प्रतिनिधिसभा अन्तरगतका बिषयगत समितिहरुको पहिलो बैठक आज बस्दैछ । 
प्रतिनिधिसभाले हिजो समितिमा रहने सदस्यहरुको नाम मनोनयन गरेपछि पहिलो बैठक आज बस्न लागेको हो ।
प्रतिनिधिसभाले आजैको बैठकबाट बिभिन्न विधेयकहरु दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने तयारी गरेको छ ।
प्रतिनिधिसभाले हिजो मात्र अर्थ, अन्तराष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन न्याय तथा मानव अधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक, सार्वजनिक लेखा, राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि र शिक्षा तथा स्वास्थ्य समितिमा रहेने सदस्यको नाम अनुमोदन गरेको हो ।
मिनि संसदको रुपमा चिनिने विषयगत समितिले आफ्नो पहिलो बैठकमा कार्य्विधि बनाउन प्रक्रिया अगाडि बढाउने, सभापति चयन नभएसम्मका लागि बैठकको अध्यक्षताका लागि जेष्ठ सदस्यको निक्र्योल गर्ने लगायत बिषयमाथि छलफल गर्नेछन् ।
आज दिनभर अनुकुल समय मिलाएर बैठक बस्न संसद सचिवालयले हिजै समितिहरुलाई निर्देशन दिएको सहप्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो । हिजै राष्ट्रिय सभाले समेत आफु मातहत रहने ४ वटा बिषयगत समिति गठन गरेको थियो ।
यसैबीच, प्रतिनिधिसभाले आज विभिन्न तीन वटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउदैछ ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक र लेखापरीक्षण विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने कार्यसूची छ ।
यसका लागि प्रतिनिधिसभाको बैठक एक बजेका लागि बोलाईएको छ । शिक्षा विधेयकमाथि दर्ता भएका २२ वटा संशोधन प्रस्ताव सहित प्रतिनिधिसभाले सो विधेयक दफावार छलफलका लागि शिक्षा तथा स्वास्थ्य समितिमा पठाउन लागेको हो ।
ि
शक्षा मन्त्री गिरिराजमणि पोखरेलले विधेयक दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची छ । यस्तै गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक सुरक्षा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव गर्नेछन् ।
अर्थमन्त्री युवराज खतिवडाले लेखापरीक्षण विधेयकमाथिको प्रस्ताव सदनमा राख्नु हुनेछ । यसका लागि प्रतिनिधिसभाको बैठक आज दिउँसो एक बजेका लागि बोलाईएको छ ।
यस्तै बैठकमा अनराष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र अवैध लागूऔषध कारोबार विरुद्ध सहयोग सम्बन्धी बिमष्टेक महासन्धिमाथि सामान्य छलफल गर्ने कार्यसूची छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij