नेपाली कला जगतमा नयाँ कलाकारहरुको प्रवेश दिनानुदिन भैरहेको छ ।
कोहि यहि क्षेत्रमा जमेका छन्, कोही पलायन पनि भएका छन् ।
यस्तैमा पूर्वी नेपालको सुन्दर नगरी इलाममा जन्मेकी काफिया मगर नेपाली कला जगतमा नयाँ उत्साहका साथ प्रवेश गर्दैछिन् ।
सानै उमेरदेखि उनकाे नाटक र नृत्यमा रुचि थियोे । सोफिया स्कुल स्तरीय धेरै डान्स लगायत अतिरिक्त क्रीयाकलापहरुमा भाग लिएर स्थानीय स्तरमा चर्चा बटुलिसकेकी नवकलाकार हुन् ।
केही समयमा आउन लागेको एक म्युजिक भिडियोमा समेत उनको अभिनय रहनेछ ।
उनी भन्छिन् मेरो सानैदेखिको रुचि भनेको कला क्षेत्रमा नै हो । यहि क्षेत्रमा केही गरेर देखाउने मेरो सपना थियोे । मलाई लाग्छ अब सपना साकार हुँदैछ । म यहीँ क्षेत्रमा केही राम्रो काम गरेर देखाउने छु । आम दर्शक स्रोताको मन जित्नेछु । आफू जन्मेको माटोको नाम राख्नेछु ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij