२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

भावी प्रधानमन्त्रीका लागि मेरो दाबेदारी रहन्छ : गगन थापा

भावी प्रधानमन्त्रीका लागि मेरो दाबेदारी रहन्छ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका नेता गगन थापाले भावी प्रधानमन्त्रीका लागि आफ्नो दाबेदारी कायम रहेको बताएका छन् ।

काठमाडौँ क्षेत्र नम्बर ४ का उम्मेदवार कांग्रेस महामन्त्री गगन थापाले मैतीदेवी मन्दिर केन्द्रबाट मत दिएपछि आफूले प्रधानमन्त्रीका लागि प्रत्यक्ष संकेत दिएको बताए । उनले क्षेत्र नम्बर ४ बाट आफै निर्वाचित हुने विश्वास रहेको दाबी गर्दै सांसद चुनिएर गएको भोलिपल्टबाट नै संसदीय दलको निर्वाचनको तयारी गर्ने बताए ।

उनले भने, ‘ ‘यो परोक्ष संकेत होइन । यो प्रत्यक्ष संकेत हो । नेपाली कांग्रेसमा विजयी सांसदबाटै संसदी दलको नेता चुनिने हो । मैले यो घोषणा गरेको होइन अवस्था बताएको हुँ । मेरो दाबी प्रश्तुत गरेको छु । दाबी गरेको मात्र होइन, यहाबाट सांसद भएर गएको भोलिपल्ट बाटै संसदीय दलको निर्वाचनको तयारी गर्ने हो ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij