२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

माइतीघर कटेपछीको उज्यालो अनुहार

माइतीघर कटेपछीको उज्यालो अनुहार

मित्र पाठक ‘काँचुली’

लगनखेलबाट माइक्रोबसमा कोचिएर दिनहुँ शुरु हुने यात्रा आरएनएसी छेउ पुगेर टुँगिन्छ मेरो, अनी दिनहु फिर्ती पनि । आज भने दश मिनेट चाँडो निस्किएर होला, मान्छेको कुइनोको ठेलाई अल्ली कम मात्रै थिएन दाहिने तर्फको झ्याल भा’को सिट नै खाली भेटेँ मैले । ओहो ! आजको दिन कति जाती, सोचेँ – शायद आज मेरो रासीमा भाग्य चम्किने, आनन्ददायी यात्रा लेखेको हुनुपर्छ । दैनिकी बुन्न थाल्यो दिमाखले अफिसमा के-के गर्ने भनेर । योजना बनाउदै अगाडि बढ्दै थिएँ । जावलाखेल, पुल्चोक, कुपोन्डोल, थापाथली ठाउँं ठाउँंमा रोक्दै माइक्रो अगाडि बढ्दै गयो । अचानक …

माइतीघर मन्डला कटेपछी गाडी जाममा पर्‍यो । मेरो दाहिने तर्फ बाट भने एउटा उज्यालो अनुहार म तर्फै हेरेर मुस्काइ रहेको देखेँ । उसले शिर उठाएर मलाई, म शान्त छु आज भनेको जस्तो लाग्यो जुन अनुहार लत्त्र्याक लुत्रुक बनाइ सकेका थिए पद प्रतिस्ठा र जुँगाको लडाईंमा ।

धेरै दिन, धेरै महिना देखी किचलो झेलेको त्यो अनुहारमा बिल्कुल चमक थियो, हो त्यो शान्तीको सास फेर्ने अनुहार उसैको थियो जस्लाई सदियौ देखी हामीले सारा नेपालीको न्याय घर, आशाको केन्द्र ‘सर्बोच्च अदालत’ भनेर चिन्थ्यौं । मैले पनि हासेर हात हल्लाएँ अनी कामना गरें – सदा खुशी रहनु, जनतालाई न्याय दिने नाममा घरको न घाटको नबनाउनु, निस्पक्ष र समयमै न्याय दिनु । घुसखोरीहरु हाँसी-हाँसी धरौटीमा यो गेट बाट बाहिर निस्केको देख्न नपरोस हामी नेपाली जनताले ।

उसले नि हुन्छ भने जस्तै लाग्यो तर बोल्न मिल्ने भए भन्थ्यो होला -” मेरो के दोश छ र साथी ! यो त मलाई हाँक्नेहरुको पद, प्रतिस्ठा र पावरको लोभ लालच र अहमताले बनाएको हबिगत न हो मेरो । पहिला पहिला पो मान्छेहरुमा नैतीकता भन्ने हुन्थ्यो, लाज सरम हुन्थ्यो । अहिले त ती सबैको किनबेच हुन थाल्यो । म पनि निरिह छु, बिबस छु यो सबै रमिता हेर्न । आशा छ अब मलाई हाँक्न आउनेहरुले एउटा प्रण गरेर आउनेछन मलाई बिवाद रहित बनाउने छु भनेर !!” उसले यस्तो जवाफ फर्काउथ्यो होला भनेर बहकिदा बहकिदै खलासीले कोट्टाउदै भन्यो -ओ दाई आरएनएसी ओर्लने भनेको हैन,सबै ओर्ले तपाईं के निदाएर बसी रा ! ??

देवचुली न पा ७,सिताबास
नवलपुर (नवलपरासी)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij