आधा दर्जनमन्त्रीसहित नेकपाका नेताहरुले फाइभस्टार होटल पुगेर विश्वकप फाइनल हेरेका छन् ।
विश्वकप फुटवलको फाइनल खेल हेर्न ओली सरकारका मन्त्री होटल याक एण्ड यतिमा पुगेका हुन् ।
उर्जामन्त्री बर्षमान पुन, श्रम मन्त्री गोकर्ण विष्ट, उद्योगमन्त्री मात्रिका यादवसहितका मन्त्रीहरु नेकपाका यूवा नेतासहित खेल हेर्न फाइभ स्टार होटल पुगेका हुन् ।
रुसमा जारी विश्वकप फुबटल– २०१८ को उपाधिका लागि फ्रान्स र क्रोएसियाबीच खेल भएको थियो ।

खेल हेर्न टोपबहादुर रायमाझी, धनश्याम भुसाललगायतका यूवा नेताहरु पनि पुगेका थिए ।
खेल हेर्न पूर्वसभामुख ओनसरी घर्ती पनि पुगेकी थिइन् ।
होटल स्रोतका अनुसार सहभागी एक सय ५० जना हुने भन्दै प्रत्येक एक जनालाई खाना खर्च २५ सय रुपैयाँ दरले गरिएको थियो ।
क्रोएशियालाई ४–२ ले हराउँदै फ्रान्सले विश्वकप फुटबलको उपाधि जितेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij