको आधारमा राजदूतहरूको नियुक्ति गर्ने योजना पनि अघि सारेका छन्।

उनले नेपाल–भारतबीचको सीमा समस्या समाधान गर्ने कामलाई सरकारले उच्च प्राथमिकता दिएको दाबी पनि गरे।

मन्त्री ज्ञवालीले नेपालको तराईमा हुने डुबान समस्या समाधानका लागि आवश्यक तयारीको कामलाई तीव्रता दिइएको पनि स्पष्ट पारे।

बुधबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका परराष्ट्र मामिलासम्बन्धी जिज्ञासाहरूको जवाफ दिँदै उनले कालापानी, सुस्ता लगायतका क्षेत्रमा देखिएको सीमा विवाद समाधान गर्न सरकारले स्थलगत सर्वेक्षणको कामलाई अघि बढाएको पनि जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij