काठमाडौं । विकास बैंकहरु मध्ये अग्रणी मुक्तिनाथ विकास बैंकले यो बर्षको उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार प्राप्त गरेको छ ।
विकास बैंक र वित्त कम्पनीहरु मध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN)ले हरेक बर्ष नेपाल वित्तीय प्रतिवेदन मान (NFRS) प्रणाली मार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दै आएको छ ।
सोही बमोजिम यस बर्षका विभिन्न विधाहरु मध्ये वित्तीय क्षेत्रतर्फ आर्थिक वर्ष २०७५-०७६ को लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार (Best Presented Annual Report Award) मुक्तिनाथ विकास बैंकले प्राप्त गरेको हो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN)ले Best Presented Annual Report Award विभिन्न ५ विधामा प्रस्तुत गरेको थियो ।
विधाहरु. बैंकिङ्ग क्षेत्र (Public and Private Sector), वित्तीय क्षेत्र, बीमा क्षेत्र, सार्वजनिक क्षेत्र ईकाइ, सामान्य क्षेत्र रहेका छन् ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाधक्ष्यको शपथग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको थियो ।
उक्त समारोहका विशेष अतिथि महालेखा परीक्षक टंकमणि शर्मा दंगालले मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युम्न पोखरेललाई पुरस्कार हस्तान्तरण गरेका थिए ।
बैंकिङ्ग क्षेत्रमा उक्त पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मानिने गरिएको छ ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आईरहेको छ ।
यस बैंकले प्रविधिमा आधारित रही मोबाइल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आईरहेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij