२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

बजारीकरण क्षेत्रमा संलग्न कर्मचारीको अवस्था र सामाजिक दृष्टिकोण

बजारीकरण क्षेत्रमा संलग्न कर्मचारीको अवस्था र सामाजिक दृष्टिकोण

बजारीकरण क्षेत्रमा कार्यरत कर्मचारीकाे हकहितमा जुट्दै बजार विक्री प्रतिनिधि संघ

कुमार तिमिल्सिना, अध्यक्ष, नेपाल बजार विक्री प्रतिनिधि संघ- प्रदेश नम्बर ३

कुमार तिमिल्सिना हाल सिद्धिविनायक स्न्याक्स एण्ड नुडल्समा आवद्ध हुनुहुन्छ । नेपाल बजार विक्री प्रतिनिधि संघ प्रदेश नम्बर ३ का अध्यक्ष समेत रहनुभएका ऊहाँले लामो समय विक्री प्रतिनिधिको रुपमा विभिन्न जिम्मेवारीमा रही काम गर्ने क्रममा यस क्षेत्रका समस्या, विक्रेताका चुनौती र यस क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने पहल लगायतलाई नजिकबाट बुझ्नुभएको छ । वि.सं २०६७ देखि २०७५ सम्म यसै संघ अन्तरगत बाग्मती अञ्चल कमिटीको सचिवको जिम्मेवारीमा रही संस्थाको नेतृत्व सम्हाल्नुभयो । हाल ऊहाँले प्रादेशिक संरचना अन्तरगत ३ नम्बर प्रदेश अध्यक्षको जिम्मेवारीमा रहँदै संस्थाका गतिविधिहरुलाई तीव्र रुपमा अघी बढाइरहनुभएको छ ।

कस्तो संस्था हो नेपाल बजार विक्री प्रतिनिधि संघ ?
नेपालमा सञ्चालित स्वदेशी तथा बहुराष्ट्रिय कम्पनीहरुबाट उत्पादित सामानहरुको प्रत्यक्ष रुपमा बिक्री तथा बजारीकरणमा संलग्न व्यक्तिहरुको हक, हित र अधिकारको लागि स्थापना भएको गैह्रराजनीतिक संस्था हो नेपाल बजार बिक्री प्रतिनिधि संघ । हाल यस संस्थामा विक्री प्रतिनिधि देखि कम्पनीको व्यवस्थापन तह सम्मका व्यक्तिहरु आवद्ध छन् । अहिले सम्म संस्थामा कस्मेटिक, एफएनसिजि, मदिरा, सिमेन्ट, पेन्ट लगायत क्षेत्रमा रहेर काम गरिरहेका व्यक्तिहरु संलग्न छन् ।

तीव्र बन्दै संस्थाका गतिविधिहरु 
वि.सं २०६८ मा विराटनगर महाधिवेशन सम्पन्न गरेपश्चात् केही बर्ष यस संस्थाले खासै गति पाउन नसकेको स्वीकार्दै यसै बर्ष बुटबलमा भएको महाधिवेशन पश्चात् भने संस्थाले आफ्ना गतिविधिहरु बढाइरहेको अध्यक्ष तिमिल्सिना बताउनुहुन्छ । ऊहाँका अनुसार पहिलो चरणमा संस्था सदस्यता विस्तारमा नै केन्द्रित छ । गत जेठ सम्मको तथ्याङ्कमा यस संघमा करिब १५ सय सदस्यहरु समेटिएका थिए । अहिले यने सङ्ख्या बढिरहेको छ । संस्थालाई चलायमान बनाउँदै अन्य गतिविधिहरु बढाउँदै लैजाने योजना बमोजिम अहिले यस संस्थाले प्रादेशिक संरचना अन्तरगत विभिन्न इकाइहरु समेत गठन गरेको छ । अहिले ३ नम्बर प्रदेश अन्तरगत नारायणी, धादिङत्रिशुली, बनेपा भन्दा पूर्व क्षेत्रीय लगायत विभिन्न कमिटीहरु गठन भएका छन् । यसैगरी उपत्यकामा थप २ ओटा कमिटीहरु समेत निर्माण हुने क्रममा छन् । अहिले ३ नम्बर प्रदेशबाट करिब ८ सय व्यक्तिहरु यस संघमा सदस्य बनिसकेका छन् । त्यस मध्ये करिब ५ सयले उपत्यका भित्रबाटै प्रतिनिधित्व गर्छन् ।

बजारीकरण क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई सम्बन्धित उद्योगले समेत दिगो कर्मचारीको रुपमा नहेरी अस्थायी कर्मचारीको रुपमा मात्र हेर्ने परिपाटी छ । जसले गर्दा कर्मचारीहरुको क्षमता अभिवृद्धिको लागि कम्पनीले विशेष पहल गरिरहेको कतै पाईंदैन । साथै कर्मचारीहरु समेत कम्पनीबाट राम्रो आत्मसम्मान सहित काम गर्ने अवस्था नरहेको कारण केही समय काम गरिसकेपछि यस क्षेत्रबाट नै बाहिरिएर वैदेशिक यात्रा अथवा अन्य क्षेत्रमा जोडिने मानसिकतामा समेत रहेको अवस्था पाउन सकिन्छ ।

 

सदस्य सञ्जाल विस्तारको अनुभव
हुनतः अहिले काठमाडौं उपत्यकामा मात्रै करिब ८ हजार भन्दा बढी व्यक्तिहरु सेल्स तथा मार्केटिङ कार्यमा संलग्न छन् । यद्यपि धेरैजसो व्यक्तिहरु अझै पनि संगठित हुन डराइरहेको अवस्था छ । सेल्स तथा मार्केटिङ क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई संगठित गर्ने कार्य उपत्यकामा निकै जटिल रहेको मैले अनुभव गरेको छु । काठमाडौं आफंैमा ठूलो क्षेत्रमा फैलिएको, अधिकांशको कार्यक्षेत्र काठमाडौं नै रहेपनि आफ्नै काममा बढी व्यस्त रहनुपर्ने साथै सम्बन्धित उद्योगको बजारीकरणमा संलग्न व्यक्तिहरु संगठित भएको खण्डमा कतै विगतमा जस्तै बन्द हड्तालको अवस्था सृजना हुने हो कि भन्ने शङ्का उद्योगीहरुमा समेत रहेको लगायतका कारणले काठमाडौंमा सञ्जाल विस्तार कार्य जटिल हुने मेरो अनुभव छ ।

उद्योग वाणिज्य क्षेत्रकै प्रतिनिधि संस्थाः 
हामीले यस संस्थालाई उद्योग वाणिज्य संघहरुका सहयोगी संस्थाको रुपमा नै हाम्रा गतिविधिहरु अघी बढाइरहेका छौं । नेपालमा राजनीतिक दल निकट स्थापना भएका थुप्रै टे«ड युनियनहरुले नेपालमा व्यवसाय तथा औद्योगिक क्षेत्रलाई प्रवद्र्धनमा भन्दा पनि उद्योगलाई धराशयी बनाई क्षणिक लाभ लिने प्रवृत्ति विगतमा हामीले पनि देखेका छांै । जसको परिणाम स्वरुप नेपालमा राम्रो तवरले चलेका थुप्रै उद्योग पनि बन्द भएका छन् भने यसबाट रोजगारी समेत गुमेको छ । यसलाई ख्याल गर्दै हामी उद्योग प्रवद्र्धन र रोजगारी सृजनाको योजना सहित हाम्रा गतिविधिहरुलाई अघी बढाइरहेका छौं ।

बजारीकरणको क्रममा खेप्नुपर्ने समस्याहरु 
नेपालमा मात्र नभई विश्वभर नै बजारीकरण क्षेत्रमा रहेर काम गर्ने कर्मचारीहरुले विभिन्न बाधाअवरोधहरु सहँदै आफ्ना गतिविधिहरु सञ्चालन गर्नुपर्ने अवस्था रहँदै आएको छ । साथैै विक्री तथा बजारीकरण क्षेत्रमा प्रत्यक्ष जोडिने कर्मचारीहरुलाई समाजले हेर्ने दृष्टिकोण जुन तवरले सकारात्मक बन्नुपर्ने थियो, त्यो अझै बन्न सकेको छैन । त्यतिमात्र होइन, जुन उद्योगमा जोडिएर कर्मचारीले काम गरिरहेका छन्, सोही उद्योगका सञ्चालकले समेत बजारीकरणमा जोडिएर काम गर्ने कर्मचारीहरुलाई सोही कम्पनीमा काम गर्ने अन्य कर्मचारीको समान हैसियतमा स्वीकार्न सकेको अवस्था छैन । जुन अत्यन्तै दुखद छ । कम्पनीलाई माथि उठाउन प्रत्यक्ष भूमिका निर्वाह गर्ने बजारीकरणमा खटिएका कर्मचारीहरुको सामाजिक दायित्व तथा सुरक्षाको लागि समेत कुनै आकर्षित कार्यक्रमहरु सञ्चालन गरिएको पाईंदैन ।

बजारीकरण- एक कठिन जिम्मेवारी
उद्योगबाट कुनै वस्तु उत्पादन भइसकेपश्चात् ती उत्पादनलाई बजारमा परिचित एवं विक्री गर्ने कार्य आफैंमा कठिन कार्य हो । एकातिर अहिले सम्म यस क्षेत्रमा शिक्षित जनशक्ति आउन तयार भएको अवस्था छैन । साथै बजारमा अहिले पनि विक्री तथा बजारीकरणको लागि आवश्यकता भन्दा निकै कम जनशक्ति मात्र उपलब्ध छन् ।

 व्यापक क्षेत्र समेटेकाे बजारीकरण क्षेत्रः 
हरेक व्यक्ति कुनै न कुनै रुपमा बजारीकरणमा जोडिएको हुन्छ । कुनै वस्तु उत्पादन पश्चात् विभिन्न माध्यमबाट ती उत्पादनको बजारीकरण हुने गर्छ । यसैबाट मुनाफा हुनगई उद्योगले निरन्तर गति लिन्छ । यसरी हेर्दा बजारीकरणले विशेष क्षेत्रलाई समेट्ने गर्छ । तर अहिलेको अवस्थामा अधिकांश मानिसले सेल्सम्यान वा मार्केटिङ एक्जेक्युटिभ भनेर केवल कुनै सामान झोलामा बोकेर हरेक घरका ढोकाहरु ढक्याउँदै सामान विक्री गर्ने व्यक्तिको रुपमा मात्र बुझेको र उनीहरुलाई गलत तवरले हेरिँदै आएको पाइन्छ ।

उद्योग नै छैनन् कर्मचारी प्रति उत्तरदायी 
बजारीकरण क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई सम्बन्धित उद्योगले समेत दिगो कर्मचारीको रुपमा नहेरी अस्थायी कर्मचारीको रुपमा मात्र हेर्ने परिपाटी छ । जसले गर्दा कर्मचारीहरुको क्षमता अभिवृद्धिको लागि कम्पनीले विशेष पहल गरिरहेको कतै पाईंदैन । साथै कर्मचारीहरु समेत कम्पनीबाट राम्रो आत्मसम्मान सहित काम गर्ने अवस्था नरहेको कारण केही समय काम गरिसकेपछि यस क्षेत्रबाट नै बाहिरिएर वैदेशिक यात्रा अथवा अन्य क्षेत्रमा जोडिने मानसिकतामा समेत रहेको अवस्था पाउन सकिन्छ । यसो हुनुमा सम्बन्धित कर्मचारीले समेत यस क्षेत्रमा आफ्नो भविष्य सुनिश्चित देख्न नसक्नु हो । साथै बजारमा खट्ने कर्मचारीले आफ्नो न्यूनतम आवश्यकता समेत पूरा हुन नसक्ने तलबमा काम गर्नुपर्ने अवस्था छ ।

बजारीकरण खटिने कर्मचारीको सामाजिक सुरक्षा 
नेपाल सरकारले कर्मचारीको हकहितको लागि सामाजिक सुरक्षा कार्यक्रम ल्याएको छ । अहिले नेपालमा लाखौं सङ्ख्यामा बजारमा प्रत्यक्ष खटिने कर्मचारी छन् । यद्यपि अहिले सम्म आइपुग्दा मुस्किलले १ हजारको सङ्ख्यामा पनि यसरी सेल्समा काम गरिरहेका कर्मचारीहरु सामाजिक सुरक्षा कार्यक्रममा समेटिन सकेको अवस्था छैन । साधारण कामदारको हैसियतमा समेत बजारीकरणमा खट्ने कर्मचारीलाई स्थान दिइएको पाईंदैन । विगतमा पनि अन्य कर्मचारीलाई सञ्चय कोषको व्यवस्था हुँदै आएको थियो । तर अहिले सम्म पनि बजारीकरणमा जोडिएर काम गर्दै आएका अनुभवी कर्मचारीहरुलाई समेत नियमित कर्मचारीको रुपमा नलिएको र आधिकारिक कर्मचारीको हैसियतले उपलब्ध गराउनुपर्ने परिचय पत्र एवं सिफारिसपत्र समेत उपलब्ध नगराएको अवस्था समेत छ ।

बजारमा काम गर्ने कर्मचारीलाई सामाजिक सुरक्षा कार्यक्रममा समेट्न कम्पनी सहजै तयार भएको अवस्था छैन । केही उद्योगमा कार्यरत कर्मचारी सामाजिक सुरक्षा कार्यक्रममा सहभागि भएका छन् । त्यसलाई स्वागत गर्दै यस कार्यको निम्ति पहल गर्ने र सहजै यस कार्यक्रमलाई पालना नगरी अटेर गर्ने कम्पनीहरुको तथ्याङ्क सङ्कलन गरी उक्त तथ्याङ्क नेपाल सरकारको आधिकारिक निकायहरुमा उपलब्ध गराई आवश्यक पहल गरिदिन हामीले संघ मार्फत अनुरोध गरी कर्मचारीको पक्षमा विशेष पहल गर्नेछौं ।

यस्तो अवस्थामा बजारमा काम गर्ने कर्मचारीलाई सामाजिक सुरक्षा कार्यक्रममा समेट्न कम्पनी सहजै तयार भएको अवस्था छैन । केही उद्योगमा कार्यरत कर्मचारी सामाजिक सुरक्षा कार्यक्रममा सहभागि भएका छन् । त्यसलाई स्वागत गर्दै यस कार्यको निम्ति पहल गर्ने र सहजै यस कार्यक्रमलाई पालना नगरी अटेर गर्ने कम्पनीहरुको तथ्याङ्क सङ्कलन गरी उक्त तथ्याङ्क नेपाल सरकारको आधिकारिक निकायहरुमा उपलब्ध गराई आवश्यक पहल गरिदिन हामीले संघ मार्फत अनुरोध गरी कर्मचारीको पक्षमा विशेष पहल गर्नेछौं ।

कर्मचारीको सुरक्षामा जोड 
बजारीकरणमा जोडिने कर्मचारी कम्पनीले खटाए बमोजिम देशैभर यात्रामा रहनुपर्छ । कुनै झण्झट वा झर्को नमानी, प्रतिकुल परिस्थिति नभनी निरन्तर काममा लागिरहने कर्मचारीहरुको सुरक्षा सम्बन्धमा समेत अहिले सम्म कसैले चासो राखेको पाईंदैन । अबका दिनमा कर्मचारीको सुरक्षालाई विशेष रुपमा सम्बोधन गरिनु जरुरी छ ।

संघका आगामी योजना 
यस संघले आगामी दिनमा आवश्यक जनशक्ति उपलब्ध गराउने योजना समेत बनाएको छ । कुनै उद्योग अन्तरगत बजारीकरणको लागि जनशक्ति आवश्यक पर्दा यसै संस्थाले नै उक्त जनशक्ति उपलब्ध गराउने, आवश्यक तालिम दिने साथै सामाजिक दायित्वका कामहरु समेत अघी बढाउने योजना बनाएको छ । यसको अलावा कर्मचारीको सुरक्षा, सामाजिक दायित्व, वीमा लगायतका कामहरु समेत योजनावद्ध रुपमा यस संस्थाको पहलबाट सञ्चालन गरिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij