ि
नेपालमा आयात, बिक्रीवितरण तथा प्रयोग भैरहेका व्यक्तिगत सुरक्षाका सामग्रीहरू (Personal Care Products-PCPs) र खासगरी बाल सुरक्षाका सामग्रीहरूमा हरमोन उत्पादनमा गडबडी ल्याउन सक्ने रासायन इन्डोक्राइन डिस्रप्टिङ केमिकलहरू (Endocrine Desrupting Chemicals-EDCs) गम्भीर स्तरमा फेला परेको बताइएकाे छ ।
जनस्वास्थ्य र वातावरण प्रवर्द्दन केन्द्र (CEPHED)ले आफूहरुले गरेकाे अध्ययनमा त्यस्ताे तथ्य फेला परेकाे बताइएकाे छ ।
साथै सेफेडले नेपालमा आयात, बिक्रीवितरण तथा प्रयोग हुने व्यक्तिगत सुरक्षाका सामग्रीहरूमा हर्मोन उत्पादनमा गडबडी ल्याउन सक्ने रासायनहरूको उपस्थितिलाई तत्काल नियमन गर्न माग गर्दै सराेकारवाला निकायलाइ ध्यानाकर्षण समेत गराएकाे छ ।
यस्ताे छ सराेकारवाला निकायलाई ध्यानाकर्षण गराइएकाे प्रेस विज्ञप्तिः
प्रेस विज्ञप्ति
नेपालमा आयात, बिक्रीवितरण तथा प्रयोग हुने व्यक्तिगत सुरक्षाका सामग्रीहरूमा हर्मोन उत्पादनमा गडबडी ल्याउन सक्ने रासायनहरूको उपस्थितिलाई तत्काल नियमन गर्न माग ।
मिति २०८० माघ २, काठमाडौं । जनस्वास्थ्य र वातावरण प्रवर्द्दन केन्द्र (CEPHED), एक राष्ट्रिय स्तरको गैरसरकारी संस्थाले नेपालमा आयात, बिक्रीवितरण तथा प्रयोग भैरहेका व्यक्तिगत सुरक्षाका सामग्रीहरू (Personal Care Products-PCPs) र खासगरी बाल सुरक्षाका सामग्रीहरूमा हरमोन उत्पादनमा गडबडी ल्याउन सक्ने रासायन इन्डोक्राइन डिस्रप्टिङ केमिकलहरू (Endocrine Desrupting Chemicals-EDCs) गम्भीर स्तरमा फेला पारेको छ । नेपालमा आयात, बिक्री र प्रयोग गरिने बच्चाको कोडोमो टुथपेस्टमा ४३.८५ µg/g (माईक्रोग्राम/ग्राम) ब्यूटायल पाराबेन (Butyl Paraben) र कोडोमो किड्स माउथवासमा मिथाइल पाराबेन (Methyl Paraben) १०३९.३ माईक्रोग्राम/ग्राम सम्म उच्च स्तरमा पाईऐको छ । त्यस्तै ह्यान्ड वासमा ६६०.१ माईक्रोग्राम/ग्राम र डिओडोरेन्टमा १.११ मिलिग्राम/ग्राम ट्राइक्लोसान (Triclosan) फेला परेको छ भने फेमीन वाशमा ०.०३ माईक्रोग्राम/ग्राम र ह्यान्डवासमा ०.०४ माईक्रोग्राम/ग्राम ट्राइक्लोकार्बन (Triclocarbon) जस्ता हरमोन उत्पादनमा गडबडी ल्याउन सक्ने रासायनहरू फेला परेकोबारे यहा सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।
नेपाली बालबालिकाहरूको व्यक्तिगत सुरक्षाका सामग्रीहरूमा हरमोन उत्पादनमा गडबडी ल्याउन सक्ने रासायन पाराबेन पाइऐसँगै नेपाली बालबालिकाहरू पहिलादेखिनै खेल्ने खेलौनाहरुमा पाइनेगरेको सिसा, पारो, क्याडमियम, क्रोमियम, फ्थालेट्स, बीपीए र घर तथा विद्यालयमा प्रयोग हुने पेन्ट्सहरूमा पाईने उच्च स्तरको सिसाको अतिरिक्त हरमोन उत्पादनमा गडबडी ल्याउन सक्ने रासायनहरू (ईडीसी)को थप दोहोरो जोखिममा रहेको जनस्वास्थ्य र वातावरण प्रवर्द्दन केन्द्रका कार्यकारी निर्देशक एव वातावरण वैज्ञानिक रामचरित्र साहले बताए ।

जनस्वास्थ्य र वातावरण प्रवर्द्दन केन्द्रले दक्षिण कोरिया स्थित वोन्जिन इन्स्टिच्युट अफ अकुपेशनल एन्ड इन्भायरमेन्टल हेल्थ (WIOEH), कोरिया फाइनान्सियल इन्डस्ट्री फाउण्डेशन (KFIF), दक्षिण कोरियाको सहयोगमा “EDC FREE ASIA II” क्षेत्रीय पहल अन्तर्गत दक्षिण एशिया (South Asia) र दक्षिण पूर्व एशिया (South East Asia) का आठ देशहरूका अन्य ११ गैर-सरकारी संस्थाहरू (एनजीओ) सँग हातेमालो गरेको थियो। यस अभियानमा आठ देशका १२ गैरसरकारी संस्थाहरू सामेल भएका थिए: नेपालबाट CEPHED; मलेसियाबाट CAP; भियतनामबाट CGFED; फिलिपिन्सबाट IDIS, BAN Toxics and Eco Waste Coalition (EWC); भारतबाट Toxic Links र Prithivi Innovation ; श्रीलंकाबाट CEJ; इन्डोनेसियाबाट ECOTON, Gita Pertiwi र बंगलादेशबाट ESDO रहेका थिए ।
अध्ययनमा सबै आठै देशहरूबाट सङ्कलन गरिएको व्यक्तिगत सुरक्षाका सामग्रीहरू (PCPs) को कुल नमूनाहरूको संख्या ३६२ रहेको थियो। जस मध्ये ११६ बाल सुरक्षाका सामग्रीहरू रहेको थिए । यी नमूनाहरू प्रमुख रूपमा आठ प्रकारका थिए, जस्तै, anti-virus wipes; baby wipes; deodorant; toothpaste; body wash; feminine wash; hand wash and mouth wash आदि सुरक्षाका सामग्रीहरू समावेश रहेको थिए । कुल नमूनाहरूको संख्या ३६२ मध्ये नेपालमा सुपरमार्केट, डिपार्टमेन्टल स्टोर र औषधि पसलहरूबाट खरीद गरी सङ्कलन गरीऐका ३० (८.२९%) वटा व्यक्तिगत सुरक्षाका सामग्रीहरूका नमूनाहरू अध्ययनमा समावेश गरिएको थियो र कुल ११६ बाल सुरक्षाका सामग्रीहरूका नमूनाहरू मध्ये नेपाल बाट ९ (७.७६%) बाल सुरक्षाका सामग्रीहरूका नमूनाहरू समावेश थिए । यी सुरक्षाका सामग्रीहरूका नमूनाहरूमा उच्च कार्यसम्पादन गर्न सक्ने लिक्विड क्रोमेटोग्राफी-मास स्पेक्ट्रोमेट्री (HPLC-MS) प्रयोग गरेर कुल ११ (नौ प्रकारका पाराबेन, ट्राइक्लोसान र ट्राइक्लोकार्बन) प्रकारका प्रख्यात र प्रायः सुरक्षाका सामग्रीहरूमा प्रयोग हुने रासायनहरूको विश्लेषण गरिएको थियो।
हरमोन उत्पादनमा गडबडी ल्याउन सक्ने रासायनहरू पाराबेन, ट्राइक्लोसान र ट्राइक्लोकार्बन (EDCs: Paraben, Triclosan र, Triclocarbon) को नतिजाहरू सहभागी देशहरूमा धेरै चिन्ताजनक पाइयो। लेबल विनाका सामग्रीहरू नेपालसहित ८ वटै देशहरूमा फेला परेका थियो । उत्पादनमा प्रयोग भऐका रासायनहरूबारे लेबलिङ भएका सामग्रीहरू, कुल ३६२ मध्ये ३३० (९१.२%) र लेबलिङ बिनाको
सामग्रीहरू ३२ (८.८%) थिए। देश अनुसार, लेबलिङको परीपालना नगरेको स्थिति नेपालमा ३.३% (३० मध्ये १), मलेसियामा ९.४%, भियतनाममा १३.३%, फिलिपिन्समा ७.७%, भारतमा ८.८%, श्रीलंकामा १०%, इन्डोनेसिया र ६.०% थियो। बंगलादेशमा १३.३% पाईऐको थियो।
नेपाल सहित आठै सहभागी देशहरूमा त्रुटिपूर्ण लेबलिङ पहिचान गरिएको थियो। उत्पादनमा प्रयोग भऐका रासायनहरूबारेको लेबलिंग भएका उत्पादनहरूमा पाराबेन, ट्राइक्लोसान, ट्राइक्लोकार्बन जस्ता लक्षित रासायनहरूबारे छुट्टै लेबल नभऐका २६९ नमुनाहरू थिए। जस मध्ये ६० (२२.३%) नमुनाहरूमा पाराबेन, ट्राइक्लोसान, ट्राइक्लोकार्बन जस्ता लक्षित रासायनहरू जस्ता लक्षित रासायनहरू पत्ता लागेको थियो। अर्थात तिनीहरूमा गलत रूपमा वा त्रुटिपूर्ण लेबल गरिएको थियो।
लक्षित रासायनहरूबारे छुट्टै लेबल नभऐका सामग्रीहरू मध्ये नेपालमा ८, मलेसियाका १५, भियतनाममा १, फिलिपिन्समा ५, भारतमा १५, श्रीलंकामा ५, इन्डोनेसियामा ६ र बंगलादेशका ५ वटा गरी कुल ६० सामग्रीहरूमा पाराबेन, ट्राइक्लोसान, ट्राइक्लोकार्बन जस्ता लक्षित रासायनहरू पत्ता लागेको थियो। विशेष गरी, ६ नमुनाहरूमा १०० µg/g भन्दा बढी चार पाराबेन योगफल भएको पुष्टि भयो र दुई नमुनाहरूमा 100µg/g भन्दा बढी ट्राइक्लोसान समावेश भएको पुष्टि भयो। महिलाहरूले गुप्तभागको सक्रमण रोक्न प्रयोग गर्ने फेमिन वास(Femin Wash) का ३१ नमुनाहरू मध्ये १ मा ट्राइक्लोसान (Triclosan) ०.३५० μg/g मात्रामा पाईऐको थियो। फेमिन वास (Femin Wash) मा ट्राइक्लोसानको प्रयोग विलकुलै जरूरी छैन् ।
नेपालबाट अध्ययनमा समावेश गरिएका बाल सुरक्षाका सामग्रीका ९ नमुनाहरू मध्ये एउटा उनमुनामा ब्यूटाइल पाराबेन ४३.८५ μg/g मात्रामा पत्ता लागेको थियो, जुन उच्च छ र धेरै देशहरूमा ब्यक्तिगत सुरक्षाका सामग्रीमा प्रतिबन्ध छ। पाराबेन, ट्राइक्लोसान र ट्राइक्लोकार्बनको प्रयोग सम्बन्धि नेपालमा कुनै ऐन,नियम र मापदण्ड छैन र त्यसैले नेपालमा व्यक्तिगत सुरक्षाका सामग्रीमा हरमोन उत्पादनमा गडबडी ल्याउन सक्ने रासायनहरू (पाराबेन र ट्राइक्लोसान र ट्राइक्लोकार्बन) को नियमन गर्नको लागि सिफेडका, कार्यकारी निर्देशक र वातावरण वैज्ञानिक राम चरित्र साहले तत्काल आह्वान र जोडदार माग गरेका छन्।
सारांशमा, नेपालबाट अध्ययनमा समावेश गरीऐका ३० वटा व्यक्तिगत सुरक्षाका सामग्रीका नमुनाहरू मध्ये १२ (४०%) वटामा मिथाइल पाराबेन, ३ (१०.०%) वटामा प्रोपाइल पाराबेन, १ (३.३%) वटामा ब्यूटाइल पाराबेन, २(६.७%) वटामा ट्राइक्लोसान र २(६.७%) वटामा ट्राइक्लोकार्बन जस्ता लक्षित रासायनहरू पाइऐकाबाट आम नेपाली र खासगरी बालबालिकाहरूलाई बचाउन, नेपाल सरकार, जनसंख्या तथा स्वास्थ्य मंत्रालय, वन तथा वाताबरण मंत्रालय, अर्थ मंत्रालय र उधोग, वाणिज्य तथा आपुर्ति मंत्रालय एवं सम्बन्धित विभागहरूले तत्काल आवस्यक ऐन, नियमावलि लगायत बाध्यकारी मापदण्ड तोकि प्रभावकारी कार्यान्वयन गर्नुगराउनु नितान्त जरूरी छ ।
| पाराबेन (Paraben) को असरहरू | ट्राइक्लोसान (Triclosan) को असरहरू | ट्राइक्लोकार्बन (Triclocarban) को असरहरू |
| – एन्टिमाइक्रोबियल प्रतिरोध
– इन्डोक्राइन अवरोध – क्यानसर लगाउन सक्ने – प्रजननमा प्रतिकूल प्रभाव – बाल्यकाल अधिक वजन – थाइरोइड अवरोध |
– हेपाटाइटिस र क्यान्सर
– कोलाइटिस र क्यान्सर – मृगौला असर – थाइरोइड सम्बन्धि रोगहरु – स्नायू प्रणालीमा असर – एलर्जी प्रतिक्रिया |
– प्रतिरक्षा प्रणालीको कमजोरी
– प्रजनन क्षमतामा कमी – गर्भपात गराउने – जन्म दोष – रगत, फोक्सो, अण्डकोषमा असर – प्रोस्टेट र स्तन क्यान्सर आदि |
सहयोगको लागि धन्यवाद
भवदीय,
राम चरित्र साह
कार्यकारि निर्देशक तथा वातावरण वैज्ञानिक
मो न – ९८०३०४७६२१ र ०१ ५२०१७८६
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij